Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

नेपाल रिटर्नी एशोसियशनद्वारा शुभकामना आदानप्रदान तथा छठ ब्रतालुलाई साडी बितरण

spot_img
spot_img

वीरगंज । नेपाल रिटर्नी एशोसियशन (समाजवादी) बाराद्वारा शुभ दिपावली एवं छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा कपडा बितरण कार्यक्रम साेमबार सम्पन्न भएको छ ।

 नेपाल रिटर्नी एशोसियशन (समाजवादी) बाराका अध्यक्ष आनिल साहकाे अध्यक्षता र नेपाल रिटर्नी एशोसियशन (समाजवादी) नेपालका केन्द्रिय अध्यक्ष प्रबिण पौडेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रिय अध्यक्ष पाैडेलले बिदेश गाएका युवाहरूलाई दुख भोगिरहेका युवालाई स्वदेश फर्काउनुमा संगठनले पहल गर्ने कार्य गरेको बताए । उनले स्वदेश मै कृषिमा लागानी गरि स्वदेशमा जिविकाेपार्जन गर्न आग्रह गरे ।

साेही अवसरमा ३ सय महिलालाई छठ पर्वकाे लागि नारिवल तथा साडी बितरण गरिएको थियोे । एकल तथा गरिब बिपन्न परिवारका महिलालाई नारिवल तथा साडी बितरण गरिएको संगठनले जनाएकाे छ ।

कार्यक्रममा स्टेज नाटकबाट बिदेशी रोजगारीमा गाएका पिडा तथा हुने ब्यथालाई नाटक मार्फत प्रस्तुत गरिएकाे थियाे । घरको पीडा देखी बिदेशी रोजगारमा हुने घटनालाई नाटक मार्फत प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता दिनेश राई, समजसेवि महिला समि कुमारी अग्रवाल, उधमी आस्वनी अग्रवाल, बिनोद साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संचालन नेपाल रिटर्नी एशोसियशन (समाजवादी) मधेस प्रदेशका सह इनचार्ज राजेश गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...