Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

सरकारको बजेट वितरणमा चरम असमानता, देश चोरतन्त्रमा चलेको छ: आजपा अध्यक्ष प्रभु साह

spot_img
spot_img

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले बजेट वितरणमा चरम असमानता देखाएको आरोप लगाउँदै प्रतिनिधिसभामा तीव्र आलोचना गरेका छन्।

बिहीबार संसदमा बोल्दै उनले सत्ता पक्षका नेताहरूको क्षेत्रमा मात्रै बजेट खन्याइएकामा आक्रोश व्यक्त गरे। “नेताजीहरूको क्षेत्रमा पूरै बजेट खन्याइयो, बाँकी सांसदहरू हेरेको हेर्यैजस्तो भयो,” साहले भने, “जनताले तिरेको कर नेताहरूको भुँडी भर्ने कामका लागि हो?”

उनले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट १६५ वटै निर्वाचन क्षेत्रमा समान रूपमा बाँडिएको भए करिब ११ अर्ब ९० करोड रुपैयाँ पर्थ्यो भन्दै अहिलेको बजेट वितरण अन्यायपूर्ण र जनविरोधी भएको बताए।

साहले सत्ता सञ्चालनमा रहेका नेताहरूलाई “चोर” को संज्ञा दिँदै देशलाई चोरतन्त्रबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। “नेता बन्नु भनेको नेपाल बेच्न हो कि चलाउन भन्ने प्रश्न अहिले उठिरहेको छ,” उनले भने।

उनले कर आतंक, व्यवसायीको समस्याहरू, जल-जंगल र नदीनालामा भइरहेको लुटतन्त्रको पनि उल्लेख गर्दै सरकार जनताको पक्षमा नभई आफ्ना नजिकका व्यक्तिहरूको स्वार्थमा चलिरहेको आरोप लगाए।

साहले सभामुखसँग संसदको गरिमालाई कायम राख्न र यस्ता असमानताका विषयमा गम्भीर ध्यान दिन आग्रह गरे। “कुशल नेतृत्व भयो भने बेइमानी हुँदैन, चोरहरूको हातबाट देशलाई मुक्त गराउन जरुरी छ,” उनले भने।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...