Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 320

दशगजा क्षेत्रमा गाडिएकाे अवस्थामा दुई जनाकाे शव फेला

वीरगंज । भारतसंग सीमा जोडिएको पर्साको जगरनाथपुर गाँउपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपाल तर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो ।

दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१/५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० बर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटिएको हो ।

शव भेटिएको स्थल नेपाल तर्फको भूभाग रहेको भन्दै भारतीले पहिचान भने खुल्न नसकेको बताए । गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको भारतीले जानकारी दिए । दुवै शवको पहिचान अहिलेसम्म खुल्न नसकेकाे उनले वताए ।

स्वास्थ्य मन्त्री यादवद्वारा नारायणी अस्पतालको अनुगमन

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले मङ्गलवार गृह नगर वीरगंजस्थित नारायणी अस्पतालको अनुगमन गरेका छन् ।

मङ्गलवार बिहानै वीरगंज पगेका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालस्थित ओपिडी, फार्मेसी, पोस्टअप, ल्याब लगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गरेका हुन् ।

कुराकानीका दौरान मन्त्री यादवले बिरामी र कुरुवाहरुसंग उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार, औषधीको उपलब्धता र अस्पतालमा उपलब्ध अन्य सेवाको गुणस्तरका बारेमा बझेका थिए । बिरामीहरूले अस्पतालस्थित फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध नरहेको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको, चिकित्सकहरू ओपिडीमा पर्याप्त समय नदिएको गुनासो गरेका थिए ।

मन्त्री यादवले बिरामीले गरेकाे गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. एनामुल हकलाई निर्देशन दिए । फार्मेसीमा औषधीको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि आउनुहुने बिरामीको सहजताका निमित्त टिकट काउन्टर थप्दै सो स्थानलाई वातानुकूलित बनाउन पनि निर्देशन दिए ।

अनुगमन पश्चात् मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग पनि छलफल गरेका थिए । सो क्रममा मेसु डा. हकले भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या आइरहेको दुखेसो पोखेका थिए । उनले भने, ‘अस्पतालमा रहेका अधिकांश भवनहरूको अवस्था जर्जर छ । वर्षायाममा पानी चुहिँदा बिरामीहरूको उपचारमा कठिनाइ आउँछ ।’

डा. हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौ बितिसक्दा पनि कर्मचारी दरबन्दी सय बेड अनुसार कै रहेको बताए । ‘दरबन्दी नहुँदा जनशक्ति अभाव छ । हामीले अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न सकेका छैनौँ । बेड अनुसारको दरबन्दी कायम गर्न मेरो आग्रह छ,’ उनले भने । त्यस्तै उनले क्वाटर, मेसिनरी र अन्य पूर्वाधार अभाव लगायतका समस्या पनि रहेको बताए ।

मन्त्री यादवले अदालतमा विचाराधीन रहेको अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न आफू लागिपरेको बताए । उनले भने, ‘अस्पतालको भवन निर्माणका लागि सबै प्रक्रिया अगाडि बढेपनि केही स्वार्थी व्यक्तिले अदालतमा मुद्दा हालेको कारण काम अगाडि बढेको छैन । मैले प्रधानमन्त्री र कानुन मन्त्रीसँग भेटेर फास्ट ट्र्याकमा मुद्दाको फैसला गर्न आग्रह गरेको छु । मुद्दा फैसला भएसँगै भवन निर्माणको काम द्रुतगतिमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

उनले अस्पतालको पूर्वाधार विकासदेखि औषधि उपकरण खरिदका लागि पनि आफूले मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरेको जानकारी दिए । त्यस्तै उनले समग्र देशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पूर्व स्वास्थ्य मन्त्रीसँग सहकार्य गर्दै विज्ञहरूको सुझाव अनुसार आफू काम गरिरहेको बताए ।  

मन्त्री यादवले मेसु डा. एनामुल हकलाई अस्पतालका विद्यमान समस्याहरूको सूची तयार पारेर छिटै मन्त्रालय आउन निर्देशन पनि दिए । ‘मेसु सा’ब समस्याहरूको सूचीसँगै तत्कालै, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको एउटा रिपोर्ट तयार पारेर तपाईँ मन्त्रालय आउनुहोस्,’ उनले भने, ‘बजेट व्यवस्थापन मेरो जिम्मामा छ । के गर्नुपर्छ गर्छु तर नारायणी अस्पतालमा सुधार हुन्छ ।’

त्यसै गरी अनुगमनमा सहभागी रहेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई आफ्नो प्रमुख एजेण्डा बनाएर काम गर्न मन्त्री यादवसँग आग्रह गरे । उनले सोका लागि आवश्यक सम्पूर्ण सहयोग वीरगंज महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मेयर सिंहले कर्मचारी क्वाटर निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा समेत गरे । ‘मन्त्रीज्यूले बजेटको सुनिश्चितता गर्नुहोस्, क्वाटर र अन्य पूर्वाधार निर्माणका लागि जग्गा महानगरपालिकाबाट म उपलब्ध गराउँछु,’ उनले भने ।

अनुगमनमा अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी लगायतको पनि सहभागिता रहेको थियो ।

वीरगंज महानगरद्वारा अनुमति विना संचालित ५ विद्यालयमा सिलबन्दी

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ । वीरगंज महानगरपालिकाको शिक्षा समितिको अनुगमन समितिले अनुमति विना संचालित विद्यालयहरु सिलबन्दी गरेकाे हाे ।

सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजको नामबाट वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना अवैध रुपमा संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको अनुगमन समितिका संयाेजक ईश्वरचन्द्र यादवले वताए ।

यसैगरी अनुगमनकाे क्रममा वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालनमा रहेकाे सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित एस. नलेज एकेडेमीमा सिलबन्दी गरिएकाे संयाेज यादवले जानकारी दिए ।

यसका साथै अनुगमन समितिले अनुमति विना वीरगंज महानगरपालिकाकाे वडा नं. १८ भवानिपुरमा संचालित सुरज एकेडेमी र अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको छ ।

अनुगमन समितिका संयोजक यादवकाे नेतृत्वमा गएकाे अनुगमनमा टाेलीमा वीरगंज महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीता रहेकाे थियाे ।

पटेर्वा सुगाैली गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागिहरुले गाउँपालिकामा लागु औषध प्रयाेगकर्ताकाे संख्या बढ्दै गएकाे भन्दै नियन्त्रण गर्नु पर्ने वताए ।

कार्यक्रममा सहभागिहरु जनप्रतिनिधिसंग आफ्नाे जिज्ञासा राख्दै गाउँबासीहरुले कृषि प्रधान गाउँपालिका भएका कारण कृषीमा बढी ध्यान दिनु पर्ने सुझाव दिए । साथै केही ठाउँमा गाउँपालिकाबाट सडक निर्माण भएपनि नाला निर्माण नभएका कारण नाला पनि निर्माण गर्नु पर्ने वताए ।

गाउँपालिका परिसरमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले लागु औषध मुक्त गाउँपालिका बनाउन आफुहरु लागि परेकाे वताए । उनले लागु औषध नियन्त्रणकाे लागि गाउँपालिकाबाट विभिन्न कार्यक्रम गरिदै आईएकाे वताउँदै पूर्ण रुपले नियन्त्रण गर्न गाउँपालिका लागि परेकाे वताए ।

अध्यक्ष चाैधरीले मधेश प्रदेश कै पहिलाे गाउँपालिका पटेर्वा सुगाैलीले १० सैयाकाे अस्पताल संचालनमा ल्याउन लागेकाे वताए । उनले भने “हामीले बिकास निर्माण अन्तर्गत माटाेपुरी ग्रभेल गरेका छैनाैं, ढलान र कालाे पत्र सडक मात्र गर्दै आएका छाैं । जस अन्तर्गत नै हाम्राे गाउँपालिका मै रहेकाे प्रसिद्ध धार्मिक पर्यटकिय स्थल भाठा धाम सम्म कालाे पत्र सडक गर्ने काम भइरहेकाे छ ।”

साथै गाउँपालिकाकाे आफ्नै प्रासनिक भवन निर्माणकाे अन्तिम चरणमा छ, महिलालाई आत्मनिर्भर बनाउन पनि गाउँपालिकाले विभिन्न किसिमकाे सिपमूलक कार्यक्रम संचालनकाे साथै बजार ब्यवास्थापनकाे काममा पनि लागेकाे अध्यक्ष चाैधरीले वताए ।

उनले कृषि अन्तर्ग गाउँपालिकाकाले विभिन्न किसिमकाे कृषि उपकरणहरु वितरण गरेकाे वताउँदै अगामी बर्ष अझै बढी कृषीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन प्रतिबद्धता समेत जनाए ।

अध्यक्ष चौधरीले दुई वर्षको कार्यकालमा विकास निर्माणका कामसँगै सीमान्तकृत र अल्पसङ्ख्यक समुदायको सशक्तीकरणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले उपलब्ध बजेट र साधन श्रोतको भरपुर उपयोग गरेर विकास निर्माणका कामहरू गरिरहेको बताए । यससँगै खागसरि समाजमा पिछडिएका महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई सिपमूलक तालिम प्रदान गर्दै उनीहरूको आर्थिक जीवनस्तर  उकास्ने काम गरिरहेको पनि उनले बताए । 

सृजनशिल महिला बिकास केन्द्र वीरगंजकाे सहजिकरणमा गाउँपालिका कार्यालयले आयाेजना गरेकाे कार्यक्रममा गाउँपालिकाकाे सेवा प्रवाहकाे बारेमा तयार पारिएकाे सर्बेकाे प्रतिवेदन समेत प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महताे थारु, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, वडाध्यक्ष विजय गैरे, बासु पंजियार, माधाे राउत, विपिन मुखिया, इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी बरिष्ठ नायब निरिक्षक बाबुराम ढकाल, गाउँ सभा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, संचारकर्मीहरु लगायत स्थानियहरुकाे सहभागिता रहेकाे थियाे ।

प्लास्टिककाे टुक्राहरु पुन: प्रयाेग गरि ड्रेस बनाए विद्यार्थीहरु, गरे प्रस्तुति

वीरगंज । लिभिंग विथ इनभाइरनमेन्टकाे आयाेजनामा साेमबार वातावरण दिवस २०२४ को अवसरमा “ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड” कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजकाे पानीटंकीस्थित वीरगंज पब्लिक कलेजकाे सभाहलमा भएकाे कार्यक्रमकाे उद्घाटन मधेश विश्व विद्यालयका उपकुलपती डा. दिपक शाक्यले गरेका थिए । साे कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्लास्टिक, कागज वा कपडाका टुक्राहरू पुनः प्रयोग गरी नयाँ फेसन डिजाइनका ड्रेस बनाएर आफै लगाएर प्रस्तुत समेत गरेका थिए ।

कार्यक्रममा २० भन्दा बढी विद्यालयलाई सहभागिताकाे लागि आमन्त्रण गरिएपनि ३ विद्यालय मात्र सहभागि भएकाे थियाे । राेयल एकेडेमी, अल्पाइन स्कुल र सालाेम स्कुलका विद्यार्थीहरु मात्र सहभागि भएकाे आयाेजकले जनाएकाे छ । कार्यक्रमकाे अन्तिम समयमा आएर मात्र आफुहरु सहभागि हुन् नसक्ने विद्यालयहरु जानकारी गराएपछि आजाेक संस्थाका सदस्यहरु दु:खित भएका थिए ।

संस्थाकी कार्यक्रम संयाेजक अनामिका तिवारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ओम्यान स्किल सेन्टर वीरगंजकी अध्यक्ष चन्चला दास, पाेखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार राधेश्याम पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

छिट्टै संस्थाले नयाँ परियोजना “इको च्याम्प” पनि सुरु गर्न लागेकाे संस्थाका केन्द्रिय अध्यक्ष आकाश चाैहानले जानकारी दिए । जहाँ विद्यार्थीहरूले वातावरण र फिल्ड कार्यका बारेमा बढी जान्नेछन् । यस परियोजनाले विद्यार्थीहरूको नेतृत्व गुणस्तर वृद्धि गर्नेछ, विभिन्न व्यक्तित्वहरूसँग सम्बन्ध निर्माण गर्ने र विज्ञहरूसँग सिक्ने अवसर प्रदान गर्ने उनले वताए । 

संस्थाले १२ जून २०२४ देखि २५ जून २०२४ सम्म सदस्यता खुला समेत गरेकाे उनले जानकारी गराए । सदस्यताकाे लागि कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र स्नातक स्तरका विद्यार्थीहरूले फारम भर्न सक्नेछन् । फारम संस्थाकाे आधिकारिक फेसबुक पेज “लिभिंग विथ इनभाइरनमेन्ट” मा उपलब्ध रहेकाे संस्थाले जनाएकाे छ ।

पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुको नि:शुल्क उपचार गर्न छलफल

वीरगंज । पर्साको पोखरिया अस्पतालमा मेडिसिटी अस्पताल काठमांडौको सहकार्यमा विभिन्न जटिल समस्याबाट ग्रसित बिरामीहरुको नि:शुल्क उपचार गरिने सम्बन्धमा साेमबार छलफल भएकाे छ ।

पोखरिया अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव र मेडिसिटी अस्पताल काठमांडौको निर्देशक विजय रिमालसंग पोखरिया अस्पतालमा छलफल भएकाे हाे ।

छलफलमा मेडिसिटी अस्पताल निर्देशक रिमालले गाउँमा स्क्रीनिंग गरेका बिरामीको पैसाको अभावमा अल्प आयुमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई सहजीकरण गरी पोखरिया अस्पताल मै जटिल भन्दा जटिल समस्याबाट ग्रसित बिरामीको नि:शुल्क उपचार गर्न आफुहरु तयार रहेकाे वताए ।

पोखरिया अस्पतालको सभा हलमा भयको छलफलमा नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजका प्रशासन प्रमुख विष्णु पटेल, डा विश्वनाथ कण्ठ, भुवन आलम, वडा नम्बर ४ का वडाध्यक्ष लक्षमण साह कानू, पोखरिया अस्पतालका प्रशासन शाखाका लक्ष्मी प्रसाद चौहान, बृजेश द्विवेदी लगायत्तका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

पानीटंकीस्थित माेटरसाइकलकाे पाटपुर्जा राखिएकाे गाेदाममा छापा

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीस्थित एक माेटरसाइकलकाे पाटपुर्जा राखिएकाे गाेदाममा प्रहरीले छापामारी गरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम शाखाका इन्चार्ज प्रहरी निरिक्षक दावा तेन्जीङ शेर्पा नेतृत्वकाे सिबिर ड्रेसकाे प्रहरी टाेलीले पानीटंकीस्थित मुकेश राैनियारकाे घरमा भाडा लिएर अजय गुप्ताले संचालन गरेकाे गाेदाममा छापामारी गरेकाे हाे ।

विशेष सुचनाकाे आधारमा साेमबार दिउसाे पुगेकाे शेर्पा नेतृत्वकाे प्रहरी टाेलीले उक्त गाेदामबाट रु १० लाख बराबरकाे भन्सार छलिकाे माेटरसाइकलकाे विभिन्न पार्टपुर्जाहरु बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

पानीटंकीस्थित नै रहेकाे एक माेटरसाइकल पाटपुर्जा बिक्री गर्ने पसलकाे गाेदाम रहेकाे छ । तर उक्त पसलकाे नाम खुल्न नसकेकाे प्रहरीकाे भनाई छ । गाेदामका संचालक र पसलकाे बारेमा अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक शेर्पाले वताए । 

प्रहरी गाेदाममा पुगेपछि गाेदाम संचालक सम्पर्क विहिन भएका थिए । प्रहरीका अनुसार आफुहरु गाेदाममा पुग्दा माेटरसाइककाे पाटपुर्जा राखिएकाे काेठा खुल्ला थियाे । तर मान्छे काेही थिएन । खाेजतलाश गर्दा पनि काेही सम्पर्कमा आएनन् । 

१६ हप्ते आईपीएम कृषक पाठशाला, कृषक दिवस मनाएर सम्पन्न

वीरगंज । पाल्पाको तिनाउ गाँउपालिकाले संचालन गरेको १६ हप्ते आई.पी.एम. कृषक पाठशाला कार्यक्रमको आइतबार औपचारिक समापनको दिन १२ औ राष्ट्रिय कृषक दिवस मनाएको छ ।

तिनाउ गाँउपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त कार्यक्रम बेरुवा कृषक समुहको आयोजनामा भएको थियो । शिक्षा स्वास्थ्य कृषि उद्योग पर्यटन र पुर्वाधार समृद्ध तिनाउको मुलआधार भन्ने मुल नाराकाे साथ कार्यक्रम सम्पन्न भएकाे तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले वताए ।

शिक्षा स्वास्थ्य कृषि उद्योग पर्यटन र पुर्वाधार समृद्ध तिनाउको मुलआधार आई.पी.एम. कृषक पाठशाला कार्यक्रम संचालनको क्रममा गोलभेडाको र सिमिको बिउ रोप्न जग्गा तयारीदेखि बजार सम्म पुर्याउने क्रियाकलाप बारे प्रयोगात्मक अभ्यास देखि शैधान्तिक कक्षा समेत संचालन गरि १६ हप्ता पाठशाला संचालन भएको बेरुवा कृषक समुहका अध्यक्ष माया तरामीले बताए ।

तिनाउ गाँउपालिकाले कृषि विकासमा मुख्य प्राथमिकताका साथ बिगत जस्तै यो बर्ष पनि योजना अगाडी सारिएको र यस्तै कार्यक्रमको मध्यमबाट कृषकको ज्ञान, शिप, तथा धारणामा परिवर्तन गराई परम्परागत कृषि प्रविधिलाई आधुनिक तथा व्यवसायीक कृषि बिकास गर्न सक्दो पहल गर्ने  तिनाउ गाँउपालिका वार्ड न. ३ का वडाध्यक्ष चित्र बहादुर थापाले बताए ।

तिनाउ गाँउपालिका कृषि विकास शाखा प्रमुख हेमन्त कुमार शर्माका अनुसार यो कार्यक्रम गर्दा २ रोपनी जग्गामा गोलभेडा र तथा सिमि लगाएर सिधै खेतबारीमा प्रयोगात्मक अभ्यासको लागि १ रोपनीमा परम्परागत तरिका जुनमा किसानले गर्दै आएको खेति प्रबिधि र आर्को १ रोपनीमा आधुनिक खेति प्रबिधि अपनाएर तुलनात्मक अध्ययनको मध्यमबाट १६ हप्ते आई.पी.एम. कृषक पाठशाला कार्यक्रम संचालन भएकाे हाे ।

पाठशाला संचालनको क्रममा हामीले कृषि पर्यावरण विश्लेषण गरेर बालीमा देखिएको किराको उपस्थितिलाई केलाएर फाइदाजनक या नोक्सान पहिचान गरेर सोको व्यवस्थापन गर्ने किसानबाट पहिलो निर्णय लिएर छलफलको आधारमा व्यवस्थापन गरिन्थ्यो भने, रोग लागेको सम्भावित क्षेतिको आधारमा मात्र व्यवस्थापन बिधि अपनाउने गरेको शर्माले जानकारी गराए ।

१६ हप्ते आई.पी.एम. कृषक पाठशाला कार्यक्रममा २५ जनाको सहभागी रहेको थिए भने आइतबारकाे कार्यक्रममा बेरुवा गाँउलेको उपस्थिति रहेको थियो । 16 हप्ते आई.पी. एम. कृषक पाठशालाको प्रशिक्षण तथा सहजिकरण कृषि प्रविधिक हेमन्त कुमार शर्मा, बिरेन्द्र प्रसाद साह, किशोर रावल र सन्तोष घर्ती मगरले गर्नु भएको थियो ।

कार्यविधि बनाएर विकास निर्माणमा उपभोक्ता समिति हटाईन्छ : मुख्यमन्त्री सिंह

वीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका छन्  ।

आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा रासससँगको छलफल तथा भेटघाटमा उनले उपभोक्ता समितिबाट हुँदै आएका विकास निर्माणमा व्यापक भ्रष्टाचार हुने गुनासो आएकाले यो प्रणालीलाई कार्यविधि बनाएर बिस्तारै हटाउने बताएका हुन्  ।

उनले मधेस प्रदेश सरकारले आगामी दिनमा साना विकास निर्माणका योजना सञ्चालन नगर्ने जानकारी दिए । उपभोक्ता समितिबाट हुने कामलाई बोलपत्र आह्वान प्रक्रियाबाट सञ्चालन गरी सुशासन कायम गर्नमा जोड दिने उनले बताए ।

नवगठित प्रदेश सरकारले विगतका योजना पूरा गर्ने प्रतिबद्धता गरे । सर्वोच्च अदालतले सांसद विकास कोष खारेजका सम्बन्धमा गरेको निर्णयको सम्मान गर्दै सांसदहरूले आफ्नो संसदीय क्षेत्रमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको खर्च सम्बन्धित मन्त्रालय तथा निकायबाट खर्च गराउने प्रावधान रहेकाले त्यसमा भेदभाव नभएको स्पष्ट पारे ।

मधेस प्रदेश सरकारले संसदीय क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित सांसदले पाँच करोड रुपैयाँ तथा समानुपातिक सांसदले एक करोड ५० लाख रुपैयाँ परिचालन गर्न पाउने निर्णय गरिसकेको छ । प्रदेश सरकारका निकाय तथा कार्यालयमा हुने भ्रष्टाचार र ढिलासुस्ती रोक्न छुट्टै अनुगमन निकाय गठन गरी सुशासनमा जोड दिने उनले उल्लेख गरे ।

उनले चालू आर्थिक वर्ष समाप्तिको समय भएकोले वर्तमान सरकार बजेट, नीति तथा कार्यक्रम बनाउन व्यस्त रहेको बताउँदै मधेस प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि विशेष कृषि प्याकेज ल्याउने जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको जानकी मन्दिरको योजनाबद्ध विकास गरिने उनको भनाइ थियो ।

बाराबाट कारमा लागु औषधकाे तस्करी गर्ने दुई जना पक्राउ, १२२ किलाे गाँजा बरामद

वीरगंज । बारा प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले ८० किलाे लागु औषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेमा जिल्ला चितवन, राप्‍ती नागरपालिकाकाे वडा नं. १० रिकाटार निवासी २५ बर्षिय मान बहादुर वाईवा र जिल्ला मकवानपुर, राक्सीराङ गाउँपालिका ५ निवासी २६ बर्षिय सुमन स्याङताङ रहेका छन् ।

जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित मनहरीबाट पथलैया तर्फ आउदै गरेको बा १० च ३६१९ नम्बरको कार शंकास्पद लागी रोकी चेक जाँच गर्दा कारको पछाडीको डिक्कीमा लुकाई छिपाई राखेको ८० किलाे लागु औषध गाँजा वरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्याैपानेले वताए ।

कार सहित दुबै जनालाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बारा मातहत कै ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी श्रीनगर बैरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले १० किलाे लागु औषध गाँजा बरामद गरेकाे छ ।

प्रवक्ता न्याैपानेका अनुसार सिम्रौनगढ नगरपालिकाकाे वडा नं.१ हनुमान चोक स्थित चेक जाँच गर्ने क्रममा नयकाटोलाबाट भारत तर्फ जादै गरेको बिआर ०५ सि ७०५४ नम्बरको भारतीय हिरोहुण्डा मोटरसाइकल प्रहरीलाई देखि फाली फरार भएका थिए । उक्त मोटरसाइकल शंकास्पद लागी चेक जाँच गर्दा सिट मुनी रातो प्लास्टिकमा बेरी लुकाई छिपाई राखेको १० लागु औषध गाँजा वरामद भएकाे थियाे ।

त्यसपछि उक्त माेटरसाइकलसहित गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बारा मातहत कै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले ३२ किलाे गाँजा बरामद गरेकाे छ । जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित हेटौडाबाट पथलैया तर्फ आउदै गरेको प्र.०३-००२प ५८५४ नम्बरको मोटसाइकलमा लागु औषध गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीलाई देखि फाली फरार भएको उक्त मोटरसाइकल पछाडी बाँधी राखेको झोला चेक जाँच गर्दा १० किलाे लागू औषध गाँजा वरामद भएकाे थियाे । त्यसपछि उक्त मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।