Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पोखरियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नायब सुब्बा अख्तियारकाे नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरीया नगरपालिका तत्कालिन हालका बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतलाई अख्तियारले अनुसन्धान गर्न नियन्त्रणमा लिएकाे छ ।

पाेखरिया नगरपालिकाका योजनाको स्वीकृति तथा कर्मचारी नियुक्तिमा अनियमितता र भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालकाे टाेलीले पाेखरियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको हाे ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १२ स्थित प्रतिमा चोकबाट अधिकृत श्रीवास्तवलाई र वीरगंज कै वडा नं. ३ प्रगतिनगरबाट नायब सुब्बा साहलाई मोबाइल फोनसहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

त्यस्तै, हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र वडा नं. २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट समेत दुई थान मोबाइल नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रवक्ता थपलियाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...