Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 288

खानेपानी मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के अनुगमन

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले दसैँ बिदापछि सरकारी कार्यालय खुलेको दोस्रो दिन आकस्मिक रूपमा खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागमा छड्के अनुगमन गर्नुभएको छ ।

दसैँपछि पनि कर्मचारीहरूको कार्यालय उपस्थितिमा समस्या देखिएको गुनासो आएपछि मन्त्री यादवले कार्यालय अनुशासन र कार्यसम्पादन सुधार्न एकै चोटि मन्त्रालयका सबै शाखासहित खानेपानी तथा ढल व्यवस्थापन विभागको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल व्यवस्थापन विभागमा २ जना गरी जम्मा १३ जना कर्मचारी बिना सूचना अनुपस्थित भेटिएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो । सो क्रममा मन्त्रालय र विभागका १३ जना कर्मचारी अनुपस्थित देखिए, उनीहरूको अनुपस्थितिको कारण बुझेर आवश्यक कारबाही अगाडि बढाइनेछ ।”

अनुगमनपछि मन्त्री यादवले कर्मचारीहरूसँग व्यक्तिगत रूपमा भेटेर उपस्थितिको नियमितता र जिम्मेवारीप्रतिको प्रतिबद्धता कडाइका साथ पालना गर्न निर्देशन पनि दिनुभयो । “कार्यालयको प्रभावकारिता कर्मचारीहरूको समयमै उपस्थिति र इमानदार सेवा भावमा भर पर्छ । सरकारी सेवामा अनुशासन कायम गर्न सबैले समय र जिम्मेवारीप्रति गम्भीर बन्नु जरुरी छ,” उहाँले भन्नुभयो ।

कार्यालयमा अनुपस्थित कर्मचारीहरूमाथि कारण देखाऊ पत्र जारी गर्दै आवश्यक स्पष्टीकरण मागिने भएको छ । अनुपस्थितिको ठोस कारण बिना पुनः गैर हाजिर हुनेहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी समेत मन्त्रीले दिनुभएको छ ।

मन्त्री यादवले अनुगमनका क्रममा कार्यालयमा उपस्थित कर्मचारीहरूसँग कामको प्रकृति, कठिनाइ, र सेवा प्रवाहमा भोग्नुपर्ने समस्या बारे विस्तृत छलफल पनि गर्नुभएको थियो । उहाँले भन्नुभयो, “यदि कामको क्रममा कुनै अवरोध वा समस्या देखिएमा तत्काल मलाई जानकारी दिनुहोस् ।” कर्मचारीहरूलाई खुला संवाद र समन्वयको वातावरण बनाउन आग्रह गर्दै समस्या समाधानका लागि मन्त्रालय तयार रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री यादवका अनुसार, छड्के अनुगमनको उद्देश्य कार्यालयमा अनुशासन कायम राख्दै सेवा प्रवाह सुधार गर्नु हो । उहाँले यस्ता निरीक्षणलाई नियमित रूपले अघि बढाउने र कार्यालयहरूको कार्यसम्पादनमा शिथिलता आउन नदिन थप कडाइ गरिने बताउनुभयो । “सरकारी कार्यालयको ढिलासुस्ती अन्त्य गर्दै जनताप्रति जबाफदेहिता अभिवृद्धि गर्न निरन्तर निगरानी राख्नेछौँ,” उहाँले थप्नुभयो ।

मन्त्री यादवको छड्के अनुगमनले सरकारी कार्यालयमा अनुशासन र जिम्मेवारी बोध बढाउने विश्वास गरिएको छ । मन्त्रीको निर्देशनअनुसार सेवा प्रवाहमा व्यवधान पुर्‍याउने वा नियमित उपस्थितिमा लापरबाही गर्ने कर्मचारीमाथि कारबाही गर्ने तयारी समेत भइरहेको छ । आगामी दिनमा यस्ता निरीक्षणले सरकारी कार्यालयहरूको कार्यसम्पादनमा सुधार ल्याउनुका साथै जनताको विश्वास बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

माेटरसाइकल चाेरीकाे अभियोगमा ३ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले माेटरसाइकल चाेरीकाे अभियाेगमा ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ९ निवासी २१ बर्षिय सिद्धार्थ चाैधरी, पर्सागढी कै वडा नं. ८ निवासी २४ बर्षिय बिशाल दास थारु र वडा नं. २ निवासी ३० बर्षिय पृतम कुमार महताे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भदाै २८ गते साेमबार ५ वटा चाेरीकाे माेटरसाइकल सहित तिनै जनालाई पक्राउ गरेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय पर्साले दिएकाे जानकारी अनुसार भदाै २५ गते सांझ ७ बजेकाे समयमा सखुवाप्रसौनी गाउँपालिका वडा नं.१ सतोवल निवासी शिवदत्त दास थारूको नाममा दर्ता रहेको ना.५१ प ७४३५ नम्बरको यामाहा कम्पनी १५० सि.सि.को एफजेड मोटरसाईकल निजले आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चाेरी हुन्छ ।

उक्त मोटरसाइकल खोज तलासको लागि शिवदत्तले जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा निवेदन दिएपछि खटिएको संयुक्त प्रहरी टोलीले भदाै २८ गते सांझ ५ बजेको समयमा पर्साकाे पर्सागढी नगरपालिका वडा नं.९ कोइलाभार स्थितबाट सिदार्थले चलाइरहेको अवस्थामा उक्त माेटरसाइकल फेला पार्न सफल हुन्छन् ।

प्रारम्भिक सोधपुछ गर्दा चोरीमा सलंग्न अन्य दुई जना र अन्य ४ थान मोटरसाइकल सहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक भारतीले वताए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि निजहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको प्रवक्ता भारतीले जानकारी दिए ।

वीरगंज स्थित दशगज्जा क्षेत्रमा एसएसबीले गाेली चलायाे

वीरगंज । नेपाल भारतको मुख्य प्रवेशद्वारा वीरगंज रक्सौल नाका स्थित दशगज्जा क्षेत्रमा मंगलबार दिउँसो गोली चलेको छ । वीरगंज रक्सौल नाकाको मित्तेरी पुलदेखि २० मिटर उत्तर नेपाली भूमिमा आएर भारतीय एसएसबीले गोली चलाएको स्थानीयहरुले बताएका छन् । भारतीय भूमिबाट चारजना व्यक्तिलाई लखेट्दै आएको भारतीय एस.एस.बी.ले नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको स्थानीय प्रत्यक्षदर्शीहरुको भनाई छ ।

भारत तर्फबाट नेपाल तर्फ ठेलामा केही सामान लिएर आईरहेका दुई महिला दुई पुरुषलाई भारतीय एसएसबीले लखेट्दै शंकराचार्य गेट स्थित नेपाली भूमिमा प्रवेश गरेर भुइँमा गोली चलाएको बताइएको छ । कबाड संकलन गर्ने ति चारैजना महिला तथा पुरुषलाई भारतीय सीमावर्ती गाउँ अहरिवा टोलाबाट एसएसबीका एकजना जवानले लखेट्दै लखेट्दै नेपाली भूमिमा प्रवेश गरि गोली चलाएका प्रत्यक्षदर्शीको भनाई छ । एसएसबीले चलाएको गोली भने कसैलाई लागेको छैन ।

एसएसबीले गोली चलाएपछि कबाडीहरू नेपालतर्फ भागेका थिए । कबाड संकलन गर्ने ति कबाडीहरु नेपालका हुन् अथवा भारतका खुल्न सकेको छैन भने एसएसबीले गोली चलाउनुको कारण पनि हालसम्म खुल्न सकेको छैन । गोली चलेको घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गोली नै चलेको भनेर पुष्टि नभएको बताए । उनले भने ‘घटनास्थलबाट एउटा गोलीको खोका भेटिएको छ, तर गोली नै चलाइएको छ भनेर पुष्टि भएको छैन, अनुसन्धान भइरहेको छ’ । उनका अनुसार नेपाल-भारत सीमास्थित मितेरी पुलको छेउमा रहेको नेपाली भू-भागमा ‘इन्सास राइफल’मा लाग्ने एउटा गोलीको खोका भेटिएको बताए ।

घटना भएपछि तत्कालै जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय १३ नम्बर गणका प्रतिनिधि सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो तर गोली चलेको ६ घण्टासम्म पनि के कारणले गोली चलाइएको छ भने खुल्न सकेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले घटनाबारे छलफल चलिरहेको बताए । उनले भने ‘यही घटनाको विषयमा हामी छलफलमा छौं, अहिले तत्कालै केही भन्न सकिँदैन’ । साँझ करिब ६ बजेसम्म पनि गोली के कारणले चलेको भनेर पुष्टि हुन सकेको छैन ।

बुवालाई षडयन्त्रपूर्वक फसाइएकाे छ, निष्पक्ष छानविन हाेस् : अध्यक्ष गुप्ता

विरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ट कुमार गुप्ताले आफ्नो बुवा सुरेश कलवारलाई षडयन्त्र गरेर फसाइएको आरोप लगाएका छन् । उनले पर्सा प्रहरीलाई घटनाको निष्पक्ष रुपमा अनुसन्धानकाे लागि आग्रह समेत गरेका छन् ।

पर्सा प्रहरीले वशिष्टका बुबालाई ४३३ ग्राम अफिम राखेको अभियोगमा गिरफ्तार गरेको छ । प्रहरीले वीरगंज १० आदर्शनगरस्थित उनको घरको कम्पाउन्डमा राखिएको मोटरसाइकलको हेड माथि लुङ्गीको टुक्राले बेरिएर अफिम राखेको अवस्थामा बरामद गरेपछि अनुसन्धानको लागि सुरेश कलवारलाई हिरासतमा राखेको छ ।

उनले बुवा घरमा एकलै सुतेकाे बेला घटना सुनियोजित ढङ्गले घटाइएको बताए । राजनीतिक प्रतिसाेध साध्न घटनाकाे डिजाइन गरिएकाे हुन सक्ने उनले वताए । घटनाकाे प्रकृति हेर्दा पनि संकास्पद देखिन्छ ।

श्रोतका अनुसार राष्ट्रिय अनुसन्धान मार्फत १६ किलो अफिमको खेप भारत तर्फ निर्यात गर्न लागिएको सूचना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुषाल मार्फत प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल समक्ष षड्यन्त्रकारीहरु पुर्याउन सफल हुन्छन । सूचना पाए लगत्तै एसपी ढुंगेल दलबल सहित छापा मार्दा ‘खोदा पहाड निकला चुहा’ वाला हाल हुन्छ ।

घटना संकास्पद रहेकाे र सुनियोजित ढङ्गले घटाइएको हुनसक्ने भएता पनि ‘दुधको दुध पानीको पानी’ छुट्याउने तवरमा अनुसन्धान अगाडी बढाइएको एसपी ढुंगेलले बताए ।

सामान बरामद भए कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ तर गणतान्त्रिक नेपाल सबैको हो सय जाना अपराधी छुटुन तर एक जना निरपराध नफसोस् भन्ने हिसाबले अनुसन्धान गर्न आफूले निर्देशन दिएको प्रजिअ भुषालले बताए ।

सई सुभाष यादव उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट सम्मानित

वीरगंज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सुभाष यादव पुरष्कृत भएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा सई यादव उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता प्रहरी पुरस्कारबाट सम्मानित भएका हुन् ।

प्रहरी दिवसकाे अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंमा आयाेजित कार्यक्रममा प्रहरी महानिरीक्षक  बसन्त बहादुर कुँवरले सई यादवलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा सम्मान गरे । यादवलाई दिइने सम्मानपत्रमा राष्ट्र र नागरिकको सेवामा समर्पित सत्य सेवा सुरक्षणमको आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरीको जिम्मेवारी भित्र पर्ने महिला बालबालिका सम्बन्धी अपराधको वस्तुनिष्ट, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान यादवले गरेको जनाइएको छ । 

उनले भारतिय सुरक्षाकर्मीहरु संग समन्यव गरि १५ जना बालिका उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको, घरेलु हिंसा सत प्रतिशत र बालबालिका हराएको तथा ठाडो उजुरीको बिषयमा लैंगिक सम्बेदनशिल रही कार्य सम्झौताको लक्ष्य अनुसार कार्य सम्पादन गरेको, १२ बर्ष बालिकालाई यौन दुरुपयोग गर्ने मुद्दाको प्रतिबादीलाई दाखिला गरेको, १५ बर्षकी बालिकाको ज.ज.क.को प्रतिबादी दाखिला गरेको, अपहरण तथा शरीर बन्धकका प्रतिबादी पक्राउ गरि दाखिला लगायतकाे उत्कृष्ट काम गरेका छन् ।

यसैगरी श्रीमतिलाई हसियाले घाटि रेटेको र छोरीलाई दबिया टाउकोमा हानेकोलाई पक्राउ गरि दाखिला गरेको, पूर्व मा. रामचन्द्र रायको हत्याको अनुसन्धानमा सुचना संकलन गरेको र प्रतिबादि पक्राउ गरि दाखिला गरेको साथै हत्याको छानबिन तथा अनुसन्धान समितिमा रहि कार्य गरेका पहरी हुन् ।

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

वीरगंज । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोलामा आयाेजित श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि भारत बिहारकाे प्रिन्स ११ सेढवाले जितेकाे छ ।

आइतबार भएको फाइनल खेलमा पर्साकाे जगरनाथपुर गाँउपालिकाकाे जानकीटाेला क्रिकेट टिमलाई १ विकेटले स्तब्ध पार्दै प्रिन्स-११ सेढवाले उपाधि चुमेकाे हाे।जानकीटाेलाले दिएकाे १३६ रनकाे लक्ष्य प्रिन्स-११ सेढवाले १९.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्याे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जानकीटाेलाले निर्धारित २० ओभरमा १३५ रन बनाएकाे थियाे।

प्रतियोगिताको समापन समाराेहमा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले उपाधि विजेता टिम प्रिन्स-११ लाई ट्रफी र मेडलसहित नगद २० हजार रुपैयाँ प्रदान गरे ।उपविजेता जानकीटाेलाले नगद १० हजार रुपैयाँ प्राप्त गर्याे।

श्रीदेवी माई युवा समाजले असाेज २१ गतेदेखि आयोजना गरेको क्रिकेट प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टिमले भाग लिएका थिए ।

जगरनाथपुर गाँउपालिकाका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको समापन समाराेहमा वडाध्यक्ष नेपाली कुशवाहाा, सशस्त्र प्रहरी नायब उपरीक्षक रिबाज ढकाल,गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय लगायतकोपनि सहहभागीता रहेको नेपाली कांग्रेसका युवा नेता मन्जय गिरीले जानकारी दिए ।

बडा दशैंकाे अवसरमा वीरगंजमा डान्डिया उत्सव सम्पन्न

वीरगंज । प्रकाश डान्स एण्ड फिटनेस स्टुडियाे वीरगंजकाे आयाेजनामा शनिबार वीरगंजमा डान्डिया उत्सव भव्य रुपमा सम्पन्न भएकाे छ । 

बडा दशैं, शुभ दिवावली र छठ पर्वकाे अवसरमा नगर सभा गृह वीरगंजमा भएकाे डान्डिया उत्सवमा डान्डिया डान्स प्रतियाेगिता पनि सम्पन्न भएकाे छ । पांच ग्रपुमा भएकाे डान्डिया डान्स प्रतियाेगिताका विजेताहरुलाई ट्रफी र प्रमाण पत्र समेत प्रदान गरिएकाे थियाे ।

प्रतियाेगितामा ग्रुप “ए” मा सलाेनी श्रीवास्तव प्रथम, अभंगलेनिया गुप्ता द्वितिय र आस्था बर्णवाल तृतिय भएका हुन् । यसैगरी ग्रुप “बि” मा इशा शर्मा प्रथम, नाभया खेतान द्वितिय र खुशी शर्मा तृतिय भएका हुन् ।

यसैगरी ग्रुप “सि” मा पलक अग्रवाल प्रथम, सुमेधा खण्डेवाल द्वितिय, सान्भी साह तृतिय, “डि” ग्रुपमा त्रिश्ता अग्रवाल प्रथम, आन्या सिंह द्वितिय, मिठी तिवारी तृतिय र ग्रुप “इ” मा घिरित अग्रवाल प्रथम, आदया कर्ण द्वितिय र आशुताेष कर्ण तृतिय भएका हुन् ।

प्रकाश डान्स एण्ड फिटनेस स्टुडियाेका संचालक प्रकाश कर्णकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिवन ज्याेति स्कुलकी संचालक मिनाक्क्षी गुप्ता, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैलागाई, लिटल बडी प्रि स्कुलका संचालक एवम् प्रिन्सपल विजय बाल, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, प्रकाश डान्स एण्ड फिटनेस स्टुडियाेकी सिइयाे सलाेनी राैनियार, नविन कार्की, रबिन्द्र सिंह, अमित सर्राफ, दिपु बर्णवाल, प्रकाश खेतान, आनन्द तिवारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

डान्स प्रतियाेगितामा राजेन्द्र साही, भारती लामा, काजल अग्रवालले निर्णायक मण्डलकाे भुमिका निर्वाह गरेका थिए भने कार्यक्रमकाे संचालन शिवम साह र मानसी नेपालीले गरेका थिए ।    

 

भेडाहा खोलाको अनियन्त्रित बहाव रोक्न याेजनाकाे लागि पहल गर्ने मन्त्री यादवको प्रतिबद्धता

वीरगञ्ज । सङ्घीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शनिवार वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोलाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाले भेडाहा खोलामा बाढी आएपछि खोलाले आसपासका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्‍याए पश्चात् मन्त्री यादवले शनिवार बाढी प्रभावित क्षेत्रमै पुगेर स्थलगत निरीक्षण गर्नुभएको हो ।

भेडाहा खोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर क्षेत्र र आसपासका बस्तीहरूमा खेत कटान गर्दै ठूलो आर्थिक र भौतिक क्षति पुर्‍याएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले स्थानीयसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूको समस्या पनि सुन्नुभयो । स्थानीय बासिन्दाले वर्षौँदेखि यो खोलाले कटान र बाढीको जोखिम पुर्‍याउँदै आएको गुनासो गर्नुभयो । उहाँहरूले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माण र खोलाको बहाव नियन्त्रण गर्न सरकारसँग आग्रह समेत गर्नुभयो ।

छलफलको क्रममा मन्त्री पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले आफू जनताको सुख–दुःखमा साथ रहँदै आएको र पीडित परिवारको राहत व्यवस्थाका लागि सङ्घीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्र मेरो निर्वाचन क्षेत्र भएकाले म यहाँका समस्याहरूलाई गम्भीरताका साथ लिन्छु । दीर्घकालीन समाधानका लागि म व्यक्तिगत रूपमा सरकारसँग पहल गर्छु ।”

उहाँले भेडाहा खोलाको अनियन्त्रित बहाव रोक्न तटबन्ध र अन्य पूर्वाधार निर्माणका लागि विशेष योजना ल्याउन आफूले प्रयास गर्ने वाचा समेत गर्नुभयो ।

स्थलगत निरीक्षणमा मन्त्री यादवसँगै पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी पनि सहभागी हुनुहुन्थ्यो । अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।

मन्त्री यादवले बाढी पीडितहरूको तत्काल राहतको व्यवस्था सुनिश्चित गर्ने र भविष्यमा यस्ता प्राकृतिक प्रकोपको पुनरावृत्ति रोक्नका लागि दीर्घकालीन योजना बनाउने तयारीमा रहेको बताउनुभयो । साथै, उहाँले संवेदनशील क्षेत्रहरूको नक्साङ्कन गरी बाढी नियन्त्रणका प्रभावकारी उपायहरू अवलम्बन गर्न प्राविधिक विशेषज्ञहरूसँग परामर्श गर्ने आश्वासन पनि दिनुभयो ।

स्थलगत निरीक्षणपछि स्थानीय बासिन्दाले मन्त्री यादवप्रति आभार प्रकट गर्दै खोलाबाट हुने क्षतिको समाधानका लागि ठोस कदम चालिने अपेक्षा व्यक्त गर्नुभयो ।

बिरन्चीबर्वामा ५० लाखकाे लागतमा नवनिर्मित स्वास्थ्य चाैकी भवनको उद्घाटन

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीबर्वामा नवनिर्मित स्वास्थ्य चाैकी भवनको उदघाटन गरिएकाे छ । रु ५० लाखकाे लागतमा निर्माण भएकाे भवनकाे एक कार्यक्रमका बिचम पूर्व मन्त्री एवम् प्रदेश सांसद सिंगासन साह कलवारले उदघाटन गरेका हुन् । 

उदघाटन समारोहलाई सम्बाेधन गर्दै सांसद कलवारले नवनिर्मित भवनले स्वास्थ्य संस्थाकाे सेवा प्रवाहमा सहज हुने वताए । साथै यस स्वास्थ संस्थाबाट बिरन्चीबर्वा सहित छिमेकी पालिकाका सर्वसाधारणको उपचारमा थप सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

उनले आफु मेधश प्रदेशको मन्त्री भएको समयमा पहल गरेर बिरन्चीवर्वाकाे स्वास्थ्य संस्थाकाे २ तल्ले भवनको लागि रकम बिनियोजन गर्न लगाएकाे बताए ।

आर्थिक बर्ष २०७९।०८० को बजेटबाट प्रदेशबाट रु २५ लाख र केन्द्रबाट रु २५ लाख गरी ५० लाखको बजेटबाट भवन निमार्ण भएको गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले वताए । उनका अनुसार २ तल्ले भवनमा २ वटा तल्ल र माथी २ वटा माथी ४ वटा कोठा भवन निर्माण भएकाे हाे ।

स्वास्थ्य चाैकीकाे नयाँ भवन निर्माणले उपचार गराउन आउने रोगीलाई भर्ना गर्न सहज हुने वडाध्यक्ष जयनारायण प्रसाद कुर्मीले वताए । उनले बिरामीलाई अस्पतालमा राख्नु पर्ने अवस्था ७ जनालाई राख्न सक्ने सम्म बेडकाे सुविधा रहेकाे वताए ।

वडाध्यक्ष कुर्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष गुप्ता, कार्यपालिका सदस्य हरिओम साह कलवार, दिब्य विकास स्राेत केन्द्रका बिरन्चीबर्वाका कार्यकारी निर्देशक रामाकान्त पटेल, बृजकिशोर चौहान, पालिकाका जनप्रतिनिधीहरु एवम् स्वास्थ्यकर्मीहरुकाे उपस्थिती रहेकाे थियाे ।

कालिकामाईमा बिरन्चीबर्वा मेला सुरु, धाेबिनी चरा उडाएर उद्घाटन