Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजकाे रानिघाट छठ घाटमा विशेष सजावट, सांस्कृतिक कार्यक्रम पनि हुने

spot_img
spot_img

वीरगंज । वीरगंजकाे रानिघाट छठ घाटकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । वीरगंज कै सबभन्दा पुरानाे छठ घाटकाे तयारी अन्तिम चरणमा पुगेकाे रानिघाट छठ पुजा समितिका अध्यक्ष रन्जन सिंह राजपुतले जानकारी दिए ।

रानीघाटस्थित सिर्सिया नदीलाई विशेष टेण्टपण्डाल र झिलिमिली बत्तीले बेहुलीझैँ सजाइएको छ । अध्यक्ष राजपुतका अनुसार विगत बर्ष भन्दा यस बर्ष छठ घाट भव्य रुपमा सजाइएकाे छ । छठ घाट सजवाटमा करिब रु १३ लाख बराबरकाे खर्च हुने अनुमान गरिएकाे छ । साे रकम स्थानियहरुबाट चन्दा संकलन गरेर जम्मा गरिएकाे छ ।

यस बर्ष छठ घाटमा सांस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएकाे अध्यक्ष राजपुतले वताए । सांस्कृतिक कार्यक्रमकाे लागि भारतकाे बनारसबाट कलाकारहरु बाेलाइएकाे उनले वताए । सांस्कृतिक कार्यक्रम छठ पुजाकाे साझिया घाटेकाे समय छठ घाट मै दिउसाे ३ बजेदेखि सांझ ५ बजे सम्म र पुन: राति ८ बजेदेखि ११ बजे सम्म आयाेजना गरिने उनले जानकारी गराए ।

वीरगंजमा छठ पुजाकाे लागि विशेष  रुपमा सजाइने छठ घाट मध्येका रानिघाट छठ घाट पनि एक हुन् । यसैगरी वीरगंजकाे घडिअर्वा पोखरी, आदर्शनगरको स्वीमिंग पुल, नगवा पोखरी र मूर्ली पोखरीलाई पनि आकर्षक रूपमा सजावट गरिएको छ ।

श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिवत् रूपमा मङ्गलवारदेखि सुरु भएको छ भने मुख्य दिन कार्तिक २२ गते परेको छ, जसलाई सँझिया घाटे भनिन्छ । यस दिन छठका व्रतालुहरूले जलाशयमा उभिएर सूर्य उपासना गर्दै अर्घ दिने गर्छन् । सप्तमी तिथिको भोलिपल्ट, भोरिया घाटेका दिन पनि व्रतालुहरू बिहानै जलाशयमा अर्घ अर्पण गर्छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...