Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 237

पर्सामा सशस्त्र प्रहरीद्वारा ई–रिक्सा र कपडा बरामद

0

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, १३ नं. गण पर्साले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइरहेको ई–रिक्सा र कपडा बरामद गरेको छ।

मंगलबार बिहान ७:५० बजे, वीरगंज महानगरपालिका–१४, गण्डकचोकस्थित प्रहरी सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको ९ जनाको गाडी मोबाइल टोलीले प्रदेश–२–०३–००१ ह ८३९ नं. ई–रिक्सा र त्यसमा राखिएको पर्दा नियन्त्रणमा लिएको थियो ।

बरामद पर्दाको मूल्य करिब ५० हजार ४ सय रुपैया रहेको छ भने ई–रिक्सा करिब ३ लाख रुपैया मूल्याङ्कन गरिएको छ । कुल मूल्य ३ लाख ५० हजार ४ सय बराबर रहेको बताइएको छ । उक्त बेला रिक्सा छोडेर व्यक्तिहरू भागेका थिए । बरामद वस्तु नियन्त्रणमा लिएर मंगलबार विहान १०:०० बजे वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नं. गण पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

त्यसैगरी, मंगलबार बिहान ११:०० बजे, पर्सा जिल्ला पकाहाँ मैनपुर गाउँपालिका ५, लक्ष्मीपुरस्थित सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको करिब ५४ हजार १५० रुपैया मूल्यको कपडा नियन्त्रणमा लिएको र भन्सारमा बुझाउने प्रक्रिया अघि बढाएकाे सुचना अधिकारी डिएसपी कार्कीले वताए ।

जेनजी आन्दोलनपछि प्रचण्ड र नेपाल पार्टी काममा फर्किए, ओली–देउवा अझै सैनिक सुरक्षामा

0

काठमाडौं । हालैको जेनजी आन्दोलनपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पार्टीको काममा फर्किएका छन् । आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडका कारण उनीहरूलाई सुरक्षाको दृष्टिले सुरक्षित स्थानमा राखिएको थियो ।

जेनजी आन्दोलनका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि सैनिक सुरक्षामा रहेका छन् । भदौ २३–२४ गतेको आन्दोलनमा सरकारी कार्यालय, पार्टी कार्यालय र नेताका निजी निवासहरूमा आगजनी र तोडफोड भएको थियो।

नेपाली सेनाले उच्च सुरक्षा खतरा देखेर प्रचण्ड, नेपाल, झलनाथ खनाल लगायत अन्य नेताहरूलाई सुरक्षित स्थानमा सारेको थियो । अहिले प्रचण्ड र माधव नेपाल आफ्नै निवास तथा पार्टी कार्यालयमा फर्किसकेका छन् । तर, ओली र देउवा अझै सैनिक सुरक्षामा रहनुपर्ने अवस्था रहेको छ ।

जेनजि आन्दाेलनपछि ‘प्रचण्ड’ आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदै गरेकाे सरसफाईमा सहभागि भएका छन भने अध्यक्ष नेपाल पनि आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रिय कार्यालय र नेताकाे घरहरुकाे अवलोकनमा देखिएका हुन् ।

जेनजी आन्दोलनले नेपाली राजनीतिको शीर्ष तहका नेताहरूको सुरक्षामा चुनौती थपिएको देखिएको छ ।

नारायणी अस्पतालको एनआईसीयू स्टोरमा आगलागी

0

वीरगंज । नारायणी अस्पताल वीरगंजको एनआईसीयू (NICU) वार्डको स्टोर कोठामा मंगलबार बिहान करिब ४ बजे आगलागी भएको छ । प्रारम्भिक जानकारीअनुसार आगो विद्युतिय कारणले लाग्न सक्ने आशंका गरिएको छ ।

अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहले आगो छिट्टै नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन् । आगलागीका कारण बाल विभागमा भर्ना भएका बिरामीहरूलाई अर्को विभागमा सारेर उपचार जारी राखिएको छ।

आगलागीको कारण करिब तेस्रो तलामा रहेको स्टोर कोठामा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् । वीरगंज महानगरपालिकाबाट आएको वारुण यन्त्रको सहयोगमा आगो निभाइएको थियो ।

प्रवक्ता डा. सिंहका अनुसार, आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

वीरगंजका विद्यालय शनिबार पनि सञ्चालन हुने

0

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) वीरगंजले आफ्ना सम्पूर्ण सदस्य विद्यालयलाई दशैं अघिका सरकारी विदा र शनिबारसमेत पढाइ सञ्चालन गर्न आग्रह गरेको छ । हाल हैजा र “जेन जी आन्दोलन” का कारण विद्यालयहरू निरन्तर सञ्चालन हुन नसकेकाले विद्यार्थीको अध्ययनमा परेको असर न्यूनिकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले वताए ।

उनका अनुसार अबदेखि विद्यालयहरू नियमित सञ्चालन हुने भएका छन् । त्यस क्रममा विद्यालयले दशैं अघिका सम्पूर्ण सरकारी विदा (शनिबार समेत) लाई पठन-पाठनका लागि प्रयोग गर्ने र हरेक दिन एक अतिरिक्त पिरियड सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । यसअनुसार विद्यालयको छुट्टी समय दिउँसो ४:०५ बजे हुनेछ । शुक्रबारको दिन भने विदा रहने छैन र शनिबारको दिन हाफ डे सञ्चालन गरिनेछ । यसाे गर्न स्वेच्छिक रहेकाे छ । यो निर्णय जेनजी शोक विदा (असोज १ गते) र घटस्थापना विदा (असोज ६ गते) बाहेक लागू हुनेछ।

प्याब्सन वीरगंजलेले अभिभावकहरूलाई पनि असोज ९ गतेभित्र विद्यार्थीको शुल्क बुझाउन आग्रह गरेको छ । अध्यक्ष श्रिवास्तवले अभिभावकहरूले समयमा शुल्क बुझाए शिक्षक–शिक्षिकाहरूलाई दशैं पर्व उल्लासपूर्वक मनाउन सहज हुने बताए ।

यसैगरी प्याब्सनले सदस्य विद्यालयहरूलाई परीक्षाको विषयमा स्वइच्छाले निर्णय गर्न सक्ने व्यवस्था पनि गरेको छ । “जिम्मेवार अभिभावकको सहकार्यले मात्र उत्कृष्ट शिक्षा सम्भव हुन्छ” भन्ने विश्वास सहित प्याब्सनले अभिभावकको सकारात्मक सहयोग अपेक्षा गरेको छ ।

पर्सामा सशस्त्र प्रहरीद्वारा ३८ लाखभन्दा बढी मूल्यका कपडा, किराना र गाडी बरामद

0

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल, १३ नं. गण पर्साले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका कपडा, किराना सामग्री तथा गाडी बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

साेमबार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–०९ स्थित पान गल्ली क्षेत्रमा ना.४ च ६३७९ नम्बरको बोलेरो पिकअपमा कपडा तथा जुत्ता लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । बरामद गरिएको कपडा र जुत्ताको मूल्य करिब १४ लाख ४९ हजार ८ सय बराबर रहेको छ भने बोलेरो पिकअप गाडीको मूल्य २० लाख रुपैया आकलन गरिएको छ ।

उक्त सामग्री र गाडी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । गाडी छोडेर भागेका व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले सूचना अधिकारी कार्कीले वताए ।

त्यस्तै सोही गुल्मबाट खटिएको अर्को टोलीले पर्साका विभिन्न इलाकाबाट रु.२ लाख १६ हजार ५ सय ५० बराबरको कपडा, किराना सामान र खसी नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१७ अलौ चौकबाट रु.१ लाख ४१ हजार ९३० बराबरको मोटरसाइकल र किराना सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।

जेनजी आन्दोलनमा वीरगंज महानगरलाई ११५ करोडको क्षति

0

वीरगंज । वीरगंज महानगरपालिकाको नगरपरिषदको मंगलबार बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागिबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएका छन् । प्रारम्भिक विवरणअनुसार हालसम्म करिब ११५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । वडा कार्यालय र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै संकलन भइरहेकाले पूर्ण तथ्याङ्क पछि सार्वजनिक गरिने उनले जानकारी दिए ।

नगरपरिषद बैठकले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गरी संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ । यसका लागि केही दिनमै विशेष अधिवेशन बोलाउने तयारी भएको छ । बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभागीय प्रमुखहरूले तत्काल पुनर्निर्माणको काम सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकले हालैको आन्दोलन वास्तविक जेनजी प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहर गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ र घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगरपरिषदले गरेको छ।

गत सातादेखि वीरगंजमा जेनजी आन्दोलनका नाममा भएको प्रदर्शन हिंसात्मक मोड लिँदै आएको थियो । यस क्रममा महानगर प्रमुख राजेशमान सिंहको निवाससहित सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको थियो । आगलागिबाट कार्यालयका कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका थिए ।

प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको जनाएको छ । बैठकले वीरगंजलाई फेरि सुचारु गर्न र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ।

सरकारद्वारा असोज १ मा ‘शोक दिवस’, जेनजी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मान

0

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा यही असाे १ गते बुधबार ‘शोक दिवस’ मनाउने निर्णय गरेको छ । सोमबार बसेको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने निर्णय भएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णयसमेत गरिएको उनले जानकारी दिए ।

सरकारले मृतकका परिवारलाई राहतस्वरूप यसअघि उपलब्ध गराउँदै आएको १० लाख रुपैयाँमा थप ५ लाख थप गरेर १५ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । साथै, ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको मृत्यु भएको र २ हजार ३१६ जना घाइते भएको सरकारको तथ्यांकमा उल्लेख छ । हाल २८३ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

मन्त्रिपरिषद् बैठकले आन्दोलनमा क्षति भएका निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि ‘पुनर्निर्माण कोष’ स्थापना गर्ने र उक्त कोषमा रकम जम्मा गर्न सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने योजना तयार पार्न शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

बैठकले आन्दोलनका घटनाबारे छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय पनि गरेको छ।

जेनजी आन्दोलनका क्रममा लुटिएको राइफलसहित दुई जना पक्राउ

0

जनकपुरधाम । ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको हो।

कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एक थान राइफलसमेत लुटिएको थियो। ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भाडाको घरमा रहेको लोक सेवा आयोगको कार्यालयमा चार पाङ्ग्रे गाडी चार थान, मोटरसाइकल चार थान, सिसीटिभी क्यामेरा लगायतमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।

गगन थापाको प्रस्ताव : निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्र सुदृढ पारौं

0

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन र संविधानको रक्षा आजको मुख्य जिम्मेवारी भएको बताएका छन् ।

जेन–जी युवाहरूको आन्दोलनपछि देश नयाँ राजनीतिक मोडमा पुगेको भन्दै उनले नेपाली कांग्रेसले वास्तविकता स्वीकार गरी तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनुपर्ने बताएका हुन्।

थापाले सोमबार एक सार्वजनिक वक्तव्य जारी गर्दै अन्तरिम सरकार गठन भइसकेको र निर्वाचनको मिति घोषणासमेत भएको अवस्थामा नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिको रूपमा निर्वाचन सुनिश्चित गर्ने दायित्व लिनुपर्ने बताएका छन्। “सरकार बिचलित वा अलमलियो भने खवरदारी गरौं, तर निर्वाचन समयमै र निष्पक्ष होस् भन्नेमा सबै लागौं,” उनले भने।

उनले आन्दोलनपश्चात राज्यद्वारा भएको दमनलाई अक्षम्य ठहर गर्दै छानबिन र दोषीमाथि कारबाहीको माग दोहोर्याएका हुन् । साथै, आन्दोलनका क्रममा भएका आगजनी, विध्वंश र क्षतिपूर्तिको वास्तविक मूल्यांकन गरी कानुनी कारबाहीमा जोड दिनुपर्ने बताएका छन् ।

पार्टीभित्र आमूल सुधारको आवश्यकता औंल्याउँदै थापाले सदस्यता, संगठन र नेतृत्व चयन प्रक्रियामा पूर्ण परिवर्तन गर्नुपर्नेमा जोड दिए । “पार्टी पुनर्गठनका लागि म स्वयं महामन्त्री पद छोड्न तयार छु,” थापाको भनाइ छ।

संविधान र लोकतान्त्रिक संस्थाको रक्षा, स्थानीय तहको पुनर्निर्माण र सेवाप्रवाहलाई प्रभावकारी बनाउन उनले पार्टीका सबै तहलाई सक्रिय हुन आह्वान गरे।

वक्तव्यको अन्त्यमा थापाले आन्दोलनमा घाइते र मृतक परिवारप्रति समवेदना प्रकट गर्दै “निर्दोष युवाहरूको बलिदान खेर जान नदिने” प्रतिबद्धता जनाएका छन्।

आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

0