Date
शुक्र, कार्तिक २०, २०८३
Fri, November 6, 2026

वीरगंजकाे राधेमाई मन्दिरमा मधेश फाउण्डेशनद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । मधेश फाउण्डेशन नेपालले वीरगञ्ज–१३ स्थित राधेमाई मन्दिरको प्राङ्गणमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । संस्थाकी अध्यक्ष श्रीमती पिंकी यादवको अध्यक्षतामा कार्यक्रम उद्घाटन गर्दै रात्री सांस्कृतिक तथा झाँकी प्रस्तुति सुरु गरिएको थियो ।

कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सो अवसरमा मन्दिर सञ्चालकज्यू, समाजसेवी विशेष साह, युवा नेता पावन यादवलगायतको उपस्थिति रहेको थियो ।

तीज पर्वको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा स्थानीय कलाकारहरूको प्रस्तुति देखाइएको थियो । आयोजक संस्थाले यस्ता कार्यक्रमले सांस्कृतिक एकता, परम्परा र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा पनि हुलाकमार्फत घरमै सिमकार्ड वितरण सेवा सुरु

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको...

रास्वपा पर्सा–४ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा...

अब बारामा हुलाकमार्फत घरमै आइपुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड

वीरगंज । जिल्ला हुलाक कार्यालय बाराले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको...