Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा पानी परीक्षण : हैजा प्रभावित वडाका धारामा झाडापखालाको जीवाणु फेला परेन

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको परीक्षणमा हैजा प्रभावित वडाका धारामा झाडापखाला फैलाउने जीवाणु नपाइएको छ ।

महानगरले वडा नं. १०, ११ र १२ का सात स्थानका धाराबाट नमूना संकलन गरी परीक्षण गर्दा सबै प्रतिवेदन ‘नेगेटिभ’ आएको हो । यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमूनामा पनि जीवाणु नदेखिएको पुष्टि भइसकेको छ ।

पछिल्ला दिनमा हैजा र झाडापखालाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि तत्कालीन जोखिमलाई ध्यानमा राख्दै महानगरले आफ्नै स्तरमा पानी परीक्षण सुरु गरेको हो । नमूनामध्ये तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट संकलन गरिएको थियो ।

खानेपानी प्रशोधन केन्द्र (छपकैया) मा स्थापना गरिएको आधुनिक प्रयोगशालामा माइक्रोबायोलोजिष्ट अजय मण्डलको प्राविधिक नेतृत्वमा परीक्षण भइरहेको छ । हाल इ.कोली परीक्षण सम्पन्न भइसकेको र युनिसेफको सहयोगमा सुरु गरिएको कोलीफर्म परीक्षणको नतिजा शुक्रबारसम्म आउने जनाइएको छ ।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रबाट नियमित रूपमा पानी संकलन गरेर परीक्षणलाई तीव्रता दिएको छ । यसले दूषित पानी पहिचान गरी तत्काल आवश्यक कदम चाल्न सहज हुने अपेक्षा गरिएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले हैजा नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताउँदै सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले आफ्नै प्रयोगशालाबाट परीक्षण सुरु गरिएको हो । प्रभावित क्षेत्रमा प्रयोग हुने धारामा प्राथमिकता दिँदै परीक्षण भइरहेको र आवश्यकता अनुसार अन्य संकास्पद स्थानका नमूनासमेत संकलन गरिने महानगरले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

  1. राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको
    परीक्षण अनुसार 10 मध्ये 8 जनामा हैजा को जीवाणु फेला परेको छ।
    भदौ 12 गते को अनलाइन समाचार अनुसार।
    सत्य के हो जानकारी गराउनु होला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...