Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Home Blog Page 253

पर्सामा ओली र प्रचण्डको तस्वीर जलाइयो

वीरगंज । पर्साको प्रसैनी गाउँपालिका वडा नं. २ श्रीपुर पचगांवामा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाएका छन्।

राप्रपा पर्साका जिल्ला उपाध्यक्ष अवध किशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य नगिना यादव लगायत नेताहरूले तस्वीर जलाएका हुन् । नेताहरूले वर्तमान सरकार र पूर्व सरकारका नेतृत्वकर्ताप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गर्नुकाे साथै प्रधानमन्त्री सहितका शिर्ष नेताकाे तस्बिर जलाएका हुन् ।

उक्त कार्यक्रममा राप्रपा नेता अवध किशोर साह, चन्दिका सहनी, सुधिर चौधरी, संजय महतो लगायतको उपस्थिति रहेको थियो । 

पर्सामा एसईई परिक्षा मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरुलाई सिडिओ अर्यालयकाे निर्देशन

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले यस बर्षकाे एसईई परिक्षा फरक ढंगले संचालन हुने दाबी गरेका छन् । शिक्षा विकास तथा समन्वय ईकाइ पर्साले आइतबार आयाेजना गरेकाे केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रमलाई सम्बाेधन गर्दै सिडिओ अर्यालले यस्ताे वताएका हुन् ।

परिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका सिडिओ अर्यालले परिक्षा मर्यादित, ब्यवस्थित र अनुशासित बनाउन केन्द्राध्यक्षहरुले सहयाेग गर्नु पर्ने वताए । एसईई परिक्षाकाे विगतका इतिहास त्यति सुखद र राम्राे नरहेकाे वताउँदै उनले यस बर्षकाे परिक्षा मर्यादित बनाउनु पर्नेमा जाेड दिए ।

सिडियाे अर्यालले यस बर्षकाे परिक्षा १० वटा अनुगमन टाेली बनाएर अनुगमन गर्ने तयारी रहेकाे वताए । उनले हामी एक्सन पलान नै बनाएर परिक्षाकाे अनुगमन गर्छाैं । यस बर्षकाे अनुगमन चटके र पटेक हुँदैन, याे बर्षकाे परिक्षामा गलत गर्ने जाेकाेहीलाई हामी कारवाही गर्छाैं ।”

परिक्षाकाे सम्पूर्ण जिम्मेवारी केन्द्राध्यक्षकाे हुने वताउँदै सिडिओ अर्यालले कुनै पनि बहाना बनाउन नमिल्ने वताए । यस बर्षकाे परिक्षा फरक ढंगले संचालन हुने वताउँदै उनले गलत गर्नेलाई कारवाही मात्र हाेइन राम्राे गर्नेलाई पुरस्कृति गरिने पनि वताए ।

सिडिओ अर्यालले भने “यस बर्षकाे परिक्षा संचालनमा गलत गर्नेलाई कारवाही मात्र हाेइन सबै भन्दा राम्राे गर्ने एक केन्द्राध्यक्षलाई पुरस्कृत पनि गरिन्छ र सबै भन्दा बढी बिकृति भएका केन्द्रकाे नाम हामी सार्वजनिक गर्छाैं ।” उनले सुक्षम अनुगमनकाे क्रममा सबै भन्दा राम्राे देखिने परिक्षा केन्द्रकाे केन्द्राध्यक्षलाई रु १० हजार नगद सहित पुरस्कृति गरिने घाेषण गरे ।

सिडिओ अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक किशाेर लम्साल, शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख हरि राउत, सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गाैतम, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दिपक पटेल, शिक्षा विकास तथा समन्वय इकाइ पर्साका शाखा अधिकृत श्याम किशाेर प्रसाद लगायतकाे जिल्ला २९ केन्द्राध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे ।  

यही चैत ७ गतेदेखि संचालन हुन लागेकाे एसईई परिक्षामा पर्साका १४८ विद्यालयका १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि भइरहेका छन् । ति परिक्षार्थीहरुकाे लागि जिल्लाका २९ वटा सामुदायिक विद्यालयहरुमा परिक्षा केन्द्र ताेकिएकाे छ । ति सबै परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष समेत ताेकी सकिएकाे शिक्षा विकास तथा समन्व ईकाइ पर्साका प्रमुख हरि राउतले वताए ।

पाेखरियामा होली मिलन तथा मटका फोर कार्यक्रम भव्य रुपमा सम्पन्न

पाेखरिया । रेडियो पोखरिया १०५.८ मेघाहर्ज पाेखरियाकाे आयोजनामा होली मिलन तथा मटका फोर कार्यक्रम विहिवार भव्य रुपमा सम्पन्न भएकाे छ ।

पोखरिया नगरपालीका वडा नम्बर ४ को पोखरिया बजार स्थित बस स्टेनमा भएकाे कार्यक्रमकाे उद्घाटन पोखरिया नगरपालीकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै मेयर चाैहान हाेलीकाे अवसरमा गरिने याे कार्यक्रमलाई निरन्तरता दिनु पर्ने वताए । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर चाैहानले हाेली आपसी सदभाव र भाइचाराकाे पर्व भएकाे वताउँदै यसले समाजिक एकता कायम गर्न सहयाेग पुग्ने पनि विश्वास व्यक्त गरे । 

हाेलीकाे अवसरमा भएकाे मटका फाेर कार्यक्रममा स्थानिय ५१ जनाले भाग लिएका थिए । भाग लिएका मध्ये २२ जनाले मटका फोरेका थिए । मटका फोरी विजयी भएका सहभागीहरुलाई स्प्राईट, कोकाकोला, फेन्टा, अविर, गडी, छोहारा, बदामले लगायतका सामग्रीले कार्यक्रममा अतिथीहरुले पुरस्कृत गरेका थिए ।

रेडियो पोखरियाका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा पाेखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण राैनियार, पूर्व उप मेयर सल्मा खातुन, समाजसेवी रुपेश पाण्डेय, पाेखरिया ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, माओबादी केन्द्र पोखरिया नगर कमिटीका अध्यक्ष पन्नालाल पटेल, स्थानिय महिला नेतृ आसा देवी चौहान, समाज सेवी गोबर्धन यादव, नेकपा एमाले पोखरिया नगर कमीटी सचिव सन्तोष गिरी, युवा संघका केन्द्रिय सदस्य कौशल साह गोढ, रेडियाे पाेखरियाका प्रबन्ध निर्देशक शम्भु कुमार सुमन, पत्रकार धरमेन्द्र प्रसाद यादव, मुस्तुफा आलम, गायक सुदिप चौरसिया लगायत रेडियो पोखरियामा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको थियाे । कार्यक्रमको सहजीकरण पत्रकार धरमेन्द्र चौरसियाले गरेका थिए ।

सञ्चारकर्मीसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही प्रक्रिया सुरु

वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित यात्राडेली डटकममा कार्यरत सञ्चारकर्मी आशु कुमार सर्राफसँग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहमाथि कारबाहीको प्रक्रिया सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर कारबाही अघि बढाएको हो । घटनाले प्रेस स्वतन्त्रता र सशस्त्र प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ ।

सिंहले सर्राफसँग अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल नेतृत्वको टोलीले एसपी धितालसँग सम्पर्क गरी दोषीमाथि कडा कारबाहीको माग राखेका थिए । 

खनालले भने, “यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण हो । सञ्चारकर्मीमाथि यस्तो व्यवहार गर्ने जोसुकैलाई पनि कडा सजाय हुनुपर्छ ।” खनालसँगै अन्य सञ्चारकर्मीले पनि सर्राफमाथि भएको अभद्र व्यवहारको मुद्दालाई जोडदार रूपमा उठाएका छन् ।

घटना के हो ?

मङ्गलवार साँझ सञ्चारकर्मी सर्राफ वीरगञ्जको भन्सार क्षेत्रस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अगाडि नियमित सवारी चेकजाँचको दृश्य खिचिरहेका थिए । त्यही बेला ड्युटीमा खटिएका असई सिंहले उनलाई भिडियो खिच्नबाट रोक्न खोजे । सर्राफले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै भिडियो खिच्न जारी राखेपछि स्थिति तनावपूर्ण बन्यो ।

सिंहले सर्राफमाथि चरेस तस्करीको झुटो आरोप लगाउँदै अभद्र व्यवहार गरे । “तँ महिना खान्छस्” भन्दै उनले सञ्चारकर्मीको पेसागत इमानदारीमाथि नै आक्रमण गरे । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सञ्चारकर्मी र सर्वसाधारणबिच आक्रोश फैलियो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धितालले घटनालाई गम्भीरतापूर्वक लिएको बताए । उनले असई सिंहलाई तत्काल हेडक्वार्टर तानिएको र उनको स्पष्टीकरण मागिएको जानकारी दिए । “स्पष्टीकरणपछि थप कारबाही प्रक्रिया अघि बढाइनेछ,” एसपी धितालले भने, “हाम्रो सङ्गठनमा यस्तो व्यवहार स्वीकार्य छैन ।”

असई सिंहको विवादास्पद इतिहास

सुजय कुमार सिंह पहिलेदेखि नै विवादको घेरामा रहँदै आएका छन् । यसअघि पर्साको लहावरथकरीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यरत रहँदा उनले दिनदहाडै घुस लिइरहेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटनापछि उनलाई कारबाही गरिएको थियो, तर उनको व्यवहारमा सुधार आएन । यस्तै, केही दिनअघि मात्र भन्सार नजिकैको मदिरा भट्टीमा तस्कर पवनसँग बसेर ‘सेटिङ’ गरेको खबर पनि बाहिरिएको थियो । यस्ता घटनाले उनको कार्यशैली र नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

ठाकुर राम स्ववियु निर्वाचन : सुधान्सु र मेघराजको प्यानल सहित स्वतन्त्र उम्मेदवारी

बीरगंज । परिवर्तन सम्भव छ हाम्रै पालामा । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ ठाकुर राम बहुमुखी (ठा.रा.ब)  क्याम्पस, बीरगंजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सुधान्सु चौरसियाले सभापतिमा र मेघराज यादवले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउँदै उनीहरुले  क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा राखेका छन् ।

यसैगरी  कोषाध्यक्ष ओमकुमार दास, र सदस्यहरुमा अनिल प्रसाद यादव, सुजित महत्तो केवट, धिरज पटेल, नरेन्द्र प्रसाद साह तेली, राकेश साह कानु र मिथलेश कुमार साहको उम्मेदवारी दर्ता भएको सभापतिका उम्मेदवार चौरसियाले बताए । यसैगरी समानुपातिक सदस्यतर्फ अरविन्द गुप्ता, कृष्णमोहन यादव, बल्ली चौरिया, सरोज महरा, मन्जेश यादव, किरण कुमारी, अमन दिप महरा, कारण चौरसिया, अर्चना गुप्ता र अंशु गुप्ताको मनोनयन दर्ता भएको छ ।

ठाकुर राम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा चौरसिया र यादव समुहको स्वतन्त्र उम्मेदवारीले चुनावी माहोल तातेको छ । राजनीतिलाई शिक्षाबाट अलग राख्ने उनीहरुको प्रतिबद्धताले विद्यार्थीहरूबाट सकारात्मक समर्थन प्राप्त गरिरहेका  छन, जसले परम्परागत दल र तिनका भात्रृ संगठनहरू  दबाबमा परेको देखिन्छ ।

बिधार्थीको हकहितको लागि सधै आवाज उठाउने यी समुहका उम्मेदवारहरु दैनिक क्याम्पस आउने र वास्तविक समस्या संग एकदम परिचित रहेका र चुनाव जिते पछी त्यसको कार्यान्वयन गरिने तथा  दलीय राजनीतिको अन्त्य गरी योग्यतालाई पदाधिकारी नियुक्तिको आधार बनाउने, छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाईने, छात्र र  छात्रा वासलाई सुबिधा सम्पन बनाउने, विपन्न विद्यार्थी अक्षय कोष स्थापना गर्ने, मानसिक स्वास्थ्यका लागि परामर्श केन्द्र खोल्ने, डिजिटल पुस्तकालय र निःशुल्क वा सुलभ इन्टरनेट सेवा उपलब्ध गराउने  तथा गुणस्तरीय पढाईको लागि बढी ध्यान दिने जस्ता एजेन्डा अघि सारेका छन् ।

सूचना प्रविधिको क्षेत्रमा विभिन्न आईटी कम्पनीहरूसँग सहकार्य गर्दै तालिम, कार्यशाला, नेटवर्क व्यवस्थापन र सुरक्षाका लागि आवश्यक पूर्वाधार विस्तार गर्ने  योजना छ । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ । चौरसिया र यादवले पारदर्शी, अनुशासित र जिम्मेवार स्ववियुको आवश्यकता रहेको भन्दै सम्पूर्ण विद्यार्थीलाई आफ्ना  सबै  उम्मेदवारलाई समर्थन र मतदान  गर्न आग्रह गरेका छन् ।

कालिकामाई गाउँपालिकामा आज शाेक विदा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिकाले बुधबार बिहान एक सूचना जारी गर्दै गाउँभरि शोक बिदा रहने जानकारी गराएको हो ।

गाउँपालिकाको वडा नम्बर १ फुलबारी टोलस्थित श्री रेडक्रस आधारभूत विद्यालयका शिक्षक शम्भु प्रसाद चौरसियाको मंगलबार असामयिक निधन भएपछि बुधबार पालिकामा शोक बिदा दिइएकाे प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले जानकारी दिए ।

पालिकाका अध्यक्ष बशिष्ट कुमारले चौरसियाको निधनले सम्पूर्ण गाउँपालिका स्तब्ध भएको बताए । पालिकाको कार्यालयले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

शोक प्रकट गर्दै गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय तथा शैक्षिक संस्था बन्द रहने जनाएको छ । पालिका अन्तर्गतका सबै विद्यालय, सरकारी तथा स्थानीय निकायका कार्यालयहरू आज एक दिनका लागि बन्द रहने गाउँपालिकाले एक सूचना जारी गर्दै जनाएकाे छ ।

गोल्डेन फ्युचरमा विज्ञान प्रदर्शनी

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीहरुले मंगलबार बिज्ञान बिषयका प्रविधिहरुको प्रदर्शनी गरेका छन् ।

गोल्डेन फ्युचर एकेडेमीका डाइरेक्टर डा. उमेश चौरसियाको अध्यक्षतामा भएकाे विज्ञान प्रदर्शनी कार्यक्रममकाे उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले गरेका थिए । साे कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले बनाएका विभिन्न किसिमका विभिन्न प्रविधिका औजार देखि अन्य सामाग्रीहरु प्रदर्शन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रहरी उपरीक्षक मिश्रले विद्यार्थीहरुले तयार गरेको विभिन्न प्रविधिहरुको अवलोकन गर्ने क्रममा निजी बिद्यालयले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत धेरै उपलब्धि हासिल गरेको बताए । उनले आजका यी विद्यार्थीहरुले बैज्ञानिक ज्ञान हासिल गरे जस्तै धेरै किसिमका प्रविधि तयार गरेकोमा धन्यवाद समेत दिए ।

विद्यार्थीहरुको भावना अभिभावकले पनि बुझ्न जरुरी रहेकोले सबै आफ्नो इच्छा अनुसार बन्न नसक्ने भएकोले कोही इन्जिनियर डाक्टर पाइलट समाजसेवी कोही बैज्ञानिक बन्न सक्ने एसपी मिश्रकाे भनाई थियाे ।

बिज्ञान प्रदर्शनी कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका आनन्द लामिक्षाने, डाक्टर प्रमोद कुशवहा, प्रिन्सिपल उमेश साह, सनलाइट माविका प्रिन्सिपल आलोक चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खडका, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, विरेन्द्र पण्डित, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराइ, जितेन्द्र सिंह, अरुण यादव लगायतले आ–आफ्ना शुभकामना मनतव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन शिक्षक हृदय नारायण सिंह र नितु चौरसियाले गरेकी थिईन ।

जीएचपीमा ग्रान्ड जुनियर स्पोट्र्स मिट कार्यक्रम सम्पन्न

वीरगंज । जीएचपी माद्यमिक विद्यालय वीरगंजले मंगलबार ग्रान्ड जुनियर स्पोट्र्स मिट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । हरेक वर्ष झैं यस वर्ष पनि विद्यालयले विद्यार्थीहरूका लागि विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।

सो क्रममा बिधार्थीहरुले दौड प्रतियोगिता, बनाना ईटिगं, सामुहिक दौड र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रथम, दुईतिय र तस्रो भएका बिधार्थीहरुलाई शिल्ड, मेडल बितरण गरिएको थियो ।

विधालयका डाईरेक्टर जग सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी बीरगंज महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष हिरा गिरिले बिधार्थीहरुको प्रदर्शनले आफु धेरै प्रभावित भएको बताए ।

साथै उनले शिक्षाकोसंगै खेलकुदमा समेत बिधार्थीहरुलाई समावेश गराउन जरुरी रहेको बताए । सो अवसरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक बिरेन्द्र गिरि, संचारकर्मी आनन्द पटेल, अर्जुन चौधरी, शिक्षक, शिक्षिका र बिधार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका डाईरेक्टर जग सिंहको अनुसार, युवा खेलाडीहरूलाई प्रेरित गर्न तथा उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यालयले हरेक वर्ष यस प्रकारका गतिविधिहरू सञ्चालन गर्ने गरेको उनले बताए ।

कार्यक्रममा विभिन्न प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरिएको थियो भने विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । आयोजकहरूले सफल कार्यक्रमका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रसाैनीमा भएकाे नेपाल इन्डाे टि२० प्रतियाेगिताकाे उपाधि बाराले जित्याे

वीरगंज । बाराकाे प्रसाैनी गाउँपालिका स्थित चटीया बाबा फिल्डमा जारी नेपाल इन्डाे टि२० नकआउट क्रिकेट प्रतियाेगिताकाे उपाधिकाे बारा क्रिकेट क्लबले जितेकाे छ । 

११ स्टार क्रिकेट क्लब प्रसाैनी गाउँपालिकाकाे जारी प्रतियाेगिताकाे मंगलबार भएकाे फाइनल खेलमा सर्लाही क्रिकेट क्लबलाई ११ रनले हराउँदै बारा क्रिकेट क्लब बिजयी भएकाे हाे । टस जितेर ब्याटिङ गरेकाे बाराले पुरै २० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानीमा १४६ रन बनाएकाे थियाे ।

त्यसपछि १४७ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे सर्लाहीले १९ ओभर मै पुरै विकेट गुमाउँदै १३५ रन मै समेटिएपछि बारा उपाधि जित्न सफल भएकाे हाे । फाइनल खेलकाे म्यान अफ दि म्याच ६६ रन बनाएका बाराका अरनिकाे यादव भए ।

प्रतियाेगिताका विजेता टिम बारालाई पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले टफी र पुरस्कार प्रदान गरे । त्यसैगरी उप विजेता टिम सर्लाहीलाई प्रसाैनी गाउँपालिकाका अध्यक्ष विनाेद जयसवाल र उपाध्यक्ष किरण साहले टफी र पुरस्कार प्रदान गरे ।

प्रतियाेगिताकाे समापन समाराेहलाई सम्बाेधन गर्दै सांसद श्रेष्ठले मधेशको विकास नभएसम्म देशकाे विकास नहुने वताए । उले भने “म ठाेकुवा गरेर भन्छु “जब सम्म मधेशकाे विकास हुँदैन जब सम्म देशको विकास हुँदैन ।”

उनले प्रतियाेगिता भएकाे खेल मैदानकाे निर्माणकाे केन्द्र सरकार संग पहल गर्ने प्रतिबद्धता जनाउँदै प्रसाैनीकाे खेल मैदानमा रंगशाला निर्माण भए मधेश प्रदेशको मात्र नभई देश कै राम्रो हुने वताए । उनले भने “नदी छेउमा रहेकाे यस्ताे फिल्ड रंगशाला निर्माण भए धेरै राम्राे हुन्छ ।” 

सांसद श्रेष्ठले कार्यक्रम मै सहभागि रहेका गाउँपालिका अध्यक्षलाई रंगशाला निर्माणकाे लागि डिपिआर तयार गर्न आग्रह गर्दै बजेटको लागि आफू केन्द्र सरकारसंग पहल गर्ने प्रतिबद्धता समेत जनाए । साथै उनले विकास निर्माणको काममा राजनीति नगर्न पनि आग्रह गर्दै सबैले सहकार्य गर्नु पर्ने धारणा राखे ।

आयाेजक ११ स्टार क्रिकेट क्लबका अध्यक्ष अतेन्द्र राउतकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका सह महामन्त्री जयनारायण यादव, राष्ट्रिय वाणिज्य बैंक वीरगंजका प्रबन्धक नरसिंह नारायण यादव, त्रिदेव एग्राे काेल्ड स्टाेरका प्रमुख शिव साह, नेपाली कांग्रेस प्रसाैनी गाउँपालिकाका सभापति हरि राउत कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

पिएमसि एकेडेमीकाे पहिलाे वार्षिकाेत्सव तथा बिदाई कार्यक्रम भव्य रुपमा सम्पन्न

वीरगंज । पर्सा म्यानेजमेन्ट सेन्टरल (पिएमसि) एकेडेमी वीरगंजकाे पहिलाे वार्षिकाेत्सव तथा कक्षा १२ काे बिदाई कार्यक्रम मंगलबार भव्य रुपमा सम्पन्न भएकाे छ ।

विद्यालयका निर्देशक एवं प्रिन्सपल प्रकाश यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले सानाे समयमा विद्यालयले राम्राे गरेकाे भन्दै प्रशंसा व्यक्त गरे । उनले शिक्षालाई व्यवसायककाे रुपमा नभई सेवाकाे रुपमा लिनु पर्ने सुझाव समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले शिक्षालाई व्यवहारमा लागु गर्नु पर्ने जाेड दिदै व्यवहारमा लागु गरिएन भने शिक्षाकाे कुनै महत्व नहुने वताए । उनले विद्यार्थी अनुशासित हुनु पर्ने वताउँदै शिक्षकलाई आदर गर्नु पर्ने वताए ।

वीरगंजकाे पानिटंकी स्थित ओम पार्टी प्यालेसमा भएकाे कार्यक्रममा एन प्याब्सन वीरगंज महानगरका अध्यक्ष जियालाल कुशवाहा, सचिव शेख अजहर, माइस्थान माविका प्रधानाध्यापक मुनिलाल कर्ण, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, जिराभवानी गाउँपालिकाका रामप्रबेश यादव, शुशिल ठाकुर, मिनु चाैधरी, दलिप प्रजापती, मनिषा यादव लगायत विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बर्ष भरिमा विद्यालयमा भएकाे विभिन्न प्रतियाेगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएकाे थियाे भने विद्यार्थीहरु गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमकाे संचालन शिक्षक निखिल पासवान र संताेष चाैहानले गरेका थिए ।