Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

जेनजी आन्दोलनपछि प्रचण्ड र नेपाल पार्टी काममा फर्किए, ओली–देउवा अझै सैनिक सुरक्षामा

spot_img
spot_img

काठमाडौं । हालैको जेनजी आन्दोलनपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पार्टीको काममा फर्किएका छन् । आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडका कारण उनीहरूलाई सुरक्षाको दृष्टिले सुरक्षित स्थानमा राखिएको थियो ।

जेनजी आन्दोलनका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि सैनिक सुरक्षामा रहेका छन् । भदौ २३–२४ गतेको आन्दोलनमा सरकारी कार्यालय, पार्टी कार्यालय र नेताका निजी निवासहरूमा आगजनी र तोडफोड भएको थियो।

नेपाली सेनाले उच्च सुरक्षा खतरा देखेर प्रचण्ड, नेपाल, झलनाथ खनाल लगायत अन्य नेताहरूलाई सुरक्षित स्थानमा सारेको थियो । अहिले प्रचण्ड र माधव नेपाल आफ्नै निवास तथा पार्टी कार्यालयमा फर्किसकेका छन् । तर, ओली र देउवा अझै सैनिक सुरक्षामा रहनुपर्ने अवस्था रहेको छ ।

जेनजि आन्दाेलनपछि ‘प्रचण्ड’ आन्दोलनको क्रममा तोडफोड र आगजनी भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदै गरेकाे सरसफाईमा सहभागि भएका छन भने अध्यक्ष नेपाल पनि आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रिय कार्यालय र नेताकाे घरहरुकाे अवलोकनमा देखिएका हुन् ।

जेनजी आन्दोलनले नेपाली राजनीतिको शीर्ष तहका नेताहरूको सुरक्षामा चुनौती थपिएको देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...