Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा ई–रिक्सा र कपडा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल, १३ नं. गण पर्साले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइरहेको ई–रिक्सा र कपडा बरामद गरेको छ।

मंगलबार बिहान ७:५० बजे, वीरगंज महानगरपालिका–१४, गण्डकचोकस्थित प्रहरी सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको ९ जनाको गाडी मोबाइल टोलीले प्रदेश–२–०३–००१ ह ८३९ नं. ई–रिक्सा र त्यसमा राखिएको पर्दा नियन्त्रणमा लिएको थियो ।

बरामद पर्दाको मूल्य करिब ५० हजार ४ सय रुपैया रहेको छ भने ई–रिक्सा करिब ३ लाख रुपैया मूल्याङ्कन गरिएको छ । कुल मूल्य ३ लाख ५० हजार ४ सय बराबर रहेको बताइएको छ । उक्त बेला रिक्सा छोडेर व्यक्तिहरू भागेका थिए । बरामद वस्तु नियन्त्रणमा लिएर मंगलबार विहान १०:०० बजे वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नं. गण पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

त्यसैगरी, मंगलबार बिहान ११:०० बजे, पर्सा जिल्ला पकाहाँ मैनपुर गाउँपालिका ५, लक्ष्मीपुरस्थित सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको करिब ५४ हजार १५० रुपैया मूल्यको कपडा नियन्त्रणमा लिएको र भन्सारमा बुझाउने प्रक्रिया अघि बढाएकाे सुचना अधिकारी डिएसपी कार्कीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...