Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

जेनजी आन्दोलनका क्रममा लुटिएको राइफलसहित दुई जना पक्राउ

spot_img
spot_img

जनकपुरधाम । ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको हो।

कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एक थान राइफलसमेत लुटिएको थियो। ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भाडाको घरमा रहेको लोक सेवा आयोगको कार्यालयमा चार पाङ्ग्रे गाडी चार थान, मोटरसाइकल चार थान, सिसीटिभी क्यामेरा लगायतमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...