पांचाै मेयर कप : जगरनाथपुर गाउँपालिका विजयी
दिब्य विकास स्रोत केन्द्रकाे १७ औ सामाजिक लेखाजोखा सम्पन्न
वीरगंज । दिब्य विकास स्रोत केन्द्र, पर्साकाे १७ औ सामाजिक लेखाजोखा कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएको छ । इमानदारिता, जवाफदेहिता र पारदर्शिताकाे लागि सन् २०२२ मा संस्थाले संचालन गरेकाे कार्यक्रमकाे समाजिक लेखाजाेखा सम्पन्न भएकाे हाे ।
संस्थाले संचालन गरेकाे स्थानिय अधिकार कार्यक्रम, महिला अधिकार कार्यक्रम, किशाेरी सशक्तिकरण लागि शिक्षा कार्यक्रम, सामी परियाेजना, स्वयम् सेवक परिचालन कार्यक्रमकाे र संस्थाले संचालन गरेकाे क्रियाकलापकाे बारेमा समाजिक लेखाजाेखा सम्पन्न भएकाे दिव्य विकास स्राेत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले वताए ।
वीरगंजस्थित होटल रोयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले पर्सामा थुप्रै गैर सरकारी संस्थाहरु भएपनि दिब्य विकास स्रोत केन्द्र जस्ताे पारदर्शी नभएकाे वताउँदै संस्थाकाे प्रशंसा गरेकाे थियाे ।
वक्ताहरुले दिव्य बिकाश श्रोत केन्द्रले समाजमा महत्वपुर्ण योगदान गरेको चर्चा गर्दै अगामी दिनमा पनि निरन्तरता दिनु पर्ने वताए ।
दिब्य विकास स्रोत केन्द्र पर्साका अध्यक्ष उमेश प्रसाद चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरन पटेल, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बविता सिंह, पाेखरिया नगरपालिकाकी पूर्व उप प्रमुख सल्मा खातुन, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्रहिम देवान, कालिकाकामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष जयनारायण कुर्मी, सामी परियोजनाका कार्यक्रम अधिकृत शिवचरण साह, महिला अधिकारको लागि राष्ट्रिय अभियानका अध्यक्ष कविता चौधरी लगायतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नागेश्वर चौधरी, चादनी कुमारी, कन्हैया चौधरी, रीना चौधरी, अमृता देवी, सत्य देव, सन्तोषी राम लगायतले दिब्य विकास स्रोत केन्द्रले संचालन गरेकाे कार्यक्रमबाट जिवनमा आएकाे परिवर्तन बारे जानकारी गराएका थिए ।
कार्यक्रम बारे प्रकाश तथा स्वागत मनतब्य दिब्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेलले गरेका थिए भने संस्थाले संचालन गरेकाे कार्यक्रम र परियाेजना बारे बिस्तृत प्रतिवेद प्रस्तुत स्राेत केन्द्रका कार्यक्रम प्रबन्धक ठकुरीले गरेका थिए ।
दिव्य विकास स्राेत केन्द्रकाे आयाेजनामा भएकाे कार्यक्रमकाे संचालन पत्रकार माधुरी महताेले गरेकी थिइन ।
रिपोर्टिङमा मल्टिमिडिया प्रविधिको प्रयोग विषयक ३ दिने तालिम सुरु
वीरगंज । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा मंगलबारदेखि मानव बेचबिखन र मानव अधिकार सम्बन्धी रिपोर्टिङमा मल्टिमिडिया प्रविधिको प्रयोग विषयक ३ दिने तालिम सुरु भएकाे छ ।
अस्ट्रेलियन एडको सहयोग र नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजन) काे आयाेजनामा सुरु भएकाे तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाका २० जना पत्रकारहरुकाे सहभागिता रहेकाे छ ।
पत्रकारहरूलाई खाेजमूलक मल्टिमिडिया स्टोरी उत्पादन गर्नका लागि खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ प्रशिक्षण तथा मेन्टरसिपको सहायता प्रदान गर्ने उद्देश्यले तालिम आयाेजना गरिएकाे आयाेजक संस्था निमजनका रजनिश भण्डारीले वताए ।

तालिमले पत्रकारहरूलाई मानव बेचबिखन र मानव अधिकारका मुद्दाहरुको रिपोर्टिङमा सशक्त बनाउने निमजनकी विजिता भण्डारीले वताइन ।
सिताशरण हाेटलमा सुरु भएकाे तालिममा निजमनका रजनिश भण्डारी, दिनेश रेग्मी, उज्जवल शाक्य, विजिता भण्डारी, कल्पना भट्टराईले प्रशिक्षण दिइरहेका छन् ।

मंगलबार पहिलाे दिनकाे तालिममा शान्ति पुनस्थापना गृह जनकपुरकी कार्यक्रम संयाेजक रिना झाले पनि मानव बेचविखन र लैंगिक हिंसा सम्बन्धि स्टाेरीहरुकाे बारेमा जानकारी गराएकी थिइन ।
वीरगंज महानगरका प्रमुख र उपप्रमुख पक्ष बीच झडप
वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा प्रयोग गर्ने विषयमा महानगरका प्रमुख र उपप्रमुखपक्षका समर्थकबीच विवाद भएको छ ।
वीरगंज महानगरपालिका कार्यालयमा मंगलबार महानगर प्रमुख राजेशमान सिंह र उपप्रमसख इम्तियाज आलम पक्षका सथर्मकवीच विवाद हुँदा दिनभर महानगर तनावग्रस्त रह्याे ।
महानगर प्रमुख सिंह बस्दै आएको कार्यकक्ष भन्दा माथि नयाँ कोठा बनेपछि त्यसलाई प्रमुखको कार्यकक्ष बनाएको र पहिले बस्दै आएको कार्यकक्षलाई भने प्रमुख प्रशासकीय अधिकृतको लागि प्रयोग गर्ने र यसअघि प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कोठालाई भने पञ्जिकरण शाखा राख्ने योजनामा महागनर प्रमुख रहेका थिए ।
त्यही नजिकै उपप्रमुख इम्तियाज आलमको पनि कार्यकक्ष रहेकोले उप प्रमुखले भने आफूलाई कार्यकक्ष विस्तार गर्नुपर्ने अथवा सचिवालय राख्ने तयारी गरेपछि विवाद भएको हो ।
कार्यकक्षमा वीरगंज महानगरले पंजीकरण शाखा राख्ने तयारी स्वरुप तीन दिन अगाडि सामान समेत सारिएको थियो ।
सामान सार्दै गरेको अवस्थामा उपप्रमुखको सचिवालयले त्यो कोठमा तल्चा लगाएपछि विवाद हुँदा हात हलाहाल समेत भएकाे हाे ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने विवाद टुंगो लगाउन मंसिर २८ गते कार्यपालिकाको बैठक बोलाईएको वताए । कार्यपालिका बैठकबाट नै विवादको समाधान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।
प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले महानगरकोस्थित सामान्य रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकामा कांग्रेस र जसपा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका थिए ।

यसैबिच महानगरपालिका सहकर्मीहरुमाथि उपप्रमुख सहित उनको सचिवालयको टोलीले अभद्र व्यवहार गरेकाे भन्दै वीरगंज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।
स्थानीय तह कर्मचारी संघ वीरगंज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै भोलीदेखि कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएकाे छ ।
समितिले महानगरका विभिन्न महाशाखाहरुमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालिगलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।
यस्तै पंजिकरण शाखा व्यवस्थित गराउन लागेका कर्मचारीहरु अमृता शास र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गाली गलौज गर्दै अभद्र व्यवहार गरेको प्रति पनि इकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धाक धम्की दिँदै गाली गलौज गर्ने गरेको घटना निन्दनीय रहेको पनि इकाइ समितिले जनाएको छ ।
उपप्रमुख र उनको सचिवालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बताए ।
उपप्रमुख तथा उनको सचिवालय सदस्यहरुको कार्यशैलीको विरोधमा बुधबार र बिहीबार २ दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यस पछि पनि समस्याको निकास ननिस्किए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष गुप्ताले बताए ।
महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन इकाई समितिका अध्यक्ष गुप्तासहित उपाध्यक्ष सुधिर जंग राण, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जरा लगायतको टोली पुगेको थियो ।
लागु औषध गाँजासहित नगवाका सदाम पक्राउ
पांचाै मेयर कप : कालिकामाई गाउँपालिका विजयी
८ वटा टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।
मंगलबार तेस्राे खेला जगरनाथपुर गाउँपालिका र धाेबिनी गाउँपालिका बिच हुने छ ।
पकहाँ मैनपुरका २५ महिलाले पाइन आयआर्जनकाे लागि अनुदान
वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा गरिब, दलित र विपन्न परिवारका २५ जनाले रु २५ हजारकाे दरले अनुदान पाएका छन् ।
पकहाँ मैनपुर गाउँपालिकाको सहयोगमा सामाज सुधार बचत तथा ऋण सहकारी संस्थाले पकहाँ मैनपुर गाउँपालिका वडा नं. १ धाेरेका २५ जनालाई साेमबार एक कार्यक्रमकाे बिच साे अनुदान रकमकाे चेक वितरण गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथी पकहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताले बहुक्षेत्री पाेषण याेजना कार्यक्रम अन्तर्गत २५ जना महिलालाई अनुदान रकमकाे चेक वितरण गरेका हुन् । चेक वितरण गर्दै अध्यक्ष मेहताले पाएकाे रकमबाट ब्यवसाय गरि महिलाहरुले आयआर्जन गर्नु पर्ने वताए ।
उनले महिला घरकाे काम मात्र सिमित हुनु पर्ने चलनलाई हटाउँदै व्यवसाय तर्फ पनि अगाडी बढ्नु पर्ने सुझाव दिए । महिला आत्य निर्भर नभए सम्म मधेश गरिबी नहटने बताउँदै अध्यक्षता मेहताले महिला घर मै समिति हुनु पर्ने चलन हटाउनु पर्नेमा जाेड दिए ।
पाेष्ण सुधारकाे लागि दलित विपन्न महिलाहरुलाई आयआर्जन अनुदान रकम वितरण गरिएकाे पाेष्ण कार्यक्रमका कर्मचारी गणेश रामले बताए ।
पकहाँ मैनपुर १ का वडाध्यक्ष विनोद मेहताको अध्यक्षतामा भएकाे चेक वितरण कार्यक्रममा कार्यपालिका सदस्य रामबहादुर शाह सोनार, सदस्य वृजन दास, समाजसेवी रामबाबु मेहता, सदस्य राधिका राम, सचिव नग्नारायण साह, उमेश बैठा लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष प्रभु साहद्वारा मधेश प्रदेशका विभिन्न आयोजनाको अनुगमन
वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विभिन्न आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।
रौतहट क्षेत्र नम्बर ३ का निर्वाचित सांसद समेत रहेका साहले मधेश प्रदेशको राजधानी जनकपुरमा निर्माणाधीन शहरी पूर्वाधारका महत्वपुर्ण आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।
अनुगमनका क्रममा शहरी मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माद्यामिक विद्यालयको भवन लगायतका आयोजनाहरुको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको पाइएको साहले बताए ।
साहले सुरु गरेको एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० किलोमीटर सड़क कालोपत्रे, ८० किलोमीटर नाला, बिभिन्न पोखरी सौन्दर्यकरण तथा मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा सुखद अनुभूति भएको साहले बताए ।
आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल हुने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको छ ।
त्यस्तै दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भईरहेको छ । त्यस्तै अहिले निर्माण भईरहेको आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएको छ । यसमा सरकारको गम्भीर ध्यान जान जरुरी रहेको सांसद साहले बताए ।
अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेकपा (माओवादी केन्द्र) का नेता भरत साह तथा शहरी डिभीजन प्रमुख प्रदीप खनाल लगायतको उपस्थिति रहेको थियो ।
प्रेस चौतारी पर्साकाे अधिवेशन पुष १३ गते हुने
वीरगंज । प्रेस चौतारी नेपाल पर्साको विशेष अधिवेशन पुस १३ गते वीरगंजमा गर्ने निर्णय भएको छ । बिशेष अधिवेशन आयोजक समिति पर्साका संयोजक श्याम बन्जाराको अध्यक्षतामा साेमबार वीरगंजस्थित होटल गेटवेमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अधिवेशन सम्पन्न गर्न तुलसी भण्डारीको संयोजकत्वमा ७ सदस्सीय मुल तयारी समिति समेत गठन गरेको छ । तयारी समितिमा राजन रौनियार, कृष्णा कुशवाहा, संतोष पटेल, राकेश साह, अखलेश प्रसाद साह र एस.के चौरसिया रहेका छन ।
साथै बैठकले सदस्यता नविकरणका लागि राकेश साह, पन्नालाल साह, आरोहण साह र आनन्द पटेल सदस्य रहेको उप समिति पनि गठन गरेको छ ।
पर्सा संयोजक श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका सह इन्चार्ज के.सि. लामिछाने, आयोजक समितिका सदस्यहरु तुलसी भण्डारी, कविता खड्का, संतोष पटेल, राकेश साह, राजन रौनियार, मन्सुर खान, नितेश कर्ण, प्रकाश तिवारी, उर्मिला सापकोटा,अखलेश साह, आरोहण साह, आनन्द पटेल, पन्नालाल साह, एस.के. चौरसिया र कृष्णा कुशवाहाको उपस्थिति रहेको थियो ।
पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी
वीरगंज । पोखरिया नगरपालिकामा आइतबारदेखि टि २० पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता सरु भएकाे छ ।
पाेखरिया नगरपालिकाकाे सहयाेग र वडा नं. ६ को आयोजनामा पाेखरियास्थित शेरा फिल्डमा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन नगर प्रमुख प्रदुमन चाैहानले गरेका थिए ।
आयाेजक पाेखरिया नगरपालिका र बिन्दवासिनी गाउँपालिका बिच भएकाे उद्घाटन खेलमा एक रनले बिन्दवासिनी गाउँपालिका बिजयी भएकाे क्रिकेट खेलाडी याेगराज शर्माले वताए ।
उनका अनुसार सुरुमा टस जितेर ब्याटिङ गरेकाे बिन्दवासिनीले पुरै २० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानी १८५ रन बनाएकाे थियाे । त्यसपछि १८६ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे पाेखरियाले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा एक रनले पराजित भएकाे थियाे ।
प्रतियाेगिताकाे उद्घाटन कार्यक्रम पाेखरिया नगरपालिकाका उप प्रमुख रूबी ठाकुर, निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, नेकपा एमाले नगर अध्यक्ष बिंध्याचल ठाकुर, वडा अध्यक्ष नौसाद आलम लगायतकाे उपस्थिती रहेकाे थियाे ।
८ वटा टिमकाे सहभागिता रहने प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।
साेमबार दोस्रो खेल कालिकामाई गाउँपालिका र बहुदरमाई नगरपालिका बिच हुने छ ।


