Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

श्रीसिया नदी प्रदुसित गर्ने श्री सिद्धी टेक्स्टाइललाई एक लाख २० हजार जरिवाना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियानलाई थप तीव्रता दिँदै रातिपनि अनुगमन गरिरहेको छ ।

दैनिकरुपमा दिनमा अनुगमन गर्दै आएको महानगरको टोलीले राति अनुगमनको क्रममा साेमबार एक उद्योगलाई जरिवाना गरेको छ । श्रीसिया नदीमा सोझै ढल मिसाइ नदी प्रदुषण गरेको भन्दै टोलीले श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको वातावरण शाखाका प्रकाश एैरेले जानकारी दिए ।

मेयर राजेशमान सिंहको नेतृत्वमा महानगरको टोलीले श्रीसिया नदीमा हुने प्रदूषणलाई रोक्न कडा अनुगमन गरिरहेको छ । सिंहले पद ग्रहण गरेको ३० महीनामा नदीको प्रदूषणलाई ६० प्रतिशतले घटाउन सफल भएको महानगरको दाबी छ ।

महानगरले हाल छठ पर्वलाई लक्षित गर्दै कात्तिक १ गतेदेखि दैनिकरूपमा अनुगमन शुरू गरेको हो । वीरगंज र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा यहाँका विभिन्न उद्योगहरूको प्रदूषण नियन्त्रणमा प्रयास जारी रहेको छ ।

यसबीच, दुबै स्थानीय तहहरूले उद्योगहरूलाई श्रीसिया नदीमा प्रदूषित पानी नफाल्न निर्देशन दिएका छन्, जसका कारण यसपटक छठ पर्व श्रीसिया नदीमै मनाउन सकिने वातावरण सिर्जना भएको महानगरले जानकारी दिएको छ ।

वीरगंजकाे लाइफ लाइनका रुपमा रहेको श्रीसिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको थियो । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका थिए ।

नदीलाई प्रदुषण मुक्त बनाउने अभियान थालेको वीरगंज महानगरपालिकाले पहिले पनि पाँच वटा उद्योगहरुलाई जनही तीन/तीन लाख रुपैयाँका दरले जरिवाना गरेको थियो । जसमध्ये श्री सिद्धी टेक्स्टाइल पनि एक थियो । जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी सिधै बिसर्जन गर्दै आएकोमा पछिल्लोपटक ती उद्योगहरुमा महानगरले दण्ड स्वरुप फोहर थुपारेपछि नदी सफा देखिन थालिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...