Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सुबोधको अध्यक्षतामा शक्ति युवा क्लबको नयाँ कार्यसमिति चयन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर – २१ लिपनीविर्तामा रहेको शक्ति युवा क्लबको प्रथम बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत तीन नम्बर पुल खोलामा क्लबको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

क्लबको प्रथम बार्षिक साधारणसभाले निर्वतमान उपाध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित क्लबको वरिष्ठ उपाध्यक्षमा संजय मण्डल, प्रथम उपाध्यक्षमा दिपक यादव, द्वितीय उपाध्यक्षमा हुलास यादव, महासचिवमा ध्रुव प्रसाद साह, सचिवमा कैलाश मण्डल, कोषाध्यक्षमा सोनालाल मण्डल रहेका छन ।

यस्तै सदस्यहरुमा उमेद राम, सरोज यादव, तिवारी यादव, मनोज मिश्रा, सन्तोष शर्मा, हसनैन आलम, सलिम आलम, सम्साद आलम, रमेश सरार्फ, अभिषेक ठाकुर, मनिर आलम र इमाम आलम रहेका छन ।

त्यस्तै साधारणसभाले तीन सदस्यीय क्लबको सल्लाहकार समिति पनि चयन गरेको छ । नवनियुक्त सल्लाहकार समितिमा नागमणी उपाध्याय , मोबिन आलम र क्लबका निवर्तमान अध्यक्ष राजमहम्द मिया रहेका छन ।

साधारणसभाले क्लबमा आवद्ध भएका सदस्यहरूलाई एकीकृत गर्दै ५१ सदस्यीय साधारण सदस्य बनाएको छ ।

क्लबका निवर्तमान अध्यक्ष राजमहम्द मिया अध्यक्षतामा भएको साधारणसभाको उदघाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री राउत कुर्मीले गरेका थिए । साधारणसभा कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव, मोबिन आलम, समाजसेवी नागमणी उपाध्याय, युवा ब्यवसायी मनोज यादव, रामादेश यादव सहितका अतिथिहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...