Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

तामा, पित्तलको सामानले गर्दा छठमा बाँसको दौरा सुपलीको प्रयोगमा कमि

spot_img
spot_img

वीरगंज । तराईबासीको महान पर्व छठको लागि चाहिने बाँसको दौरा, सुपुली तथा नाङ्गलोको व्यापार संकटमा पर्दैै गएको छ । छठ पर्वमा अघ्र्य दिनका लागि प्रयोग हुने बाँसको दौरा, सुपुली, नाङ्गलोको विकल्पमा पितल र तामाको आकर्षक दौरा, सुपुली तथा नाङ्गलोको विक्री बढि हुन थालेपछि बाँसको परम्परागत दौराको व्यापार संकटमा गर्न थालेको हो ।

तराईमा मनाइने महान पर्व छठ पुजाको लागि नभई नहुने सामान हो, बाँसको दौरा, सुपुली तथा नाङ्गलो । छठ पर्वमा अघ्र्य दिनको लागि तथा छठ घाटसम्म पुजाको सामाग्री लैजान परम्पारगत रुपमा बाँसको दौरो, सुपुली तथा नाङ्गलोको प्रयोग गरिँदै आएको छ । तर बाँसको सामानको सट्टा तामा, पित्तलको आकर्षक दौरा, सुपुली तथा नाङ्गलो बजारमा विक्री हुन थालेपछि परम्परागत बाँसका सामाग्रीको व्यापार संकटमा पर्न थालेको छ ।

छठ पर्वलाई लक्षित गरेर वीरगंज बजारमा अहिले छ्याप्छ्याप्ती रुपमा बाँसको दौरा, सुपुली र नाङ्गलो विक्रीका लागि राखिएको छ, तर विक्री भने न्यून रहेको व्यापारीहरुको भनाई छ । एउटा दौरा ३ देखि ५ सय रुपैयासम्ममा विक्री भइरहेको छ भने सुपुली ५० देखि १ सय ५० रुपैयासम्म विक्री वितरण भइरहेको छ । यसैगरि नाङ्गलो २ देखि ५ सय रुपैयासम्म विक्री वितरण भइरहेको छ । तर, सर्वसाधारणहरुको ध्यान बाँसको परम्परागत दौरा सुपुली नाङ्गलो नभई पित्तल तथा तामाको दौरा, सुपुली तथा नाङ्गलोतर्फ आकर्षण बढेकोले परम्परागत बाँसको दौरा सुपुलीको व्यापारमा कमि आएको व्यापारीहरुको भनाई छ ।

छठ पर्वको लागि परम्परागत रुपमा बाँसको दौरा, सुपुली तथा नाङ्गलोको प्रयोग गरिँदै आएको छ । तर बढ्दो आधुनिकीकरणसँगै सर्वसाधारणहरुको ध्यान परम्परागत बाँसको दौरा सुपुली भन्दा पनि तामा, पित्तलको दौरा, नाङ्गलो, सुपलीतर्फ छ, जबकी तामाको यि सबै सामानको मूल्य १ हजारदेखि ५ हजारसम्म पर्छ । करिब ३/४ दिनदेखि वीरगंजको घण्टाघरमा बाँसको दौरा, नाङ्गलो बेच्दै आएका व्यापारीले छठ पर्वको बेला पुस्तौदेखि परम्पारगत रुपमा प्रयोग हुँदै आएको बाँसको दौरा सुपुलीतर्फ आकर्षण घट्दै गएको बताउँछन् ।

बाँसको सामान बनाउने डोम समुदाययको पेसा नै बाँसको दौरा, सुपुली र नाङ्गलो बनाउने हो र यही छठ पर्वको बेला नै सबै भन्दा बढी विक्री हुने गर्दछ तर, अहिले जसरी आधुनिकीकरणसँगै तामा, पितलको सामान विक्री हुन थालेपछि डोम समुदायको पेशा पनि संकटमा पर्दै गएको छ । बाँसको दौरा प्रत्येक वर्ष किन्नुपर्ने हुन्छ भने पित्तल, तामाको दौरा एक पटक किने वर्षौं चल्ने तथा आकर्षित देखिने हुनाले पनि बाँसको दौराबाट सर्वसाधारणहरुको ध्यान हट्दै गएको छ छ ।

तराईमा डोम, मुसहर समुदायका व्यक्तिहरुलाई धेरैले घरमा प्रवेश गर्न दिदैनन्, तर यही बेला उनीहरुले आफ्नो हातले बनाएको बाँसको दौरा, सुपुली विना छठ पर्व पुरा नहुने मान्यता रहँदै आएको छ । बाँसको दौरा, सुपुली विना छठ छठ पर्व नै पुरा नहुने अवस्थामा बढ्दो आधुनिकीकरणसँगै सर्वसाधारणहरुले परम्परागत बाँसको सामान छाडेर तामा पित्तलको सामान प्रयोग गर्न थालेका छन्, जसबाट व्यापार मात्रै संकटमा परेको छैन, दलित समुदायको पेशा नै संकटमा पर्न थालेको छ । यति मात्रै होइन, हिन्दु समुदायको अधिकाँश पुजा आजामा दलित समुदायका व्यक्तिले बनाएको बाँसको सामानको प्रयोग हुँदै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...