Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

नेशनल मेडिकल कलेजमा स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजमा आज बिरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कलेजको नेतृत्वमा नेपाल सरकारले मान्यता दिएको विभिन्न स्वास्थ्य सेवा कार्यक्रमहरूको जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी रहनुभएको थियो। उहाँले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिकका लागि औषधि उपचार, क्षयरोग (टीबी) नियन्त्रण कार्यक्रम, खोप सेवा तथा कर्मचारी सञ्चय कोष सेवाजस्ता सुविधाहरूको बारेमा जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य चौकी प्रमुखहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराए पनि धेरै नागरिकहरूले यसबारे पर्याप्त जानकारी नपाएर लाभ लिन सकेका छैनन्। त्यसैले तपाईँहरू आफ्ना वडामा यस्ता कार्यक्रमको जानकारी विस्तार गर्नुहोस्।”

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ अस्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि अंसारीले मधेश प्रदेशका आठ जिल्लामा समेत यस्तै अन्तरक्रिया कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।

यस अन्तरक्रियाले स्वास्थ्य चौकी प्रमुखहरूलाई आफ्नो वडामा जनचेतना अभिवृद्धि गर्ने र नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउने दिशामा प्रेरित गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...