Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजकाे रानिघाट छठ घाटमा विशेष सजावट, सांस्कृतिक कार्यक्रम पनि हुने

spot_img
spot_img

वीरगंज । वीरगंजकाे रानिघाट छठ घाटकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । वीरगंज कै सबभन्दा पुरानाे छठ घाटकाे तयारी अन्तिम चरणमा पुगेकाे रानिघाट छठ पुजा समितिका अध्यक्ष रन्जन सिंह राजपुतले जानकारी दिए ।

रानीघाटस्थित सिर्सिया नदीलाई विशेष टेण्टपण्डाल र झिलिमिली बत्तीले बेहुलीझैँ सजाइएको छ । अध्यक्ष राजपुतका अनुसार विगत बर्ष भन्दा यस बर्ष छठ घाट भव्य रुपमा सजाइएकाे छ । छठ घाट सजवाटमा करिब रु १३ लाख बराबरकाे खर्च हुने अनुमान गरिएकाे छ । साे रकम स्थानियहरुबाट चन्दा संकलन गरेर जम्मा गरिएकाे छ ।

यस बर्ष छठ घाटमा सांस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएकाे अध्यक्ष राजपुतले वताए । सांस्कृतिक कार्यक्रमकाे लागि भारतकाे बनारसबाट कलाकारहरु बाेलाइएकाे उनले वताए । सांस्कृतिक कार्यक्रम छठ पुजाकाे साझिया घाटेकाे समय छठ घाट मै दिउसाे ३ बजेदेखि सांझ ५ बजे सम्म र पुन: राति ८ बजेदेखि ११ बजे सम्म आयाेजना गरिने उनले जानकारी गराए ।

वीरगंजमा छठ पुजाकाे लागि विशेष  रुपमा सजाइने छठ घाट मध्येका रानिघाट छठ घाट पनि एक हुन् । यसैगरी वीरगंजकाे घडिअर्वा पोखरी, आदर्शनगरको स्वीमिंग पुल, नगवा पोखरी र मूर्ली पोखरीलाई पनि आकर्षक रूपमा सजावट गरिएको छ ।

श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिवत् रूपमा मङ्गलवारदेखि सुरु भएको छ भने मुख्य दिन कार्तिक २२ गते परेको छ, जसलाई सँझिया घाटे भनिन्छ । यस दिन छठका व्रतालुहरूले जलाशयमा उभिएर सूर्य उपासना गर्दै अर्घ दिने गर्छन् । सप्तमी तिथिको भोलिपल्ट, भोरिया घाटेका दिन पनि व्रतालुहरू बिहानै जलाशयमा अर्घ अर्पण गर्छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...