Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 371

वीरगंज महानगरद्वारा भीमसेन मन्दिरलाई खानेपानी पाइप सहयोग

वीरगंज । वीरगंज महानगरपालिकाले पर्साको ठोरी गाउँपालिका  ५ सुवर्णपुरस्थित भीमसेन मन्दिरमा खानेपानी आपूर्तिका लागि पाइप सहयोग गरेको छ ।

मन्दिर परिसरमा खानेपानीको आपूर्तिका लागि पाइप आवश्यक भएको र त्यसका लागि नेवा: देय् दवु सुवर्णपुरले आग्रह गरेपछि वीरगंज महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले पाइप सहयोग गरेको हो ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले सोमबार मन्दिर परिसरमै नेवा: दय् दवुका अध्यक्ष चन्द्रबहादुर नेवारलाई कालो पोलिथिन पाइप ५० एमएमको ७ सय मिटर, ३२ एमएमको १ सय मिटर र रिडर १ थान हस्तान्तरण गरेका छन् ।

मन्दिर परिसरमा खानेपानीको समस्या भएको र सहयोगका लागि आग्रह आएपछि महानगरका मेयर सिंहको निर्देशनमा महानगरपालिकाले पाइप र रिडर उपलब्ध गराइएको स्वकीय सचिव घिमिरेले बताए ।

माउन्ट मकालुमा फूड फेस्टिवल सम्पन्न

वीरगंज । माउन्ट मकालु बाेर्डिङ्ग स्कुल वीरगंजले साेमबार आयाेजना गरेकाे फूड फेस्टिवल सम्पन्न भएकाे छ । वीरगंजकाे अशाेकबाटिका स्थित विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा विद्यार्थीहरुले आफै विभिन्न किसिमकाे खानाकाे परिकार बनाउनु साथै विक्री समेत गरेका थिए ।

विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुकाे लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत फुड फेस्टिवल आयाेजना गरिएकाे स्कुलका प्रिन्सपल राहुल श्रीवास्तवले वताए । पढाईकाे साथ साथै दैनिक जिवनमा उपयाेगमा आउने क्रियाकलापकाे जानकारी गराउने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे उनले वताए ।

विभिन्न समुह बनाएर विद्यार्थीहरुले माेमाे, छाेला भटाेरा, पनिर चिलि, लिटी चाेखा, दही पुरी, चेउपा, पानी पुरी, चटपटे, पकउरी लगायतका खानाकाे परिकार बनाएका थिए । कार्यक्रममा सहभागि अभिभावक लगायतका अतिथीहरु साे परिकार खरिद गरि खाने गरेका थिए ।

कार्यक्रममा विभिन्न खेलहरुकाे स्टलहरु राख्नुकाे साथै सांस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएकाे थियाे ।

स्कुलका संस्थापक कामेश्वर प्रसाद श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लिटल बडि इन्टरनेशनल स्कुलका प्रिन्सपलका विजय बल, लोक नेपालका निर्देशक युराज केशरी, कन्चन जंगा स्कुलका निर्देशक मार्टिन मोक्तान, वीरगंज युवा समाजका कमल चौलागाई, वीरगंज मोन्टेशरी स्कुलका प्रिन्सपल प्रियांका गुप्ता ,पत्रकार जगत राई, शम्भु कुमार सुमन, दिपु बर्णवाल, विद्यालयका शिक्षक, शिक्षिका लगायतकाे सहभागिता रहेकाे थियाे ।

पकहाँ मैनपुरले मागेकाे दुई विषय शिक्षककाे लागि दरखास्त परेन

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाले विभिन्न विषयकाे शिक्षककाे लागि खुल्ला गरेकाे विज्ञापनमा दुई बिषयकाे शिक्षककाे लागि एउटा पनि दरखास्त परेकाे छैन ।

गाउँपालिकाले मंसिर २२ गते विभिन्न विद्यालयका शिक्षककाे लागी १३ वटा पदमा विज्ञापन आव्हान गरेकाे थियाे । त्यस विज्ञापनकाे पुस ६ गते सम्मकाे अवधिमा मावि तहकाे एक जना विज्ञान विषयकाे शिक्षक र एक जना अर्थशात्र विषयकाे शिक्षककाे लागि एक जनाकाे पनि आवेदन नपरेकाे गाउँपालिकाका प्रशासन शाखा प्रमुख हरिमाेहन महताेले वताए ।

मावि तह कै अंग्रेजी, नेपाली र गणितका लागी मांग गरिएको सिट भन्दा बढी नै आवेदन परे पनि विज्ञान र गणित विषयकाे लागि आवेदन नगरेकाे उनले वताए । 

सो बिषयका लागी शिक्षकको दरखास्त नपर्दा अभाव रहेकाे शिक्षक परिपुर्ति नहुने देखिएकाे छ । जस कारण विद्यार्थीहरुकाे पठनपाठनमा समस्या उत्पन हुने प्रध्यानाध्यापकहरुले बताएका छन् ।

यसले मावि तहकाे विज्ञान र अर्थशास्त्रकाे बिषयगत शिक्षकको पर्सामा कमी रहेकाे देखाएकाे छ । पर्साका अधिकांश सामुदायिक विद्यालयमा यी विषयका शिक्षकहरुकाे अभाव रहेकाे छ । जस कारण विद्यार्थीहरुकाे पठनपाठन प्रभावित हुँदै आएकाे छ ।

पकहाँ मैनपुर गाउँपालिकाले आव्हान गरेकाे विज्ञान अन्तर्गत सब भन्दा बढी प्रावि तहका शिक्षकहरुकाे लागि आवेदन परेकाे छ । गाउँपालिकाका अनुसार प्राथमिक तहका लागी माग गरिएको बिज्ञापन नं. १३ अन्तर्गत एक शिक्षककाे लागि ७ जना र बिज्ञापन नमबर १४ अन्तर्गत एक शिक्षककाे लागि ८ जनाको दरखास्त परेको छ ।

निम्न माध्यमिक तहमा अंग्रेजी बिषयका लागी २ जना मांग गरिएकोमा ३ जनाको दरखास्त परेको छ । नेपालीका लागी पद संख्या १ रहेकोमा ७ जनाको दरखास्त परेको छ । गणित बिषयका लागी सिट संख्या ३ रहेकोमा ५ जनाको दरखास्त परेको छ ।

यसैगरी लेखामा विद्यालयका कर्मचारी १ जनाको मांग गरिएकोमा २ जनाको आवेदन परेको छ ।

पटेर्वा सुगाैलीमा बाघकाे आक्रमणले एक युवककाे ज्यान गयाे

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ थरकटी टोलमा बाघको आक्रमणबाट एक जना युवकको ज्यान गएकाे छ । स्थानिय बाबुलाल उरावँको २२ बर्षीय छोरा मनोज उरावँको ज्यान गएकाे हो ।

राती करीब ७ बजे आफनै घरको छेउमा रहेको फरगटी आधारभुत विद्यालय नजिक बाघले आक्रमण गरि मनाेजलाई मारेको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश प्रसाद चौधरीले बताए ।

हिजो साँझपख जंगल छेऊमा शौच गर्न गएका मनोजलाई बाघले घिसारेर लगेको थियो । मनोज बेपत्ता भएपछि खोजी गर्ने क्रममा उनले लगाएको चप्पल भेटिएको स्थानमा बाघको पञ्जाको डोव पनि भेटिएकोले बाघले नै मनोजलाई लगेको यकिन भएकाे उनले वताए ।

राति अबेरसम्म घर नफर्किएका मनोजलाई खोज्न छिमेकी र गाउँलेहरूले सोमबार बिहान खेत तिर जाँदा खेत नजिकैको जङ्गलमा बाघले मारेर खाएको अवस्थामा मनोजका शरीरका अङ्गहरू भेटिएको हाे ।

बाटो भरी रगत लतपतिएको र टाउको र खुट्टा भएको घट्ना स्थलदेखी अन्दाजी १० मिटर उतर पूर्वमा मृतकको ज्यकेट पनि फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । घटनाको आवश्यक मुचुल्का तयार गरी पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएकाे प्रहरी निरीक्षक केशरीले बताए ।

पकहाँ मैनपुरमा निशुल्क आँखा शिविर, ८८६ जना लभान्वित

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा आइतबार निशुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ । पकहाँ मैनपुर गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल तथा वीरगंज सामुदायिक आँखा केन्द्र वीरगंजकाे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नं. ३ स्थित श्री रामचरीचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरमा भएकाे शिविरमा ८८६ जना आँखा परिक्षण गराएका छन् । जस मध्ये ३३५ जनामा मोतियाबिंद फेला परेकाे आयाेजकले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताकाे अध्यक्षतामा भएकाे शिविरकाे उद्घाटन प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।

शिविर उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रदेश सांसद क्षेत्रीले राेका रहेकाे सांसद काेषकाे वजेट चलाउन पाए क्षेत्र अन्तर्गतकाे प्रत्येक वडामा आँखा शिविर संचालन गरी चस्मा पनि वितरण गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद क्षेत्रीले महिलाहरुको पाठेघरको समस्या धेरै रहेकोले सचेत हुन आग्रह गरे । उनले पालिकबाट त्यसकाे लागि शिविर पनि सञ्चालन गर्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष मेहताले प्रत्येक बर्ष गाउँपालिकाले आँखा शिविर आयाेजना गर्ने जनाए । निशुल्क शिविरमा सहभागि भई माेकाकाे फाइदा उठाउन उनले गाउँवासी आग्रह समेत गरे ।

शिविरमा माेतियाबिंद फेला परेकाहरुकाे पुष १२ गते शल्यक्रिया समेत गरिने प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीले जानकारी दिए ।

उद्घाटन समारोहमा वडाध्यक्ष मुकुट चौहान, सञ्जय चौहान, डेढी यादव, बलिराम चौरसिया, कांग्रेसका नेता लक्ष्मण पटेल, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ, कार्यपालिका सदस्य रामबहादुर साह सोनार, नेक महमद मियाँ, युवा नेता राकेश कुशवाहा, बिरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमकाे सञ्चालन अनिल साहले गरेका थिए । 

शिविरमा डाक्टर गौरीशंकर गुप्ता, डाक्टर प्रभात चौरसिया, सहयोगी मुस्कान श्रेष्ठ, पावन धामी लगायतकाले सहभागिहरुकाे आँख चेक जाँच गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र वीरगंज आउने, अभिनन्दनका लागि विभिन्न समिति गठन

वीरगंज । पुर्व राजाको निकट भविस्यमा वीरगंजमा हुने नागरिक अभिनन्दनको लागी मुल स्वागत समिति लगायत विभिन्न उप–समितिहरु गठन भएको छ ।

आइतवार वीरगंज स्थित होटल सम्झनामा विभिन्न राजनितिक दल, राष्ट्रवादी र राजावादी संघ/संस्था, धार्मिक संघ/संस्था तथा नागरिक समाजका अगुवाहरुको उपस्थितिमा बसेको बैठकले पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको स्वागत मुल समिति” गठन गर्ने निर्णय गरेको हो ।

जेष्ठ नागरिक संघ पर्साका संस्थापक पशुपति विक्रम शाहको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसका भातृ संगठन नेवि संघका संस्थापक संयोजक देवेन्द्र लाल नेपालीको संयोजकत्वमा मुल समिति गठन गरिएको प्रचार प्रसार संगोजक मानव सेवकले जानकारी दिए ।

यही पुष महिनाको तेश्रो वा चौथो हप्तामा हुने पुर्व राजाको नागरिक अभिनन्दनका लागी गठित मुल समितिका साथै आइतवारको बैठकले विभिन्न उप–समिति समेत गठन गरेको उनले जानकारी दिए ।

बैठकले हिरा बाहादुर चन्दको नेतृत्वमा सचिवालय समिति, राजकुमार शिन्धिको नेतृत्वमा आर्थिक समिति गठन गरेकाे छ । त्यसै गरी विरेन्द्र थापाको संयोजकत्वमा स्वयम् सेवक उप–समिति गठन गरिएको जनाइएकाे छ ।

बैठकले समन्वय उप–समिति, प्रचार प्रसार उप–समिति, गेट व्यवस्थापन समिति, संचार समन्वय उप–समिति, मञ्च व्यवस्थापन उप–समिति, आकस्मिक उद्दार उप–समिति, यातायात व्यवस्थापन उप–समिति, महिला उप–समिति, साधु सन्त समन्वय उप–समिति, पन्चकन्या व्यवस्थापन उप–समिति, पुल माला र व्याच व्यवस्थापन उप–समिति, पार्कि· व्यवस्थापन उप–समिति, सरसफाइ उप–समिति, पानी व्यवस्थापन उप–समिति, सांस्कृतिक उप–समिति र अनुगमन उप–समिति गठन गरेको मानव सेवकले जानकारी दिए ।

बैठकमा राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्द, विस्व शिन्धि समाजका अध्यक्ष राज कुमार शिन्धि, मानव सेवक, दिनानाथ प्रसाद यादव, वृजकिशोर साह, जनक लाल साह, विरेन्द्र थापा, अवदुल सत्तार अंसारी लगायतको उपस्थिति रहेको थियो ।

चिल्ड्रेन गाडेन स्कुलको वार्षिक खेलकुद दिवस सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ७ मा रहेको चिल्ड्रेन गाडेन स्कुलले शनिबार बार्षिक खेलकुद दिवस मनाएकाे छ ।

स्कुलकी प्रिन्सिपल रोशनी श्रीवास्तवको अध्यक्षता एवम् प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राईको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । 

विद्यालयले आयाेजना गरेकाे विभिन्न प्रतियाेगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रम मै प्रमाणपत्र समेत वितरण गरिएकाे विद्यालयका निर्देशक प्रकाश कर्णले वताए ।

कार्यक्रममा वाेल्दै प्रमुख अतिथी राईले विद्यालयले अहिले शिक्षा संगै अन्य क्रियाकलापमा सक्रिय रुपमा विद्यार्थीहरुलाई अगाडि बढाउने काम गरिरहेकोमा सराहना गरे । 

कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, समाजसेवी तथा अन्य ब्यक्तिहरुको उल्लेखनीय सहभागीता रहेको थियाे ।

भोजपुरिया उडानद्वारा कविता वाचन कार्यक्रम सम्पन्न

वीरगंज । भोजपुरिया उडान संस्थाकाे आयाेजनामा शनिबार वीरगंजमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।  वीरगंजस्थित कलवार कल्याण समितिमा भएकाे कार्यक्रममा कवि वक्ताहरूले कविता, गीत, गजल, मुक्तक लगायत वाचन गरेकाे संस्थाका सचिव कृष्ण पासवानले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद पाण्डेसहित विशिष्ट अतिथिहरुले दीप प्रज्वलन गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

आयोजक संस्थाको लगनशीलता र प्रयास सराहनीय रहेको भाषाकर्मी अशोक कुश्वाहाले बताए ।

उनले भने  “आफ्नै मातृभाषाको आनन्द लिरहदा आफ्नै माटोको सुगन्ध छर्कन चियासंग मकैको लावा र खाजामा मालपुवा र चट्नीको स्वादले माहोलनै भोजपुरीमै बनाएको आभाष भो ।´

भोजपुरी भाषाको उत्थान, प्रबर्द्धन तथा संरक्षणका लागि प्रयासरत रहेको भोजपुरिया उडानले बेलाबखत यस्ता कार्यक्रम आयोजना गरेर सम्पूर्ण कवि वर्गलाई एकीकृत गर्दै आफ्नो भाषालाई अगाडि बढाउन सबैसँग हातेमालो गर्ने आयाेजक संस्थाका अध्यक्ष आमोद प्रसाद गुप्ताले वताए ।

कार्यक्रममा बाराका रामप्रसाद साह, सिम्रौनगढका बतहु यादव, प्राज्ञ दिनेश गुप्ता, नेपाल भोजपुरी समाजका धुर्व सिंह ठकुरी, अनिता साह, अजमत अलि, रितु राज, विनय गुप्ता, राधेश्याम गुप्ता, आयाेजक संस्थाका ललन सहनी, छोटु राजा, श्याम सर्राफ, जय यादव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे सञ्चालन संस्थाकी अस्मिता पटेलले गरेकी थिइन् ।

आफनो श्रीमान डा. जफरलाई खोज्दै बांग्लादेशी महिला वीरगंजमा

वीरगंज । बांग्लादेशमा चिकित्साशास्त्र अध्यन गर्ने क्रममा बिहे गरि ६ बर्षसम्म संगै जिवन बिताएकी एक बग्लादेशी महिला आफनो श्रीमान खोज्दै अहिले वीरगंजमा पुगेकी छिन । 

बाराकाे कलैया उपमहानगरपालिका वडा नम्बर २० हाल वीरगंज महानगर पालिका छ्पकैयामा बस्दै आएका तथा नारायणी अस्पतालको बिमा फाटमा कार्यरत डा. जफर इमाम ति महिलाको श्रीमान रहेको बुझिएको छ । हाल आरोपीत बन्नेका डाक्टर प्रहरी लगाएत कसैको सम्पर्कमा छैन । 

हामीलाई प्राप्त जानकारी अनुसार डा. ईमाम बांग्लादेशमा अध्यनकाे क्रममा सोही देशकी एक युवतीसंग  १ बर्षसम्म प्रेमसम्बन्धमा बसि सन २०१८ मा बांग्लादेशका धार्मीक स्थल काजी कार्यालय बिहे गरी संगै ६ बर्ष सम्म बस्दै आएका थिए । 

काजी कार्यलयका प्रमुख समेत रहेका फतेमा तुजेहरा संग जाफर इमामले मुस्लिम धर्म अनुसार बिवाह उनको बिहे गराएका थिए । जुन सबै कागजात प्रहरीसंग रहेको छ । 

डा. ईमाम ईनम मेडिकक कलेज एण्ड होस्पीटलमा अध्ययरत हुँदा ती युवतीले अज्जाज निजानु रहमान कृषी कलेजमा ब्याचलेरमा अध्ययनर रहेकी थिईन ।

दुबै जनासंग सार्वजनिक बसमा सन २०१७ मा भेटघाट भएको थियो । यात्रा गर्ने क्रममा डा. ईमामले आफनो मोवाईल बन्द भएको भन्दै ति युवतीको मोवाईल प्रयोग गरि अर्का साथीसंग कुरा गरेका थिए । 

त्यसपछि डा. ईमाम तथा ती युवतीसंग सम्बन्ध जोडिएको स्रोतले बताएका छन ।  स्रोतका अनुसार डा. ईमाम चिकित्साशात्र पास गरेपनि सोही कलेजमा अध्यपान गराउदै ति युवतीसंग बस्दै आएका बताएका थिए । 

बिहेवारी गरिसंगै बस्दै आएका ति युवतीसंग डा. ईमामका अन्य परिवारसंग दैनिक कुरा हुँदै आएको र चाडै नेपाल आउने प्लान गर्दा लकडाउनको शिकारमा दुवै जना परे ।  

आर्थीक मन्दिको चपेटामा फसेका दुवै जनाको परिवार चाडै घर फर्कने गरि लकडाउन पछि डा. ईमाम परिवारसंग भेटन नेपालमा आएका थिए । 

दैनिक ती युवतीसंग सम्पर्कमा रही वीरगंजमा काम गरिदै आएका डा. ईमाम अर्का केटीसंग नेपलामा पुन: बिवाह गरेका थिए । 

यता डा. ईममाले घरमा पुगेपछि अर्का केटीसंग बिहे गरेको घटना बाँग्लादेशी युवतीलाई डाक्टर ईममाका साथीबाट थाहा पाउदा ति युवतीले डाक्टरसंग सम्पर्क गरि २०२३ अप्रिलमा वीरगंज पुगेका थिईन । 

वीरगंज पुगेकी ती युवतीलाई डाक्टर ईमामले आफनो  घर नलगी बसर्पाकको होटल बेलकममा एक हप्तासम्म राखी फिर्ता पठाएको स्रोतले बताएका छन ।  

स्रोतका अनुुसार नेपालमा दोस्रो पटक आएकी ती युवती अहिले ठुलै लगेजका साथ वीरगंज पुगेकी छिन । ३ दिन अघि नेपाल आएकी ती युवती हिजोमात्र जिल्ला प्रहरी कार्यलयमा पुगेपछि घटना बाहिरीएको हो । 

हाल ती युवतीले घटना विवरणसहित रितपुर्वक निबेदन पर्सा प्रहरीलाई दिएपछि प्रहरीले डा. ईमामलाई खोजी रहेका छन । तर हाल ति डाक्टर फरार रहेको बुझिएको छ । डाक्टर ईमामसंग हाल दुई सन्तान रहेका छन । सभार : यात्राडेली

मन्त्रीले बनाए किशोरीहरूलाई साथी

वीरगंज । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् ।

मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हो, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरुले मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई भेटेर साथी बन्न आव्हान गरेपछी मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्विकार गरेका हुन् ।

यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनिकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै आएका छन् ।

एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन् गर्दै आइरहेको छ ।

किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी लिडर मधु यादवले बताइन् ।

यसै योजना अन्तर्गत मन्त्री सिंहसँग पनि किशोरीहरुले साथीको साइनो गाँसेका हुन् ।

किशोरीहरूसँग साथी बन्ने कार्यक्रमका क्रममा बोल्दै मन्त्री सिंहले मधेस प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरुलाई निराकरण गर्न आफू लागि पर्ने बताए ।