Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पोखरियामा दुई करोड ८० लाखको लागतमा सडक र नाला निर्माण सुरु, मेयर चौहानद्वारा सिलान्यास

spot_img
spot_img

पोखरिया । पर्साकाे पोखरिया नगरपालिकाकाे वडा नं. ५ सतवरियामा मेयर प्रदुमन प्रसाद चौहान र उपमेयर रुवी कुमारी ठाकुरले संयुक्त रूपमा २ करोड ८० लाख रुपैयाँ लागतमा सडक तथा नाला निर्माणको शिलान्यास गरेका छन् ।

निर्माण कार्य अन्तर्गत कमल मुखियाको घरदेखि नहरसम्म कालोपत्र, लक्ष्मण सिंह ख्वासको घरदेखि राधाकृष्ण मन्दिरसम्म कालोपत्र, दलित बस्ती नजिक रहेको मस्जिददेखि स्ल्याब कलभर्टसम्म र मन्सुर मियाको घरदेखि नहरसम्म ग्राभेलसहितको ढलान गरिनेछ। योजना अन्तर्गत एक हजार ३ मिटर लम्बाइ र ६ मिटर चौडाइको सडक तथा ३९४ मिटर नालाको निर्माण गरिनेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर चौहानले निर्माण कार्य स्टिमेटअनुसार गुणस्तरीय र समयमा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छन् । साथै, काममा लापरवाही भए कडा कारबाही हुने चेतावनी दिएका उनले स्थानीयहरूलाई समेत निगरानीमा सहयोग गर्न आग्रह गरे ।

वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, इन्जिनियर सुमित प्रसाद यादव, अखिलेश प्रसाद चौरसिया, ज्ञानेन्द्र यादव, हृदयलाल साह लगायतकाे उपस्थिति रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...