Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

चलचित्रद्वारा पर्यटन विकासको लागि मेयर सिंहलाई पत्रकार संघ पर्साको आग्रह

spot_img
spot_img

वीरगंज । चलचित्र पर्यटन प्रवर्धनकाे सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ ।

शुक्रबार प्रमुख सिंहलाई बुझाइएको पत्रमा चलचित्रको माध्यमबाट वीरगंजका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्न सकिने र यसले स्थानीय पर्यटनलाई प्रत्यक्ष रूपमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ । संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रममा चलचित्रसँग सम्बन्धित कार्यक्रम समावेश गर्न आग्रह गरेको छ ।

पत्रमा वीरगंजका प्रमुख पर्यटकीय स्थलहरूमा सिनेमा संवाद कार्यक्रम, स्थानीय कलाकारलाई प्रोत्साहन, लेखन कार्यशाला लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने प्रस्ताव राखिएको छ । यस्ता कार्यक्रमहरूले सिर्जनात्मक क्षमता विकास गर्ने र स्थानीय प्रतिभालाई उजागर गर्ने विश्वास चलचित्र पत्रकार संघ पर्सका अध्यक्ष सूर्यनारायण विकले व्यक्त गरे ।

अध्यक्ष विकसँगै उपाध्यक्ष आनन्द पटेल, सदस्यद्वय समिना रञ्जितकार र रश्मिराज भण्डारीले मेयर सिंहलाई भेटी पत्र बुझाएका थिए । सो अवसरमा मेयर सिंहले संघको पहललाई स्वागत गर्दै वीरगंजलाई कला, संस्कृति र पर्यटनको संगमस्थल बनाउन महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संघले प्रस्तुत गरेको पत्रमा लेखन, संवाद, निर्देशन, दृश्य–श्रव्य तालिम तथा स्थानीयस्तरका चलचित्र गतिविधिहरू सञ्चालन गर्ने योजना उल्लेख गरिएको छ । संघको पहलले वीरगंजलाई कला, संस्कृति र पर्यटनको समृद्ध गन्तव्य बनाउने महानगरको योजनालाई सहयोग पुर्‍याउने मेयर सिंहको विश्वास छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...