Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 376

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

वीरगंज । गोली प्रहार गरी एक करोड फिरौती माग्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिवार पत्रकार सम्मेलन आयोजन गरी घटनामा संलग्न हेटौँडा – १ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरूले गत मङ्सिर १८ गते रातीको समयमा हेटौँडा – ९ स्थित सूर्य प्रसाद पौडेलको घरमा गोली प्रहार गरेका थिए । पौडेल परिवारका अनुसार पटक–पटक गरी करिब आधा दर्जन बढी गोली प्रहार भएको थियो ।

घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल सहितको टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा घटनास्थलको क्षेत्रबाट पेस्तोलको गोली, प्रहार भएको गोलीका खोका बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थल क्षेत्रको सिसी क्यामेराको फुटेजको आधारमा अपराधीहरूको गरी उनीहरूलाई हेटौँडा – १० बाट पक्राउ गरिएको एसपी रिजालले बताए । रिजालका अनुसार घटनाको मुख्य योजनाकार  पौडेल रहेको पनि जानकारी गराए । पौडेलकै योजना अनुसार घरमा गोली प्रहार गर्दै हिन्दी भाषामा एक करोड रुपैयाँ फिरौती माग गरिएको एसपी रिजालको दाबी छ ।

रिजालका अनुसार पक्राउ परेका युवाहरू ठेक्कापट्टादेखि लागूऔषध कारोबारमा समेत संलग्न रहेका छन् । उनीहरूले लागूऔषध कारोबारकै लागि हेटौँडा – ४ हुप्राचौर क्षेत्रस्थित एक घरमा डेरा समेत लिएर बस्दै आएको अनुसन्धानका क्रममा खुलेको रिजालले बताए ।

प्रहरीले सोही डेराबाट सेमी अटो पेस्तोल एक थान, त्यसमा लाग्ने २० राउन्ड गोली, विभिन्न कम्पनीका ५ थान, पेस्तोल सफा गर्ने रड, लागूऔषध खैरो हिरोइन २ दशमलव ४० ग्राम, लागूऔषध जोख्ने विद्युतीय तराजु, नगद ५० हजार बरामद गरिएको रिजालले जानकारी दिए । उनीहरूले प्रयोग गर्ने ना २५ प ३३०५ र ना ६३ प ९६७८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति दिएर ज्यान, लागूऔषध र हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रिजालले बताए ।

धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा लागौँ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्परा बचाई राख्नु पर्नेमा जोड दिएका छन् ।

पहिचानको आधार नै परापूर्वकालदेखि चल्दै आएको परम्परा, रितिरिवाज रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्नेमा उनले जाेड दिए ।

आइतबार महानगरपालिकाका मुस्लिम समुदायको भेलाबीच गठन भएको ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक सहिष्णुतासहितको मौलिक समाज निर्माण गर्ने कार्यमा सबै लाग्न आग्रह गरे ।

केही उच्छृङखल व्यक्तिका कारण वर्षौँदेखि एक ढिक्कामा रहेको समाज टुक्रयाउने खेला भइरहेको प्रति सबै सजग र सचेत भएर त्यसका विरुद्ध एक भएर लाग्नु पर्ने पनि बताए ।

वीरगंज महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण मुस्लिम समुदायको सामाजिक तथा सांस्कृतिक पक्षहरुको अध्ययन एवं अनुसन्धान गरी आवश्यक सुझाव पेश गर्ने गरि महानगरद्वारा ‘मुस्लिम समुदाय सामाजिक तथा सांस्कृतिक उत्थान सुझाव समिति’ गठन भएकाे मेयर सिंहकाे सचिवालयले जनाएकाे छ ।

सचिवालयका अनुसार महानगरको ३२ वटै वडाबाट सदस्य रहने गरि समितिको संयोजको जिम्मेवारी महम्मद अब्बास मंसुरीलाई दिइएको छ ।

कार्यक्रममा वीरगंज महानगरपालिकाको वडा नं. १४ का वडाध्यक्ष महबुब एलाही, मौलाना असगर मदनी, खुश महम्मद, शेष लाल महम्मद, कलिमुल्लाह मियाँ ठकुराई, खैरुद्धिन मियाँ लगायतको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुद्वारा साइन्स एवं कला प्रदर्शनी

वीरगंज । वीरगंज १५ भिस्वामा रहेकाे नवदिप एकेडेमीका विद्यार्थीहरुले शनिबार साइन्स एवं कला प्रदर्शनी गरेका छन् । साे कार्यक्रमकाे वीरगंज १५ का वडाध्यक्ष रमेश यादवले उद्घाटन गरेका थिए ।

प्रदर्शनी कार्यक्रमकाे उद्घाटन गर्दै वडाध्यक्ष यादवले बिद्यार्थीहरुद्वारा बनाइएको साइन्स एवं कलाका विभिन्न उपकरण एवं चित्रहरुको अवलोकन गर्नुकाे साथै विद्यार्थीहरुको प्रसंशा एवं हौसला बढाएका थिए ।

नवदीप एकेडेमीका प्रधानाध्यापक सुशीला साहको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, लायन्सका रामबिहारी पाण्डे, उमेश साह कानु, रन्जु फुयाल, सुनिल पटेल लगायत विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक/शिक्षिकाहरु एवं स्थानियहरुको सहभागिता रहेको थियाे ।

विद्यालय परिसरमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका रन्जु हाडा र सहजीकरण नेहा अग्रवालले गरेका थिए ।

प्रहरीद्वारा ३० कठ्ठा गाँजा खेती नष्ट

वीरगंज । पर्साको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ । 

शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झबराहाका विभिन्न गाँउमा करिब ३० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र पटेर्वासुगौलीबाट प्रहरी निरिक्षक रामराजा केशरीको कमाण्डमा खटिएको .५० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताए ।

गाँजा खेती गर्नेहरुको पहिचान गरी उनिहरुको खोजी भइरहेको उनले बताए ।

रेडियाे वीरगंजकाे २१ औं बार्षिकाेत्सवमा २४५ जनाद्वारा रक्तदान

वीरगञ्ज ।  मध्य तराईकै पहिलो रेडियो, ‘रेडियो वीरगंज’ काे २१ औँ वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।  वीरगंजकाे मुर्ली बगैचास्थि रेडियो परिसरमा भएकाे कार्यक्रममा २४ महिलासहित २४५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले रक्तदान गरी शुभारम्भ गरेको कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंह, पूर्वमन्त्री कलावती पासवान, वीरगंज उद्योग वाणिज्य संघ उपाध्यक्ष मनोज दास, सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, नेपाल शिक्षक संघ वाराकी उपाध्यक्ष अनिला चौधरी, सुजाता उप्रेती, नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कुमार झा, तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता, द्वारिका उपाध्याय, तरुण दल वाराका अध्यक्ष सुनिल पटेल, हरेन्द्र यादव लगायतले रक्तदान गरेका थिए ।

त्यसैगरी रेडियाे वीरगंजका रामप्रवेश चौधरी, अफरोज अर्पण, महेश कठायत, ओम मिश्र, निशान्त चौधरी, अखिल पटेल, प्रेम पटेल, ओमप्रकाश पाण्डे, अनिल कुमार सर्राफ, सरफराज मियाँ, अरुण कुमार तिवारी, रंजित क्षेत्री, उमा क्षेत्री, सालाेनी पटेल, उमेश चाैधरी, मुकेश कुमार यादव, कृष्णा मुरारी, अर्जुन मलिक, संजय कुमार, हरिशंकर कुमार साह, दिपक कुमार साह, धिरज सिंह, बालकृष्ण श्रेष्ठ, सविन पाठक, राज कुमार थारु, विकास कुमार कलवार, नन्दकिशाेर पटेल, सुजिता उप्रेती, अनिता चाैधरी लगायतले रक्तदान गरेकाे थिए ।

कार्यक्रममा वाेल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रक्त अभावको क्षेत्रमा रेडियो वीरगंजले पु-याउँदै आएको योगदानको सह्राना गरे । साथै रेडियोले आफ्नो सञ्चार कर्मसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको भन्दै उनले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । जनतालाई सही र सत्य खबर सम्प्रेषण गरेर सुसुचित बनाउन उनले अनुराेध गरे । 

रेडियो वीरगंजका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएकाे कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजय चौरसिया, प्रदेश सभा सदस्य श्याम पटेल, पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह तेली, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, वाराका प्रहरी उपरीक्षक सरेश काफ्ले, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य, सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रकी संयोजक मधु राणा, तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, जिल्ला अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय महासचिव राम कुमार एलन, जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफ, सह इन्चार्ज मुकेश द्विवेदी, लोसपाका केन्द्रिय सदस्य निजामोद्दिन समानी, नेकपा एकिकृत समाजवादी वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायतको उपस्थिती रहेको थियाे ।

जगरनाथपुरमा निशुल्क भिडियाे एक्सरे र रगत जाँच शिविर

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा शनिबारदेखि गर्भवती महिलाहरुकाे लागि निशुल्क भिडियाे एक्सरे र रगत जाँच शिविर सुरु भएकाे छ ।

जगरनाथपुर गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा वडा नं. १ पिडारीगुठीबाट सुरु भएकाे शिविरकाे उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंहले गरेकी हुन् ।

गाउँपालिका अन्तर्गतका सबै वडामा संचालन हुने शिविरमा गर्भवती महिलाहरुकाे निशुल्क भिडियाे एक्सरे र रगत परिक्षण गर्नुकाे साथै निशुल्क औषधी समेत वितरण गरिने गाउँपालिका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले वताए ।

शिविरमा सहभागि गर्भवती महिलाहरुकाे स्वास्थ्य परिक्षण नारायणी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मंजु राय कुर्मीले गरिरहेकी छन् ।

लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वीरगंज । सेवा समुह नेपाल र शसस्त्र प्रहरी बल पर्साको सहकार्यमा शुक्रबार लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वीरगंज पब्लिक कलेजमा भएको कार्यक्रममा लागु औषध के हो र यसले कसरी हाम्रो समाजमा नकारात्मक असर पार्दै छ भन्ने बारे जानकारी गराईएको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी बल पर्साका प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले लागु औषध सेवन गर्नु हुँदैन वताउदै यसले हाम्रो मानसिक सन्तुलन बिग्राने गरेको वताए ।

कार्यक्रममा सेवा समूह नेपालका अध्यक्ष अनिकेत पुरी, सन्जित महतो, विशाल पासवानसहित एक सय जना छात्र/छात्राहरूको सहभागिता रहेको थियो ।

लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण सम्पन्न

वीरगंज । गैर सरकारी संस्था महासंघ नेपाल पर्साकाे आयाेजनामा शुक्रबार वीरगंजमा लैगिंक हिंसां सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

लैगिंक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत वीरगंज महानगरपालिकाको वडा नम्बर १० स्थित श्री बालमन्दिर आधारभुत बिद्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन भएको हाे ।

कार्यक्रमका बाेल्ने वक्ताहरुले लैंगिक हिंसा आ आफ्नाे घरबाट अन्त गर्नु पर्ने वताए । महिला सक्ष्म भए लैंगिक हिंसा आफै अन्त हुने वताउँदै वक्ताहरुले त्यसकाे लागि महिलाहरु शिक्षा दिनुकाे साथै साथै आत्म निर्भर बनाउनु पर्ने वताए ।   

गैरसरकारी संस्थामहा संघ नेपाल पर्साका अध्यक्ष छठु साहको अधयक्षतामा भएकाे कार्यक्रममा महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, पर्सा जिल्ला सचिव चन्देश चौहान, कोषाध्यक्ष मनोज यादव, शिक्षिका सिमा कुमारी सिंह, बविता कुमारी कानु, अबिता साह, छात्रा सृष्टि बर्णवाल, अंजली पटेल, जिया कुमारी श्रीवास्तव, रुपेश यादव लगायतकाले मन्तब्य राखेका थिए ।

वीरगंजका मदिरा फर्मममा अनुगमन

वीरगंज । वीरगंज महानगरभित्र रहेका अधिकांश मदिरा व्यवसाय दर्ता बिना नै सञ्चालनमा रहेको पाइएको छ । वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठीत अनुगमन समितिले गरेको अनुगमनका क्रममा अधिकांश पसल दर्ता नभएको पाइएको हो ।

खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासको नेतृत्वमा वीरगंजकाे घण्टाघर, माईस्थान, आदर्शनगर लगायतका स्थानमा रहेका ९ वटा मदिरा फर्मममा अनुगमन गरिएको हो ।

बिहिवार र शुक्रवार गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएका बड्बाइजर, नेपाल आईस लगायतका बियर नष्ट गरिएको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बताए । उनकाअनुसार महानगरमा व्यवसाय दर्ता नभएका होटल तथा मदिरा व्यवसायीहरुलाई महानगरमा दर्ता हुन संघले छुट्टै सर्कुलर जारी गर्ने तयारी गरेको छ । 

बिना दर्ता  सन्चालनमा रहेका मदिरा व्यवसायीहरुलाई महानगरमा दर्ता गर्न एक साताको समयसहित खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले चेतावनी दिएका छन् । दिपक इम्पेक्स, शिखर इन्टर्प्राजेज, जय जग्दम्बा, रबि ट्रेडर्स, लक्ष्मी स्टोर, साजन स्टोर, अजित इम्पेक्स, रिया एण्ड अदिती लगाएतका फर्महरुमा अनुगमन गरिएको दासले बताए । 

दर्ता नभएको, नवीकरण नभएको, मिति गुज्रिएको मदिरा बिक्रि भएको तथा एक्स्पायरी जोन नछुट्टयाएको जस्ता कैफियत अनुगमनका क्रममा भेटिएको थियो ।

अनुगमन टाेलीमा उपभोक्ता मञ्चका अजित भुजेल, वीरगंज उद्योग बाणिज्य  संघका प्रतीनिधि मनोज दास, जिल्ला प्रसासन, घरेलु, बाणिज्य  तथा नाप तौल कार्यालयका प्रतिनिधिहरु पनि सहभागी थिए । 

शिक्षिका निधनकाे शाेकमा आइतबार धाेबिनीमा विदा

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाले आइतबार गाउँपालिका अन्तर्गतकाे शैक्षिक संस्थामा शोक विदा दिएकाे छ ।

धाेबिनी गाउँपालिकाकाे वडा नं.५ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जगरनाथपुरका वाल विकास सहयोगी शिक्षीका राम्भा देवी रामको निधन भएकाे शाेकमा गाउँपालिकाले मंसिर २४ गते आइतबार शाेक विदा दिएकाे हाे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले शुक्रबार एक सूचना जारि गर्दै मंसिर १२ गते शिक्षिका रामकाे असामयिक नधिन भएकाे शाेकमा आइतबार १३ औं दिनकाे पुण्य तिथीमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थाहरुमा एक दिन शाेक विदा दिइएकाे जनाएका छन् ।

शिक्षिका रम्माकाे असामयिक निधन प्रति गाउँपालिकाले दु:ख समेत व्यक्त गरेकाे छ । 

३५ बर्षिय रम्भाकाे उपचारकाे क्रममा १० दिन पहिला वीरगंजस्थित तराई अस्पतालमा निधन भएकाे थियाे । स्व. रम्भाकाे दुईटा छाेरा र दुईटा छाेरी छन् ।