Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पर्साका नयाँ सिडिओ सुवेदी : इमान्दारीपूर्वक सुशासन कायम गर्ने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोय नारायण सुवेदीले इमान्दारीपूर्वक जिल्लाको सुशासन कायम गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार जिल्लाका सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले नागरिकको शान्ति–सुरक्षा सुनिश्चित गर्दै सरकारी कार्यालयमार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताए ।

सुवेदीले जिल्लामा देखिएका समस्याहरूलाई पहिचान गरी योजनाबद्ध ढंगले समाधान गर्ने प्रतिवद्धता जनाउँदै हाल वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूसँग समन्वय गरी प्रभावकारी कदम चालिने स्पष्ट पारे । साथै, सिमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि र अपराधजन्य कार्य रोकथाम गर्न निगरानी कडा पारिने बताए ।

उनले मलखादमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित अनुगमन गरिने र किसानलाई सहज रूपमा मल उपलब्ध गराइने व्यवस्था मिलाइने उल्लेख गरे । सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूमा आवश्यक व्यवस्थापन गरी छिटो र सहज सेवा प्रवाह गर्ने कार्य प्राथमिकतामा रहने उनको भनाइ थियो ।

सुवेदीले जिल्ला प्रशासन कार्यालयमा खासगरी राष्ट्रिय परिचयपत्र बनाउन लाग्ने भीड देखिएकाे वताउँदै त्यसलाई पनि व्यवस्थतित गरिने वताए । उनले भने “नागरिकले सहज रूपमा सेवा पाउनु पर्छ भन्ने मेरो प्राथमिकता हुनेछ,” त्यस अनुसार नै आफु इमान्दारिक पूर्वक काम गर्छु ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे सभाहलमा भएकाे परिचात्यमक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीद्वय सुमन कुमार कार्की, बाबुलाल रेग्मी पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...