Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 370

वीरगंजमा भोजपुरी सिने अवार्ड हुँदै

वीरगंज । वीरगंजमा पहिलो पटक भोजपुरी सिने अवार्ड वितरण समाराेह आयाेजना हुने भएको छ । वीरगंजकाे नगर सभा गृहमा यहि पुष १३ गते भाृजपुरी सिने अवार्ड वितरण समारोह आयाेजना गर्न लागिएको हाे ।

लायन्स क्लब वीरगंजले बुधबार पत्रकार सम्मेलनमा आयाेजना गरि भाेजपुरी सिने अवार्ड वितरण समाराेह बारे जानकारी गराएकाे छ । 

लायन्स क्लब वीरगंजकाे स्वर्ण जयन्तीका अवसरमा नमस्ते इन्टरटेन्मेन्ट नेपालसँगको सहकार्यमा पहिलो पटक भोजपुरी सिने अवार्ड वितरण समाराेह आयाेजना गर्न लागिएको लायन्स क्लब अफ वीरगंज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैद्यले वताए ।
 
सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको लायन्स क्लब अफ वीरगंजले नेपालकाे चलचित्र  क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि भाेजपुरी सिने अवार्ड वितरण समाराेहको आयोजना गर्न लागेकाे संयोजक वैद्यले बताए ।
 
नेपाल चलचित्र बाेर्डमा दर्ता भएका चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई लक्षित गरी अवार्ड  प्रदान गरिने नमस्ते नेपाल इन्टरटेन्मेणन्टका प्रमुख एंव भोजपुरी चलचित्रका नायक प्रदेशी साहले बताए । भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगंजमा भाेजपुरी चलचित्र र त्यसमा अभिनय गर्ने कलाकारहरुकाे पहिचानको लागिपनि सिने अवार्डको आयोजना गर्न लागिएको उनले बताए ।
 
उक्त समाराेहमा चलचित्र विकास बाेर्डका अध्यक्ष तथा नायक भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह लगायतका कलिउडका कलाकारहरुको सहभागीता रहने साहले पत्रकार सम्मेलनमा जानकारी दिए । नेपालमा रहेका भोजपुरी कलाकारहरुलाई सम्मान गरी वीरगंजकाे पहिचान स्थापित गर्ने पहिलो प्रयास रहेको नायक साहले बताए ।
 
वीरगंज मै धेरै भोजपुरी कलाकारहरुले योगदान गरेपनि उनीहरुले समाजमा अहिलेसम्म सम्मान पाउन नसकेको र भारतीय बजारमा नेपाली भन्ने र नेपाली बजारमा भोजपुरी भाषी कलाकारहरुको योगदानको खासै कदर नगरिएपछि लायन्स क्लब अफ वीरगंजकाे पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको साहले बताए ।
 
उक्त कार्यक्रममा करिब २७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको लायन्स क्लब अफ वीरगंजका सचिव दिपेन्द्र यादवले वताए ।

वडा सदस्यहरुकाे सेवासुविधा उपलब्ध गराउन ध्यानाकर्षण

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका वडा सदस्यहरुले बुधबार गाउँपालिका अध्यक्षलाई ८ बुंदे ज्ञापन पत्र बुझाएका छन् ।

गाउँपालिका अन्तर्गतका २० जना वडा सदस्यहरुले गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता र प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीलाई ८ बुंदे ज्ञापन पत्र तथा ध्यानआकर्षपत्र बुझाएका हुन् ।

जेष्ठ सदस्य राजदेव यादवकाे संयोजकत्वमा रहेको वडा सदस्यहरुकाे टोलीले गाउँपालिकाको कार्यालय मै पुगी ८ बुंदे लिखित ज्ञापन पत्र बुझाएका हुन् । 

सम्मपुर्ण निर्वाचित वडा सदस्यहरुको सेवासुविधा अबिलम्ब उपलब्ध गराउनु पर्ने, निमार्ण कार्यमा गरेको अनुगमन भाता उपलब्ध गराउनु पर्ने, ईन्धनको ब्यवस्थापन गर्नु पर्ने, प्रति बर्ष १५ हजार पोषाक भाता दिनु पर्ने, चाडपर्व खर्चको ब्यवस्थापन गर्नु पर्ने वडा सदस्यहरुकाे माग रहेकाे छ ।

यसैगरी विकास निमार्णको काम गर्न वडा सदस्यहरुलाई बजेट उपलब्ध गराउनु पर्ने, गाउँपालिकाको परिषदको बैठक भाता उपलब्ध गराउनु पर्ने र गाउँपालिकाको कुनै पनि बैठकमा निर्वाचित प्रतिनिधी बाहेक अरु अन्य ब्यक्तिलाई प्रबेश गर्न नदिने तथा बैठकम बस्न नपाईने जस्ता मांगसहित ध्यानाकर्षण पत्र बुझाइएकाे कार्यपालिका सदस्य रामावति देवीले बताइन ।

ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मेहता र प्रमुख प्रशासकिय अधिकृत चाैधरीले नियम कानुन अनुसार वडा सदस्यहरुले पाउनु पर्ने सम्पूर्ण सुबिधा उपलब्ध गराइने वताए ।

अधिकार क्षेत्रमा रहेको सम्मपुर्ण अधिकार तथा सेवासुबिधा कटौती नहुने समेत पालिका अध्यक्ष मेहता र प्रमुख प्रशासकिय अधिकृत चौधरीले वताए ।

टेरामक्स लागू भयाे भने फाेनकाे गाेपनियत रहँदैन : प्रदिप यादव

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदिप यादवले टेरामक्स प्रविधिकाे खरिद प्रक्रिया बन्द गर्न माग गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोन कल एवं म्यासेजको निगरानी र त्यसको गुणस्तर मापन गर्न भनेर नेपाल दुरसंचार प्राधिकरणले `टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम´ टेरामक्स प्रविधि खरिद प्रक्रिया अगाडि बढाइरहेका बेला सांसद यादवले बन्द गर्न माग गरेका हुन् ।

लेखा समितिकाे बुधबार बसेकाे बैठकमा सांसद यादवले कानुन नबनाई टेरामक्स प्रविधि खरिद तथा लागू गर्न नमिल्ने जिकिर गरे । यसले गाेपनियताकाे हक हनन हुने र उच्च पदस्थ लगायत सबैकाे कल रेकर्ड दुरूपयाेग हुने खतरा ओल्याए । `कानुन नबन्दै आफूखुसी व्याख्या गरि टेरामक्समा दुरसचारले जे गरेकाे छ, कानुन विपरीत छ । सर्वाेच्चकाे परमादेश विपरित छ । कानुन नबनाई टेरामक्स किन अगाडि बढाइयाे ?´ उनले साेधे ।

नियामक निकायबाट अहिले पनि अनुमतिबिना कल डिटेल निस्किरहेकाे भन्दै उनले भने, `कानुनले अदालतकाे अनुमतिमा लेउ भन्छ । तर, आफूखुसी निकालिएकाे छ । नम्बर मेटाएर रेकर्ड निकालिरहेका छन् ।´

यस्ताे अवस्थामा टेरामक्स लागू भयाे भने राष्ट्र प्रमुख, विपक्षी दलकाे नेता कसैकाे पनि गाेपनियता बाँकी नरहने भन्दै उनले टेलिकम र एनसेलका कर्मचारीले फाेन रेकर्ड गरेर दुरुपयोग गर्ने चिन्ता व्यक्त गरे ।

`त्यसै त अहिले पनि अनुमति नलिइ थाहा नदिएर रेकर्ड गरिरहेकाे छ । त्यसैले यसलाई तुरून्त राेक्नुपर्छ,´ उनले भने । टेरामक्सका नाममा दुरसंचारलाई खुफिया एजेन्सीजस्ताे बनाउन खाेजिएकाे भन्दै यादवले थपे, `कि खुफिया एजेन्सी भनेर जिम्मा दिनुपर्याे हाेइन भने याे टेरामक्स प्रक्रिया बन्द गर्नुपर्याे ।´

लेखा समितिलाई पंगु नबनाइयाेस्

सांसद यादवले अन्य समितिबाट कार्यक्षेत्र मिचेर लेखा समितिलाई पंगु बनाउन खाेजिएकाे टिप्पणी गरे । लेखाले उठाएकाे एनसेल शेयर खरिद प्रकरणलाई सुशासनकाे नाममा राज्य व्यवस्था समितिले बीचमै हाइज्याक गर्नु आपत्तिजनक भन्दै उनले यसलाई गम्भीरतापूर्वक लिएर सभामुखसँग कुरा राख्नुपर्ने बताए ।

`लेखा समितिलाई अरूले पंगु बनाउने काेसिस गरिरहेकाे छ । हामी सदस्यहरूसहित सभापति सभामुखकाेमा गएर ध्यानाकर्षण गराउनुपर्छ । कहिले सुशासनकाे नाममा त कहिले के नाममा कार्यक्षेत्र मिच्ने काम भइरहेकाे छ । याे हुन दिनुहुँदैन,´ उनले भने, `लेखा समितिकाे आफ्नाे सशक्त उपस्थिति हुनुपर्छ । कुनै विषय हामीले सुरू गर्ने अर्काेले हस्तक्षेप गर्ने कुरा स्विकार्य छैन ।´

गाेली हानेर रुपेश स्वर्णकारका सुटर सुजित सिंह पक्राउ

वीरगंज । बारा प्रहरीले रुपेश स्वर्णकारलाई गाेली प्रहार गर्ने भारतिय सुटरलाई नियन्त्रणमा लिएकाे छ ।

बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारलाई गाेली प्रहार गरि हत्या गर्ने भारतकाे माेतिहारी जिल्ला दर्पा थाना १ सुक्लिहा निवासी २५ बर्षिय सुजित कुमार सिंहलाई मंगलबार सांझ नियन्त्रणमा लिइएकाे बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए ।

बाराकाे बिश्रामपुर गाउँपालिका वडा नं. ३ स्थित भारतिय सिमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएकाे एपसी काफ्लेले वताए । सिंहलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि गाेली प्रहार समेत गरेपछि जवाफी फायरिङ गरि नियन्त्रणमा लिइएकाे एसपी काफ्लेले वताए ।

प्रहरीकाे गाेली चलाएकाे गाेली भारतिय सुटर सिंहकाे खुट्टा लागेकाे छ । उनकाे हाल कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे छ । 

कार्तिक १३ गते प्रिन्सिपल स्वर्णकार दुई वटा माेटरसाइकलमा आएका अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेकाे थियाे । त्यसकाे करिब दुई महिनामा सुटरलाई बारा प्रहरीले गाेली चलाएर नियन्त्रणमा लिन सफल भएकाे हाे ।

भारतीय प्रहरीको हिरासतबाट भागे पर्साका साह, चार प्रहरी निलम्बित

विहार । लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्रले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् ।

प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो । 

‘दुई जनलाई मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सुगौलीमा दुई जना भागेका थिए । दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका थिए,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ ।

निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् । एजेन्सी 

सन्दिप लामिछानेको टिम पर्सा -११ पुलिससंग पराजित

वीरगंज । वीरगंजमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएकाे दोस्रो खेलमा सन्दिप लामिछानेले कप्तानी गरेकाे टिम पर्सा-११ नेपाल पुलिस क्लबसंग २५ रनले पराजित भएकाे छ।
 
नारायणी रंगशालाकाे क्रिकेट मैदानमा भएको खेलमा पुलिसले दिएकाे १२५ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको पर्सा ११ ले पुरा २० ओभर खेल्दै  ८ विकेटको क्षतिमा ९९ रन मात्र बनाएपछि पर्सा-११  पुलिससंग २५ रनले पराजित भएकाे हो।
 
पर्सा ११ का लागि पवन सरार्फले सर्वाधिक ३२ रन बनाए भने पर्सा कप्तान सन्दीप लामिछानेले २३ रन  बनाएपनि आफ्नाे टिमलाई हारबाट जाेगाउन सकेनन् । यस्तै पर्सा-११ का लागि सुरज पटेलले १७ रन र रुपेश सिंहले १५ रनमात्र बनाए।
 
बलिङतर्फ पुलिसका सागर ढकालले चार ओभरमा १२ रन दिएर दुई विकेट, करण केसीले चार ओभरमा २४ रन दिएर दुई विकेट र ललित राजबंशीले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए ।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियाे । पुलिसका लागि करण केसीले २९ रन, अमित श्रेष्ठले २६ रन र आरिफ शेखले २२ रन बनाए ।
 
बलिङतर्फ पर्सा ११ का अनिल साहले दुई ओभरमा १२ रन दिएर दुई विकेट, रुपेश सिंहले दुई ओभरमा १७ रन दिएर एक विकेट तथा समसाद अन्सारीले चार ओभरमा १४ रन खर्चिएर एक विकेट लिए ।
 
चार ओभर बलिङ गरेका पर्सा-११ का कप्तान सन्दीप लामिछानेले २८ रन खर्चिएपनि उनले विकेट भने लिन सकेनन्।

पूर्व एसएसपी अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश

वीरगंज । पूर्व प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अनुराग द्विवेदी राजनीतिमा प्रवेश गरेका छन् । उनले जनमत पार्टीको सदस्यता लिएर विधिवत रुपमा राजनीतिका यात्रा सुरु गरेका हुन् ।

एसएसपीबाट सेवा निवृत्त भएपछि द्विवेदीले मंगलबार जनमत पार्टीको काठमाडौं स्थित कार्यालयमा गएर पार्टीका अध्यक्ष डाक्टर सीके राउतबाट सदस्यता प्राप्त गरी विधिवत रुपमा जनमत पार्टीको सदस्य भएका हुन् । बढुवामा नपरिएको भन्दै केही समय अगाडि उनी एसएसपीबाट राजीनामा दिएका थिए ।

प्रहरी सेवामा रहेर काम गर्दा द्विवेदी सप्तरी, नुवाकोट, पर्सा, बारा काठमाण्ढौ लगायतका जिल्लाहरुमा जिम्मेवारीमा रहेर काम गरेका थिए ।

पर्सा निवासी द्विवेदीको पारिवारिक पृष्ठभूमि नेपाली कांग्रससँग नजिक रहेको मानिन्छ । उनी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदीको नातामा भतिजा पर्छन् ।

पाेखरिया मेयर कपकाे फाइनलमा कालिकामाई प्रबेश

वीरगंज । पोखरिया नगरपालिकामा जारि टि २० पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता अन्तर्गत मंगलबार भएकाे दाेस्राे सेमिफाइन खेलमा कालिकामाई गाउँपालिका विजयी भएकाे छ । बिन्दवासिनी गाउँपालिकालाई हराउँदै कालिकामाई गाउँपालिका प्रतियाेगिताकाे फाइनलमा प्रबेश गर्न सफल भएकाे हाे ।

सुरु मै टस जितेर व्याटिङ गरेकाे बिन्दवासिनीले १९.४ ओभर खेल्दै पुरै विकेट गुमाउँदै १५६ रन बनाएकाे थियाे । त्यसपछि १५७ रनकाे लक्ष्यसहित जवाफी व्याटीङमा उत्रेकाे कालिकामाईले १७.५ ओभर मै ६ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गरि विजयी भएकाे कालिकामाईका खेलाडी याेगराज शर्माले वताए ।

म्यान अफ म्याच २० बलमा ४६ रन बनाएका कालिकामाई कै क्याप्टन अर्जुन शर्मा घाेषित भए । प्रतियाेगिताकाे फाइनल खेल शनिबार कालिकामाई र पाेखरिया नगरपालिका बिच हुने आयाेजकले जनाएकाे छ । 

पाेखरिया नगरपालिकाकाे सहयाेग र वडा नं. ६ को आयोजनामा पाेखरियास्थित शेरा फिल्डमा जारि प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।

बारा प्रहरीले एक करोड भन्दा बढीकाे अबैध प्याज भन्सार बुझायाे

वीरगंज । बारा प्रहरीले एक कराेड भन्दा बढी मुल्य बराबरकाे अवैध प्याज नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले गत असोजदेखि हालसम्ममा भन्सार छलीका १ करोड १ लाख ५८ हजार ७ सय रूपैया मुल्य बाराबरको अबैध प्याज नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज र राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको हाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रही नायब उपरिक्षक दधिराम न्याैपानेका अनुसार प्रहरी चाैकी पथलैयाले विभिन्न मितिमा ९६ लाख ६२ हजार ९ सय मुल्य बराबरकाे अवैध प्याज नियन्त्रणमा लिएकाे थियाे ।

त्यसैगरी इलाका प्रहरी कार्यालय अमलेखगंजले मंसिर २६ गते २ लाख ३७ हजार ५ सय र इलाका प्रहरी कार्यालय जितपुरले पुस ५ र ७ गते नियन्त्रणमा लिएकाे २ लाख ५८ हजार ३ सय मुल्य बराबरकाे अवैध प्यास वीरगंज भन्सार कार्यालय र राजश्व कार्यालय पथलैयामा बुझाइएकाे हाे । 

बारामा लागु औषधसहित ४ जना पक्राउ

वीरगंज । बाराका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।बजनी र निजगढबाट गरि चार जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नंबर ३ बजनीबाट प्रदेश २–०३–०१६ प ०८८८ नंम्बरको मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १ का ४३ वर्षिय शंकर प्रसाद यादव र त्यसमा सवार २४ वर्षिय मनिषकुमार साहलाई ८ सय ९९ पिस लागु औषधसहित पक्राउ गरेको हो । उनिहरुको साथबाट फेनरागन २९६ पिस, डाईजेपाम ३०३ पिस र नोर्फिन ३०० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नंबर ९ शहिद चोकबाट ट्रमालिन १ सय ८० पिस ट्याब्लेटसहित निजगढ ८ बुद्ध चोकका २० वर्षिय विवेक मोक्तान र जीतपुर सिमरा १६ टांगियावस्तीका २० वर्षिय सागर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।