Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

आम विद्यार्थी मोर्चाले बिद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन संघर्ष गर्ने

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी निकट आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटीको बैठक शनिबार काठमाडाैंमा सम्पन्न भएकाे छ । आम विद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साहकाे अध्यक्षतामा बसेकाे बैठकले बिद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन संघर्ष गर्ने निर्णय गरेकाे छ ।

विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन तथा शिक्षा क्षेत्रका सिण्डिकेट, विभेद र ब्रह्मलुट विरुद्ध जारी संघर्षलाई थप व्यवस्थित एवं निर्णायक बनाउने निष्कर्ष सहित आम विद्यार्थी मोर्चाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न भएकाे आम विद्यार्थी मोर्चा केन्द्रिय इन्चार्ज उमेश कुशवाहाले जानकारी दिए ।

बैठककाे आजपाका अध्यक्ष प्रभु साहले उद्घाटन गरेका थिए । बैठककाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष साहले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागि आम विद्यार्थी माेर्चाले संघर्ष गर्नु पर्ने वताए ।

नेपाल सरकारको शिक्षा नियमावली अनुसार हिमाली क्षेत्रमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडी क्षेत्रमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराइ तथा उपत्यका क्षेत्रमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनु पर्ने सरकारी प्रावधानको विपरित हिमालमा ४ विद्यार्थी बराबर १ शिक्षक, पहाडमा १८ विद्यार्थी बराबर १ शिक्षक र तराई मधेशमा ९५ विद्यार्थी बराबर १ शिक्षक दरवन्दि हुनु आफैमा विभेदकारी नीति भएकाे आम विद्यार्थी माेर्चाले जनाएकाे छ ।

आम विद्यार्थी माेर्चाकाे प्रतिवेदन अनुसार शिक्षा एनको तथ्याङ्क अनुसार १२.२ लाख विद्यार्थी संख्या रहेको वागमती प्रदेशमा जहाँ २५ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ६८६ शिक्षक उपलब्ध छ, त्यसैगरी ११.५ लाख विद्यार्थी संख्या रहेको कोशी प्रदेशमा २३ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ३२१ शिक्षक उपलब्ध रहेको छ ।

तर सबभन्दा बढी १५ लाख विद्यार्थी संख्या रहेको मधेस प्रदेशमा जहाँ ३० हजार शिक्षकको आवश्यकता छ । त्यहाँ जम्मा १८ हजार ३०९ शिक्षक रहेको छ । भर्खरै सार्वजनिक भएको शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार देशमा कुल ७८ लाख विद्यार्थी र १ लाख ६० हजार २८६ शिक्षक संख्या रहेको छ । विद्यार्थी सड्यालाई शिक्षक संख्याले भाग गर्दा अहिले पनि देशमा प्रत्येक ४८ विद्यार्थीमा एक शिक्षक रहेको अवस्थामा मधेस प्रदेशमा किन १०० विद्यार्थीमा एक शिक्षक छन् ?

मधेसमा एउटा कक्षाकोठामा १०० जना वसेर पढेको कमजोर विद्यार्थी र पहाडमा २० जनाको कक्षाकोठामा पढेको होसियार विद्यार्थीलाई एउटै जाँच गरी जागिर दिने लोकसेवा कतिको जायज छ ? यस विभेदकारी र अनैतिक प्रावधानप्रति घोर निन्दा गरी हामीले निरन्तर आवाज उठाउदै आईरहेकाे आम विद्यार्थी माेर्चाले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...