Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा १९ लाख भन्दा बढीको सामान बरामद

spot_img
spot_img

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको संयुक्त टोलीले रु. १९ लाख २५ हजार ७३६ बराबरका अबैध सामान बरामद गरी वीरगञ्ज भन्सारमा बुझाएको छ ।

बुधबार खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका निवासी सिता थापाको घरमा भारतबाट भन्सार छली गरी ल्याएर भण्डारण गरिएको कपडा फेला पारेको हो । सोही स्थानमा बिआर २२ एस ०७१०१ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सामान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानमा Afzal Double Apple Flavour, विभिन्न कपडा र किराना सामग्री रहेका छन् जसको भन्सार मूल्य रु. १७ लाख ८५ हजार ७३६ रहेको छ । त्यस्तै, सामान ओसारपसारमा प्रयोग भएको मोटरसाइकलको मूल्य रु. १ लाख ४० हजार मुल्याङ्कन गरिएको छ ।

बरामद गरिएका सबै सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...