Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Home Blog Page 255

वीरगंजकाे गोल्डकपको उपाधीकाे लागि आज पुलिस क्लब र मच्छिन्द्र भिड्दै

वीरगंज । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा पुगेका दुबै टिमले उपाधी उचाल्ने दाबि गरेका छन । प्रतियाेगिताकाे फाईनलमा पुगेका नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबले उपाधीकाे लागि आज भिड्दै छन् । दुबै टिमले यसबर्षको उपाधी उचाल्ने दाबि गरेका छन् ।

मधेश प्रदेश कै ठुलो धनराशीको रुपमा रहेको वीरगंज गोल्डकपलाई उचाल्ने गरी आन्तरिक रुपमा तयारी भएको उनीहरुको दाबि छ । शुक्रबार भएकाे पत्रकार सम्मेलनमा नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले पहिलो वीरगंज गोल्डकपको उपाधी पुलिसले नै उचालेको स्मरण गर्दै यसबर्ष पनि उचाल्ने ठोकुवा गरे ।

उनले पुलिस क्लबको रणनितिक खेल भएका कारण विपक्षी टिम माथी पुलिसका खेलाडी सधै नै हाबि हुने जिकिर गरे । यस्तै नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले पनि पहिलो संस्करणको उपाधी उचालेकाले यसबर्ष पनि आफुहरुले नै उचाल्ने बताए ।

मच्छिन्द्र फुटबल क्लबका म्यानेजर सिरिस श्रेष्ठले पहिलो पटक वीरगंज गोल्डकपको फाईनलमा पुगेकाले यसबर्षको उपाधी आफुहरुले उचाल्ने दावि गरे । यसबर्ष मच्छिन्द्र फुटबल क्लबको उपाधी उचाल्ने बर्ष भएकाले यसबर्षको लगातार तेस्रो उपाधी उचाल्ने ठोकुवा गरे ।

मच्छिन्द्र फुटबल क्लबका कप्तान बिशाल श्रेष्ठले वीरगंज गोल्डकपको उपाधी मच्छिन्द्र फुटबल क्लबले जित्ने गरी तयारी गरीएको सुनाए । उनले मच्छिन्द्र फुटबल क्लबका खेलाडीहरु नियमित रुपमा अभ्यासरत भएका कारण वीरगंजमा पनि आफ्नो ईतिहास रच्ने बताए ।

प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

जगरनाथपुर गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको भव्य कार्यक्रमका बीच वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तेयाज आलमले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा गाउँपालिकाका सबै सामुदायिक विद्यालयका छात्र तथा छात्राहरूको सहभागिता रहेको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिका वडा नं. ५ स्थित मधुवाहा खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिकाका उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली कुशवाहा, शिक्षा शाखा प्रमुख अशोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, लेखा शाखा प्रमुख सन्देश कुशवाहा लगायत विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तेयाज आलमले खेलले शारीरिक विकासमा योगदान पुर्‍याउने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेकाे उप प्रमुख आलमले खेललाई हारजितको दृष्टिले मात्र हेर्न नहुने उल्लेख गर्दै यसको सकारात्मक पक्षलाई आत्मसात गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले खेल अनुशासित र मर्यादित हुनुपर्ने बताउँदै यसले विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतियोगितामा दौड, हाईजम्प, लङजम्प लगायतका खेलहरू हुने गाउँपालिकाले जनाएको छ । प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका विद्यार्थीहरूलाई अलग-अलग समूहमा खेलाइने व्यवस्था गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। 

कार्यक्रमको उदघाटन सत्रमा बिभिन्न बिद्यालयका छात्र छात्रहरुले नृत्य तथा झाकीहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रमकाे संचालन शिक्षक रुपनारायण साहले गरेका थिए ।

शुभ दिपावली बचतकाे कार्यालय स्तान्तरण

नेपाल पुलिस क्लब वीरगंज गोल्डकपको फाईनलमा प्रबेश

वीरगंज । साविक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगंज युनाईटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको हो ।

आर्दशनगर रंगशालामा जारी खेलमा खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुबै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो । टाईब्रेकरमा पुलिसका लागी उज्जवल राई, रामचन्द्र वाजी, संजीव लामा, अमित टामाटा, विवेक पाण्डेले हानेका थिए । जसमा राईले पोल बाहिर र लामाले हानेको बल किपरले रोकेका थिए ।

त्यसपछि सडेनडेथमा पुलिसका शिशिर चौधरी, निरज खड्का, प्रज्जवल चौधरी र सुनिल तामाङ्गले गोल गरेका थिए । टाईब्रेकरमा वीरगंज आशा गुरुङ्ग, सनतबहादुर गुरुङ्ग, सिशस थापा, बल्टोर र कृपाकान्त चौधरीले हानेका थिए । जसमा सन्तबहादुरले हानेको बल किपरले रोके भने बल्टोरले हानेको बल पोलमा लडेको थियो ।

त्यसपश्चात सडेनडेथमा वीरगंज अजित चौधरी, ब्रिकम ठाकुर, प्रमजय चौधरी र विवेक चौधरीले हानेका थिए । जसमा विवेकले पोष्ट बाहिर हानेको हुन । खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा घोषित भएका थिए ।
उनले नगद १० हजार र शिल्ड पनि पाएका थिए ।

बिहिबार हुने दोस्रो सेमिफाईनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सहलेस फुटबल क्लब सिरहा भिड्ने छन । मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।

हरवा चरवाको न्यायिक पुनरस्थापनाको माग राखी प्रदेशका विभिन्न पालिकालाई ज्ञापन

0

वीरगंज । मधेस प्रदेशका मुक्त हरवा चरवाका विभिन्न स्थानीय पालिका कमिटीहरुले न्यायिक पुनरस्थापनाको माग राखी पालिकाहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।

“मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।” भन्ने मुल नाराका साथ मधेस प्रदेशमा शुरु भएको जागरण अभियान अन्तरगत पर्साको पकहामैनपुर , बाराको करैयामाइ , रौतहटको बृन्दाबान र सिरहाको औरही पालिकाहरुमा ज्ञयापन पत्र बुझएको हो ।

पर्साको पकहाँ मैनपुरमा मुक्त हरवा चरवा कमिटीको केन्द्रिय सदस्य खुबलाल रामको नेतृत्वमा गएको टोलिले प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहलाई ज्ञापनपत्र बुझाउदै संघ र प्रदेश सरकारसंगको समनवयमा स्थानीय सरकारद्धारा मुक्त हरवाचरवाको वास्तविक तथ्याँक संकलन गरी उनीहरूलाई बर्गिकृत परिचय पत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्नु पर्ने र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने माग गरेको छ ।

प्रेषित ज्ञयापन पत्रमा आगामी अर्थिक बर्षको निति, कार्यक्रम र बजेटमा हरवाचरवाको पक्षमा निति,कार्यक्रम र बजेट बिनियोजन गरिनुपर्ने र हरवाचरवाको पहिचान,परिचयपत्र र पुनःस्थापनाका लागी स्थानिय तहबाट कार्यबिधि निर्माण गरिनुपर्ने लगायतका मागहरु गरिएको कमिटीका जिल्ला अध्यक्ष अमरदेव पासवानले बताए ।

त्यस्तै बाराको करैयामाइमा झगरु पासवान, रौतहटको बृन्दाबनमा दसरथ राम र सिरहाको औरहिमा श्यामसुन्दर सदाको अगुवाइमा ज्ञयापन पत्र बुझाइएको रौतहट जिल्ला सहजकर्ता सुबासहेब पासवानले बताए ।

चर्च ब्वाइजलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा

वीरगंज । वीरगंज जारी दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीतामा एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाईनलमा स्थान सुरक्षीत गरेको छ ।

आर्दशनगर खेल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले २–१ गोलअन्तरले एपिआई चर्च ब्वाइज युनाइटेडलाई हराएर सेमिफाईनमा स्थान सुरक्षीत बनाएको हो । खेलको ५४ औ मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले पहिलो गोल गरे ।

खेलको ७६ औ मिनेटमा एपिआई चर्च ब्वाइज युनाइटेडका कप्तान डिका सेर्गेले गोल गरे । खेलमा दुबै टिम जितको दाउमा रहेपनि खेलको निर्धारित समयमा थप अतिरितm ५ मिनेट थपिएको थियो । त्यही सयमलाई सदुपयोग गर्दै अन्तिम मिनेटमा मच्छिन्द्र फुटबल क्लबका कप्तान रेजीन सुब्बाले आफ्नो दोस्रो गरेर टिमलाई जिताएका थिए ।

खेलमा म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका कप्तान सुब्बा नै घोषित भए । उनले नगद १० हजार सहित शिल्ड पनि पाएका थिए । बुधबार हुने पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगन्ज युनाईटेड क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।

कालिकामाई गाउँपालिकाकाे एक विद्यालयका दुई दर्जन विद्यार्थीहरु अचानक बेहाेस

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ स्थित श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएका छन् । आज अचानक वेहाेस भएका विद्यार्थीहरु मध्ये १४ जनाकाे पाेखरिया अस्पतालमा उपचार भइरहेकाे छ ।

आज मध्यान्हदेखि विद्यार्थीहरु अचानक बोहस हुन थालेपछि गाउँपालिकाकाे एम्बुलेन्स मार्फत पाेखरिया अस्पतालमा पुर्याइएकाे थियाे । बेहाेस भएका दुई दर्जन जति विद्यार्थीहरुलाई पाेखरिया अस्पताल ल्याइएपनि हाल १३ जना छात्रा र एक जना छात्रकाे उपचार भइरहेकाे र वाकीकाे अवस्था समान्य भइसकेपछि घर पठाइएकाे कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले वताए ।

पाेखरिया अस्पताल मै रहेका गाउँपालिका अध्यक्ष गुप्ताले विद्यार्थीहरु अचानक बेहाेस हुनु कारण अहिले सम्म नखुलेकाे वताए । उनले घटना बारे थाहा भए लगतै गाउँपालिका स्वास्थ्य शाखाकाे टाेली विद्यालय र पाेखरिया अस्पतालमा पुगेकाे वताउँदै बेहाेस हुने कारण बारे चिकित्सकसंग बुझ्ने काम भइरहेकाे वताए ।  

विद्यालय अचानक विद्यार्थीहरु वेहाेस हुन थालेपछि गाउँ मै त्रासकाे वातावरण बनेकाे थियाे । केही समयपछि विद्यार्थीहरु बेहाेस हुने क्रम राेकिएपछि अवस्था समान्य भएकाे छ । तर कुन कारणले अचानक विद्यार्थीहरु बेहाेस हुन थालेकाे सबैलाई चिन्ताकाे विषय बनाएकाे छ ।

वीरगंज गोल्डकप : ट्राईबेकरमा सहलेश फुटबल क्लब सिरहा बिजयी

वीरगंज । दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको दोस्रो दिनको खेलमा सहलेश फुटबल क्लब सिरहाले ट्राईबेकरमा आफ्नो पहिलो जित निकालेको छ । शनिबार देखि आर्दशनगर रंगशालामा जारी खेलमा सहलेश फुटबल क्लब सिरहाले ५–४ गोलअन्तरले संकटा फुटबल क्लब काठमांडौलाई पराजित गरेर ट्राईबेकरमा जित निकालेको हो ।

खेलको ९० मिनेटको निर्धारित समय सक्दा पनि बिना गोल दुबै टिम बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
ट्राईबेकरमा संकटाका कप्तान सुदिप गुरुङ्ग ,राजिव लोपचन ,ईसेरिङ्ग लामा र सोम कर्लोसले गोल चुमाउँदा राम थापा बाहिर हानेका थिए ।

यस्तै ट्राईबेकरमा सहलेश फुटबल क्लबका खेलाडी एमबाउन अनिसेट, सुमित श्रेष्ठ, अमन लामा, शिसिस लेखी र जय गुरुङ्गले बललाई पोष्टमा हानेर गोल गरेका थिए । ट्राईब्रेकरमा उत्कृष्ट बचाउ गरेर टिमलाई जित दिलाएका सहलेश फुटबल क्लबका गोलकिपर बिशाल सुनार घोषित भए । उनले नगद १० हजार सहित शिल्ड पनि पाएका थिए ।

सोमबारको खेलमा नेपाल पुलिस क्लब र बाग्मति फुटबल क्लब सर्लाही भिड्ने आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउने छन ।

अब प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगंज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।

पुनरस्थापनाका लागि मुक्त हरवाचरवा जागरण अभियान शुरु

0

वीरगंज । “मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।” भन्ने मुल नाराका साथ मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ पालिकाहरुमा मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापनाका माग सहित जागरण अभियान शुरु भएको छ ।

१ महिने जागरण अभियान अन्तरगत पहिलो चरणमा बिभिन्न माग राखी ३२ वटा मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाईमा स्थानिय सरकारलाई ज्ञापन पत्र बुझाउने अभियान अन्तरगत आइतबार धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र शहिदनगर नगरपालिकामा ज्ञापनपत्र बुझाईएको हो।

ज्ञापनपत्रमा संघ र प्रदेश सरकारसंगको समनवयमा स्थानीय सरकारद्वारा मुक्त हरवाचरवाको वास्तविक तथ्याँक संकलन गरी उनीहरूलाई बर्गिकृत परिचय पत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गरियोस र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने माग राखीएको छ ।

त्यसैगरी मुक्त घोषित मुक्त हरवाचरवाको सम्पूर्ण शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने, दिगो पुनरस्थापना योजना जारी गरी कार्यान्वयन गरियोस र मुक्त हरवाचरवाको भूमि, खाना र आश्रयको अधिकार सुनिश्चित गर्नका साथै महिला र बालबालिकाको अधिकारलाई पर्याप्त रूपमा सम्बोधन गरिनुपर्ने सरकारका सबै नीतिगत निर्णय गर्ने तहहरूमा मुक्त हरवाचरवाहरुको समानुपातिक र अर्थपूर्ण आवाज र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, आगामी अर्थिक बर्षको निति,कार्यक्रम र बजेटमा हरवाचरवाको पक्षमा निति, कार्यक्रम र बजेट बिनियोजन गरिनुपर्ने र हरवाचरवाको पहिचान,परिचयपत्र र पुनःस्थापनाका लागी स्थानिय तहबाट कार्यबिधि निर्माण गरिनुपर्ने लगायतका मागहरु गरिएको छ ।

हरवाचरवा मुक्तीको घोषणा भएको २ बर्ष ७ महिना बिती सक्दा समेत अहिलेसम्म पुनरस्थापनाको कुनै पनि काम अगाडी बढन नसकेकोले सरकारलाई दवाव दिन जागरण अभियान शुरु गरिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले बताए ।

दोश्रो चरणको अभियान अन्तरगत बिभीन्न मागहरु राखी मधेशप्रदेशका ८ वटा जिल्ला स्थित जिल्ला भूमि आयोगहरुमा डेलीगेसन लैजाने योजना रहेको अध्यक्ष मण्डले बताए ।

तेश्रो चरणमा मुक्त हरवाचरवा अधिकार मञ्चका ८ वटै जिल्लाबाट प्रतिनिधीत्व हुनेगरी हरवाचरवा नेताहरुको उपस्थितीमा अभियानको समिक्षा गरि आन्दोलन निर्माण कार्याशाला गोष्ठी आयोजना गरिनेछ । चौथो चरण अन्तरगत मधेश प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश निति तथा योजना आयोगसंग नीतिगत संवाद कार्यक्रम सञ्चालन गरिनेछ भने अभियानको अन्तिम चरणमा काठमाण्डौ केन्द्रीत अभियान सञ्चालन गरिने मुक्त हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती मण्डलले बताए ।

बिजामकाे २९ औं बार्षिकाेत्सव सम्पन्न, प्रदेश स्तरिय लागुऔषध पुर्नस्थापन गृहको स्थापना गर्ने याेजना

0

वीरगंज । बिधार्थी जागरण मंच (बिजाम) वीरगंजकाे २९ औं बार्षिकाेत्सव सम्पन्न भएकाे छ । विजामले २९ बर्ष पुरा गरि ३० औं बर्षमा प्रबेश गरेकाे अवसरमा वीरगंजस्थित जिल्ला समन्वय समिती पर्साको सभाहालमा आयाेजना गरेकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

संस्थाका अध्यक्ष महेश आर्यालको अध्यक्षतामा र वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले संस्थाले गरेकाे कामकाे चर्चा गरेकाे थियाे ।

विजामले २९ बर्षदेखी समाजमा गरेको लगानी उल्लेखनिय र उदाहरणीय रहेको गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले बताए । लागु औषधमा लागेका युवाहरु, एचआईभि संक्रमीतहरु अब ग्रामिण भेगमा पनि देख्न थालेकाे वताउँदै अध्यक्ष साहले बिजामले ग्रामिण भेगमा पनि कार्यक्रम संचालन गर्नु पर्ने सुझाए ।

बिजामले लिएको लक्ष्य पुरा गर्न पर्साका सम्मपुर्ण गैरसरकारी संस्थाहरु हाथ हाथमा र कांधमा कांध मिलाएर अगाडी बढने उनले प्रबिद्धता समेत जनाए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल पत्रकार महासंघ पर्साका सचिव बिजय चौहान, वडा नम्बर १३ का वडाध्यक्ष हिरा गिरी, प्राध्यापक राजेन्द्र कोईराला लगायतकाले संस्थालाई सहयोग गर्ने प्रतिबद्धता सहित शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा संस्थाले २९ बर्षमा गरेकाे कामकाे प्रगति प्रतिवेदन समेत प्रस्तुती गरिएकाे थियाे । प्रस्तुत प्रतिवेदन अनुसार बिजामले २०५२ सालदेखी २९ बर्षे कार्यकालमा पर्सा सहित मधेश प्रदेशका ८ वटै जिल्लाहरुमा संस्थाले गरेकाे कामबाट भएकाे उपलब्धिकाे तथ्यांक समेत प्रस्तुत गरेकाे छ ।

प्रस्तुत तथ्यांक अनुसार पर्सामा १ हजार ५ सय ८१, बारामा १ हजार ८ सय ९०, रौतहटमा १ हजार ४७ लागु औषध प्रयाेगकर्ता रहेका छन् । विजामले पर्सामा यौनकर्मी संग भेटघाटको संख्या ६ सय ५५ देखाएको छ भन्ने पर्साका महिला यौनकर्मी अनुमानित रहेको बताएको छ ।

यसैगरी एआरभी सेवन गरिरहेका एचआईभी संक्रमित पर्साको संख्या १ हजार ४ सय ७७ रहेकाे छ । जसमा वीरगंज महानगरपालिकामा २ सय ८१, पर्सागढीमा ७६, बहुदरमाईमा ३१, पोखरियामा ४०, बिन्दवासिनीमा ४७, जगरनाथपुरमा ५५, धोबिनीमा ४३, कालिकामाईमा ३२, पकहाँ मैनपुमा ५०, सखुवा प्रसौनीमा ५२, छिपहरमाईमा ३३, पटेर्वासुगौलीमा ५१, जिराभवानीमा ३१ र ठोरी गाउपालिमा ३२ जना रहेका छन ।

एआरभी सेवन गरिरहेका लागु औषध प्रयोगकर्ता तथा महिला यौकर्मीको संख्या लागुऔषध प्रयोगकर्ता ९ जना र महिला यौनकर्मी ३२ जना रहेका छन । एआरभी सेवन गरिरहेका एचआईभी संक्रमितको संख्या २४ हजार २ सय ३७ जना रहेको तथ्यांकले देखाएको छ ।

मधेश प्रदेशमा ३ हजार ९ सय २६, कोसी प्रदेशमा २ हजार २ सय ४८, बागमतीमा ६ हजार २ सय ९, गण्डकीमा २ हजार ८ सय ३९, लुम्बनीमा ४ हजार ५ सय ९८, कर्णलीमा ७ सय १३ जना र सुदुपश्चिममा ३ हजार ६सय २३ जना रहेको तथ्यांक संस्थाका अध्यक्ष महेश आर्यालले प्रस्तुती गरेका थिए ।

बिजामको भावी योजना प्रदेश सतरिय लागुऔषध पुर्नस्थापन गृहको स्थापना, रिकभरी तथा पेशा छोडन चाहने महिला यौनकर्मी महिलाहरुका लागी स्टारट अप लागत तथा तालिम उपलब्धताको लागी पालिकाहरुसंग समन्वय, मधेश प्रदेशका प्रत्येक पालिकाहरुमा लागुऔषध तथा एचआईभी सम्बनधी जनचेतना मुलक कार्यक्रम संचालन र दातृ निकाय संगको समन्वयमा नेपाल सरकारको एचआईभी सम्बनधी लक्ष्य प्राप्तिका लागी पहल गर्ने भावी योजा रहेको समेत अध्यक्ष आर्यालले बताए ।