Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 377

नवदिप एकेडेमीद्वारा कपडा बैंकलाई कपडा सहयोग

वीरगंज । नवदिप एकेडेमी भिस्वाले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ ।

वीरगंज भिस्वामा रहेको नवदिप एकेडेमीका प्रधानाध्यापक शुशिला साह, शिक्षिका रञ्जु हाडा, सुस्मा मण्डल, रमिता श्रेष्ठ, रञ्जिता शाहि ठकुरीलगायतले संयुक्त रुपमा ५ बोरा र १० झोला कपडा सहयाेग गरेका हुन् । साे कपडा बिहिबार वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरिएकाे हाे ।

सो अवसरमा कपडा बैंकका पुर्व अध्यक्ष रम्भा मिश्रा, कोषाध्यक्ष मनोज कुमार मिश्र लगायतको उपस्थिती रहेको थियो ।

बढ्दै गएको चिसोलाई मध्य नजर गर्दै विद्यालयले कपडा बैंकलाई सहयोग गरेकोमा कपडा बैंकका पदाधिकारीहरुले विद्यालय परिवारलाई सामुहिक रुपमा धन्यवाद दिदै अगामी दिनमा सहयाेगकाे अवश्यकता रहेकाे जनाएकाे हाे ।

पर्सा, बारासहित मधेशका जिल्लामा चिसाे बढ्याे, जनजिवन प्रभावित

वीरगंज । पर्सा, बारासहित मधेशका जिल्लामा चिसाे बढेकाे छ । बिहिबार विहानदेखि हल्का बर्षासंगै चिसाे हवा चलेपछि जाडाे बढेकाे हाे । चसाे बढेसंगै घुर तापेर मानिसहरु बस्न थालेका छन् ।

बिहिबार बिहानदेखि एकासी चिसाेका बढेका कारण वीरगंज आसपासकाे क्षेत्रमा सर्वसाधारणकाे आवगमन पात्लिएकाे छ । चिसाेका कारण खास गिरि बालबालिका, बृद्धवृद्धा र विपन्न परिवार जनजिवन प्रभावित भएकाे छ ।

चिसाे बढेसंगै वीरगंज बजारमा न्यानाे कपडा किन्नेहरुकाे संख्यामा बृद्धि भएकाे छ भने हिटर र गिजरकाे बिक्रीमा पनि बृद्धि भएकाे छ । 

चिसाे माैसमा न्यानाे कपडा लगाउन र ताताे खाने कुराहरु खानु पर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् । चिसाे माैसमा खास गरि बालबालिका, बृद्धबृद्धा, गर्भावती महिला र दिर्घ राेगीहरुलाई विशेष ध्यान दिनु पर्ने चिकित्सककाे सुझाव छ ।

प्रत्येक बर्षकाे मंसिर, पुसकाे महिनामा तराई/मधेशकाे जिल्लामा चिसाे बढ्नुकाे साथै शितलहर हुने गरेकाे छ । जस कारण सर्वसाधारणकाे जनजिवन प्रभावित हुनेकाे साथै कष्टकर हुँदै आएकाे छ ।

यस बर्षकाे चिसाे सुरु भएपनि हाल सम्म पर्सामा जिल्ला विपद् व्यवस्थापन समितिकाे तयारी केही देखिएकाे छैन् । त्यसैगरी पर्साका १४ पालिकामा पनि विपद् व्यवस्थापनकाे केही तयारी देखिएकाे छैन ।

विगतका बर्ष चिसाे र शितलहरका कारण केहीले ज्यान समेत गुमाउनु परेपनि पूर्व तयारी नहुँदै त्यस्तै घटनाहरु पुन: हुँदै आएकाे छ ।

माउन्ट मकालूमा निःशुल्क दन्त शिविर सम्पन्न

वीरगंज । वीरगंजकाे अशोकवाटिकास्थित माउन्ट मकालू इंगलिश बाेर्डिङ्ग स्कुलमा बिहिबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ३५० जनाको निःशुल्क दन्त परिक्षण गरिएको छ ।

शान्ति पॉलिक्लिनिकको सहकार्यमा माउन्ट मकालू इंगलिश बाेर्डिङ्गस्कुलद्वारा आयोजित शिविरमा विद्यार्थीहरुको दाँत जेकजाँच गरिएको हो ।

शिविरमा डा. प्रीति चौरसिया, डा. समझना यादव, डा. बिकाश पटेलले विद्यार्थीहरुको दाँत परीक्षण गरेको स्कुलका प्रिन्सपल राहुल श्रीवास्तवले बताए ।

शिविरमा स्कूलका संस्थापक कामेश्वर प्रसाद श्रीवास्तव, लिटल बडी इन्टरनेशनल प्रि-स्कुल वीरगंजका प्रिन्सपल बिजय कुमार बल, वाईस प्रिन्सपल माउन्ट मकालू इंगलिश बाेर्डिङ्गस्कुलका रेखा जैसी, संचारकर्मी दिपु वर्णवाल लगायतकाे उपस्थिति रहेको थियो ।

पत्रकार देवानमाथि हातपात र दुर्व्यवहार

वीरगंज । विराटनगर महानगरपालिका-१६ रानीका ३१ वर्षीय पत्रकार प्रेम देवानमाथि हातपात र दुर्व्यवहार भएको भएकाे छ । आफुमाथि समाचार सङ्कलनका क्रममा विराटनगर महानगरपालिका परिसरमा बिहिबार आन्दोनकारीबाट हातपात र दुर्व्यवहार भएको पत्रकार देवानले वताए ।

विराटनगर महानगरपालिका-७ स्थित सातघुम्ती मोडमा बुधबार कवाडीखानामा आगलागी भएको र आगो नियन्त्रणका लागि महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै स्थानीयले बिहिबार महानगरपालिका घेरेपछि आवर विराटनगर डटनेटका लागि समाचार सङ्कलनका लागि पुग्दा आफूलाई आन्दोलनरत पक्षबाट हातपात र दुर्व्यवहार भएको पीडित पत्रकारले बताए ।

आन्दोलनरत पक्षले समाचार सङ्कलनका लागि फोन गरी विराटनगर महानगरपालिका–७ स्थित महानगरपालिका कार्यालय परिसरमा बोलाएको र आफू पुग्दासाथ हातपातका साथै दुर्व्यवहार गरिएको पीडित पत्रकारको आरोप छ ।

हातपातका कारण पत्रकार देवानको बाँया हातमा चलाउन समस्या भएको छ ।

घटनाका आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरिएको आवर विराटनगर डटनेटका सम्पादक नवराज कट्टेलले बताए ।

पत्रकारमाथि भएको दुर्व्यवहारको पत्रकारसम्वद्ध सङ्घसंस्थाले विरोध गरेका छन् ।

कुखुराको चल्लासहित बरामद माेटरसाइकल भन्सार बुझाइयाे

वीरगंज । पर्साकाे झोवा र जगरनाथपुरबाट कुखुराको चल्लासहित बरामद भारतिय माेटरसाइकलहरु वीरगंज भन्सार कार्यालय बुझाइएकाे छ ।

बिआर०५जेड ७७६५,  बिआर०५ बि २८८१ र बिआर०५डब्लु ८३८१ नम्बरको भारतिय माेटरसाइकलहरु भन्सार बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

भन्सार छलीकाे भारतीय कुखुराको चल्लाहरूसहित विन्दवासिनी गाउँपालिकाकाे वडा नं. ४ झोवा र वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुरबाट बरामद माेटरसाइकलहरु बिहिबार वीरगंज भन्सार कार्यालय बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । 

उनका अनुसार झाैवाबाट कार्तिक २१ गते राति २ हजार गोटा भारतीय कुखुराको चल्लासहित एक माेटरसाइकल र मंसिर १९ गते राति जगरनाथपुरबाट ४ हजार २ सय भारतीय कुखुराको चल्ला चल्लासहित दुई वटा माेटरसाइकल बरामद भएकाे थियाे ।

भारतबाट नेपालतर्फ भित्राउँदै गरेकाे भन्सार छलीकाे कुखुराकाे चल्ला र माेटरसाइकल जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करहरु छाडी भागी फरार भएका थिए ।

कुखुराको चल्लाहरू आवश्यक कारवाही तथा नष्ट गर्नकाे लागि पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियामा पठाइएको र माेटरसाइकलहरुकाे रू एक लाख बयान्वे हजार मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारवाहीको वीरगंज भन्सार कार्यालयमा बुझाइएको हाे ।

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै

चितवन । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ ।

नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्काे बैठकमा निर्णय गरिँदै छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइने छ । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उहाँको भनाइ छ ।

सञ्चालक सदस्य उपाध्याय भन्नुभयो, “भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बङ्गला हेर्न पाउँछन् ।” ट्रष्टको स्वामित्वमा रहेको दियालो बङ्गला तत्कालीन राजा महेन्द्रले निर्माण गर्नुभएको हो । तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बङ्गला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजपरिवार यही दरबारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । अहिले यस दरबार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी व्यवस्थापनका लागि छन् भने सुरक्षा तथा संरक्षण नेपाली सेनाले गर्दै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्वपूर्ण गन्तव्य दियालो बङ्गला दरबारलाई बनाइएको बताउनुभयो । महानगरले लिखितरुपमा नेपाल ट्रष्टलाई आग्रह गरेपछि खुला गर्ने निर्णय गरिएको हो । नगरप्रमुख दाहालले नेपाल ट्रष्टसँग सहकार्य गरेर सर्वसाधारणका लागि दियालो बङ्गला खुला हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।”

नेपाल ट्रष्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ । महानगरले दियालो बङ्गलालाई खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रष्टले निर्णय गरेको हो ।

के छ दरबारमा ?

दियालो बङ्गला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी छन् । १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास पनि छ । साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसको छेउमा ‘स्वीमिङ पुल’पनि छ ।

ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शान्त एवं रमणीय यो बङ्गलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छभने दरबारको बगैँचाले जोकोहीलाई आकर्षित गर्छ । रासस

ठूलो परिमाणमा प्रतिबन्धित भारतीय चल्ला बरामद

वीरगंज । वीरगंज महानगरपालिकाकाे जगरनाथपुरबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय चल्ला ठूलो परिमाणमा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याइएको ४ हजार २ सय वटा भारतीय कुखुराको चल्ला प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरबाट मंगलबार राति बरामद गरेको हो ।

भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा लोड गरि ल्याइएको ४२ कार्टुन चल्ला प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । उनका अनुसार , प्रहरीको टोलली देख्नासाथ तस्करहरु चल्लासहितको मोटरसाइकल छाडेर भागेकाले तस्करहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेन ।

बरामद चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट सिर्सियाको जिम्मा लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बारामा पतिकाे कुटपिटबाट पत्नी घाइते

वीरगंज । बारामा पतिकाे कुटपिटबाट पत्नी घाइते भएकी छन् । महागढीमाई नगरपालिका–३ गँजभवानीपुरकी २८ वर्षीया सलमा खातुन घाइते भएकी हुन् ।

आफुलाई ३० वर्षीय पति आसिक देवानले कुटपिट गरेको भन्दै मंगलबार खातुनले जिल्ला प्रहरी कार्यालय बाराकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन् । 

आराेपित पतिले आफुलाई मङ्सिर ६ गते सानो तिनो कुरामा बादबिवाद हुँदा मुक्का प्रहार गरी ढाडको रिढमा ठूलो चोट पुर्‍याई घाइते बनाएको पीडित खातुनले बताइन ।

त्यस्तै, आरोपितले पटक पटक कुटपिट र गालिगलौज गरेको हुनाले एक साथ बस्न नसक्ने पनि पीडितकाे भनाई छ । घटना पश्चात पीडित माइतबाटै उपचार गराइरहेकी उनले आफनो दुखेसो पोखिन ।

पीडीतको उपचार मङ्सिर १४ गतेदेखि जितपुर सिमरा होस्पीटलमा भइरहेको छ । उपचारकाे क्रममा रिढको एमआर गराउनु पर्छ भनि डाक्टरले सल्लाह दिएको पीडितले बताइन ।

दुवै पक्षलाई बोलाइ घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिइन ।

श्रीपुरमा निःशुल्क आँखा तथा दाँत शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा बुधवार निःशुल्क आँखा तथा दाँत शिविर सम्पन्न भएकाे छ । 

वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र साहिब दरबार वीरगंजकाे आयोजना भएकाे शिविरमा दुई सय पाँच जना लभान्वित भएका छन् ।

शिविरमा आँखा परीक्षण गराएकामध्ये ५८ जनामा मोतीया बिन्दुको समस्या भेटिएको र उनीहरूको बिहीबार निःशुल्क शल्यक्रिया गरिने साहिब दरबार वीरगंजका अध्यक्ष उमेशलाल सहनीले बताए ।

शिविरकाे वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका थिए । जुन शिविरमा निःशुल्क औषधी समेत वितरण पनि गरिएको थियाे ।

शिविरमा वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार चौरसिया, संस्थाका उपाध्यक्ष प्रेमबाबु पटेल, कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, सदस्य रमितामाया गुप्ता, वीरगंज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेश सिंह धामी लगायतको पनि उपस्थिति थियो ।

एनसेल विक्रीमा जालझेल भएको सांसद यादवको आरोप

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले एनसेल कम मूल्यमा बिक्री गर्नुमा जालझेल रहेको बताएका छन् ।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यादवले आजियटाले ‘कू’ प्रचार गरेको भन्दै सरकारले लगाम लगाउनुपर्ने बताए ।

“कम मूल्यमा बिक्री गर्दा जालझेल भएको छ । पाँच अर्ब खुद नाफा गरेको कम्पनी साढे ६ अर्बमा कसरी बिक्यो ? शंकास्पद छ,” उनले भने ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसदसमेत रहेका यादवले दूरसञ्चार प्राधिकरणलाई जानकारी नहुनु पनि शंकास्पद भएको बताएका छन् ।

“कारोबार आम्दानी नेपालमा गर्ने अनि बिक्री विदेशमा गर्ने ? सरकारको ध्यान कता छ ? स्माट सेल र एनसेलको सम्बन्ध के हो ? स्माटले नेपाललाई डुबाएको छ । दुवैको लगानीकर्ता एकै हो । सरकारले स्पष्ट पारोस्,” यादवले भने ।