Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

१५ मध्ये १२ संक्रमितमा हैजा पुष्टि, Vibrio Cholera भेटियो

spot_img
spot_img

वीरगंज । वीरगंजमा हाल फैलिएको झाडापखालाका संक्रमितहरूको परीक्षण रपोर्ट सार्वजनिक भएसँगै हैजाको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १५ वटा नमूनामध्ये १२ मा Vibrio Cholera नामक जीवाणु पाइएको छ ।

त्यसैगरी केन्द्रिय प्रयोगशालामा पठाइएका १० नमूनामध्ये ८ को रिपोर्ट आइसकेको छ, जसमा समेत सोही जीवाणु भेटिएको छ । विस्तृत परीक्षणका क्रममा भेटिएका स्ट्रेनमध्ये poly O1 र ogawa serotype पाइएको छ । यी दुवै सिरोटाइप अत्यन्त आक्रमक मानिन्छन् र प्रायः हैजाका महामारी यिनै कारण हुने गरेको पाइएको छ ।

विशेषज्ञहरूले हैजा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्यकर्मीहरूले पिउनु अघि पानी उमाल्ने, खानेकुरा खानु अघि र शौचालय प्रयोगपछि साबुनपानीले राम्ररी हात धुने, पखाला लागेमा तुरुन्त जीवनजल (ORS) प्रयोग गर्ने र अवस्था गम्भीर भए नजिकैको स्वास्थ्य संस्थामा चाँडै लैजान सुझाव दिएका छन् ।

“आत्तिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता आवश्यक छ,” डा. सिंहले बताए । स्थानीयलाई घरमा केही जीवनजल (ORS) राख्न र सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...