Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पेस्ताेल, गोली र नक्कली नोट सहित दुई भारतिय पक्राउ

spot_img
spot_img
वीरगंज । सर्लाही प्रहरीले हात हतियार, गोली र नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहारकाे सितामढी जिल्ला, मेजरगंज थाना, बसविटा ग्रामपंचायत, रसुलपुर गाँउ निवासी २६ बर्षिय कुन्नु पटेल र साेही ठाउँ निवासी ३० बर्षिय मुकेश पटेल रहेका छन् ।
 
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरिक्षक सुभाष यादवकाे कमाण्डमा खटिएको प्रहरी टोलीले भारत तर्फबाट आउने सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने क्रममा भारत तर्फबाट नेपालको मधुवनीगाउँ तर्फ आउँदै गरेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
 
सर्लाहीकाे गोडैता नगरपालिकाकाे वडा नं. १२ स्थित चेकजाँच गर्ने क्रममा दुबै जनाकाे साथबाट फलामको घरेलु नलकटुवा पेस्तोल १ थान, केएमएफ ८ एमएम लेखिएको राउण्ड (गोली) ६ थान, केएफ ९ एमएम लेखिएको राउण्ड (गोली) ४ थान गोलीहरु र खोटा मुद्रा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
 
उनका अनुसार रु. एक हजार दरको नक्कली जस्तो देखिने नेपाली नोट तल माथि राखी बिचमा सोहि नोट साईजको सेतो कागजहरु राखी बण्डल बनाएको १० थान बण्डलमा रु. एक हजार दरको नक्कली नोट (खोटा मुद्रा) २० (बिस) थान बरामद भएकाे हाे । पक्राउ परेकाहरुलाई सर्लाही जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्घान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...