Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेपाल रिटर्नी एशोसियशनद्वारा शुभकामना आदानप्रदान तथा छठ ब्रतालुलाई साडी बितरण

spot_img
spot_img

वीरगंज । नेपाल रिटर्नी एशोसियशन (समाजवादी) बाराद्वारा शुभ दिपावली एवं छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा कपडा बितरण कार्यक्रम साेमबार सम्पन्न भएको छ ।

 नेपाल रिटर्नी एशोसियशन (समाजवादी) बाराका अध्यक्ष आनिल साहकाे अध्यक्षता र नेपाल रिटर्नी एशोसियशन (समाजवादी) नेपालका केन्द्रिय अध्यक्ष प्रबिण पौडेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रिय अध्यक्ष पाैडेलले बिदेश गाएका युवाहरूलाई दुख भोगिरहेका युवालाई स्वदेश फर्काउनुमा संगठनले पहल गर्ने कार्य गरेको बताए । उनले स्वदेश मै कृषिमा लागानी गरि स्वदेशमा जिविकाेपार्जन गर्न आग्रह गरे ।

साेही अवसरमा ३ सय महिलालाई छठ पर्वकाे लागि नारिवल तथा साडी बितरण गरिएको थियोे । एकल तथा गरिब बिपन्न परिवारका महिलालाई नारिवल तथा साडी बितरण गरिएको संगठनले जनाएकाे छ ।

कार्यक्रममा स्टेज नाटकबाट बिदेशी रोजगारीमा गाएका पिडा तथा हुने ब्यथालाई नाटक मार्फत प्रस्तुत गरिएकाे थियाे । घरको पीडा देखी बिदेशी रोजगारमा हुने घटनालाई नाटक मार्फत प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता दिनेश राई, समजसेवि महिला समि कुमारी अग्रवाल, उधमी आस्वनी अग्रवाल, बिनोद साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संचालन नेपाल रिटर्नी एशोसियशन (समाजवादी) मधेस प्रदेशका सह इनचार्ज राजेश गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...