Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 10

मधेशमा नियमित पत्रपत्रिका प्रकाशनमा सप्तरी पहिलो, पर्सा दोस्रो

0
AI बाट तयार पारिएको तस्वीर

वीरगञ्ज । मधेश प्रदेशमा नियमित प्रकाशन हुने पत्रपत्रिकाको संख्यामा सप्तरी पहिलो र पर्सा दोस्रो स्थानमा रहेको पाइएको छ।

प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को तथ्यांकअनुसार सप्तरीमा ७१ र पर्सामा ५८ वटा पत्रपत्रिका नियमित प्रकाशनमा रहेका छन्।

यस्तै, धनुषामा ४३, बारामा २४, सिराहामा १२, महोत्तरी र रौतहटमा १०–१० तथा सर्लाहीमा ८ वटा पत्रपत्रिका नियमित प्रकाशन भइरहेका छन्।

काउन्सिलका अनुसार देशभरका ६८ जिल्लाबाट ९२७ वटा पत्रपत्रिका नियमित प्रकाशनमा छन्। तीमध्ये दैनिक २२५, अर्धसाप्ताहिक ३, साप्ताहिक ५३३, पाक्षिक १२, मासिक १०८, द्वैमासिक १६, त्रैमासिक २१ र वार्षिक एक वटा छन्।

तथ्यांकले मधेश प्रदेशमा छापा सञ्चारमाध्यमको उपस्थिति जिल्लाअनुसार फरक रहेको देखाएको छ। पर्सामा ५८ वटा पत्रपत्रिका नियमित प्रकाशनमा रहनुले वीरगञ्जसहित जिल्लाको सञ्चार क्षेत्रमा रहेको सक्रियतालाई समेत प्रतिबिम्बित गरेको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

0

वीरगञ्ज । एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार गरी असोज ७ गते राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याएकी महिलाको परिवार पहिचान भएपछि बिहीबार उनका भाइ सोहन रायको जिम्मा लगाइएको हो।

आश्रमका अनुसार ती महिला भारतको मोतिहारी जिल्ला, राजेपुर थाना, मोहम्मदपुर सागर गाउँकी हुन्। उनी करिब एक वर्षदेखि परिवारसँग सम्पर्कविहीन थिइन्।

महिलाको परिवार पहिचानका लागि आश्रमले निरन्तर खोजी तथा विभिन्न पक्षसँग समन्वय गरेको थियो। सोही क्रममा परिवारसँग सम्पर्क स्थापित भएपछि उनलाई भाइ रायको जिम्मा लगाएर पुनर्मिलन गराइएको आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले जानकारी दिनुभयो।

उहाँका अनुसार परिवारबाट टाढा रहेकी महिलालाई आफन्तसँग पुनः जोड्न सक्नु आश्रमको सेवाकार्यको महत्वपूर्ण उपलब्धि हो।

आश्रमले उद्धार तथा परिवार खोजीमा सहयोग गर्ने इलाका प्रहरी कार्यालय प्रसौनी, सामाजिक अभियन्ता विनय कुमारलगायत सबैप्रति आभार व्यक्त गरेको छ। मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा भेटिएका व्यक्तिको उद्धार, संरक्षण र परिवार पहिचान गरी पुनर्मिलन गराउँदै आएको जनाएको छ।

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

0

महोत्तरी । देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ ।

परिवारको पालनपोषणदेखि अन्य खर्चको जोहो गरिने मुख्य अन्नबाली धान बीउ राख्नदेखि रोपाइँ, स्याहार र उत्पादनसम्म भरपर्दो हुन नसक्दा यहाँका किसान अन्योलमा परेका हुन् ।

सिँचाइको भरपर्दो सुविधा नहुनु, खेतीको ठीक समयमा बीउ/मल नपाइनु र बर्सेनि जस्तै हुने प्रतिकूल मौसमले किसानमा धानखेतीबाट जीवन धान्न कठिन बन्दै गएको धारणा बनेको छ ।

“धानबालीलाई सिँचाइ नै मुख्य कुरा हो, आकासे पानीकै भरमा खेती गर्नुपरेको छ, बाली अनुकूल वर्षा हुन छाडेपछि बर्सेनि कसरी रोपाइँ गर्ने भन्ने चिन्ता हुन्छ”, भङ्गाहा–४ पलारका किसान रामनारायण थारु भन्नुहुन्छ, “खेतीका बेला बीउ÷मल पनि पाइँदैन, खै अब धानखेतीले धान्न सकिएलाजस्तो छैन ।”

पुस्तौँदेखि बाबुबाजेले गर्दै आएका यो खेती अब धान्न सकिएला भन्ने आश मर्दै गएको ७० वर्षीय थारुको भनाइ छ । थारुकै छिमेकी ८० वर्षीय चौठी बाँतर पनि केही वर्षयता धानखेतीबाट दिक्दारी हुनुभएको छ । पहिलेपहिले बीउ राख्ने, रोप्ने र धान गाँजिने समय मिलाएर वर्षा हुने गरेको बाँतर सम्झनुहुन्छ । “खेतीहर जन जति पाइन्थे, पानीको मूल जताततै थियो, बीउ किसानले आफैँ साँचेर राख्थे, रोगब्याधको पनि अहिलेको जस्तो प्रकोप थिएन”, पुराना कुरा सम्झँदै बाँतर भन्नुहुन्छ, “देख्दादेख्दै ती पानीका मूल कसरी मासिए, यो कस्तो समय आयो भन्ने लाग्छ ।”

धानलाई बीउ राख्नदेखि रोपाइँ गर्नसम्म प्रशस्त पानी चाहिन्छ । रोपेको धानलाई पनि केही दिनको अन्तरमा बगिरहने पानी आवश्यक पर्छ । त्यसका लागि कुलो÷नहरको पहुँच जिल्लामा निकै कम छ । यसले धानखेतीलाई प्रभावित पार्दै आएको किसान बताउँछन् ।

जिल्लामा जम्मा ७१ हजार हेक्टर जग्गा खेतीयोग्य छ । कुल जग्गामध्ये १० प्रतिशत जग्गामा मात्र कुलो÷नहर पुगेको छ । भूमिगत जलस्रोतको समेत प्रयोगले जम्मा ३० प्रतिशत हाराहारी जग्गामा सिँचाइ पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको तथ्याङ्क छ ।

सिञ्चित भनिएका ठाउँमा पनि पानीका स्रोतका मुहान सुकेका छन् । धान धेरै पानी चाहिने बाली हुँदा आकाशकै भरको पानीले अपेक्षित रोपाइँ र उत्पादन लिन नसकिएको बलवा–११ का उत्तिम माझी बताउनुहुन्छ । “सिँचाइ त मुख्य पक्ष भयो नै, भरपर्दो बीउ, मल पनि समयमा नपाएर भौतारिनुपरेको छ”, माझी भन्नुहुन्छ, “धान रोपाइँका बेला जन (मजदुर) पाइँदैनन्, अब यो खेती धान्न गा¥ह्रो छ ।”

जिल्लामा अनुकूल वर्षाहुँदा विगतमा ४५ देखि ५० हजार हेक्टरसम्म धानखेती भएको पुराना कृषि अधिकारी सम्झन्छन् । त्यतिखेर जिल्ला कृषि विकास कार्यालय हुँदा महोत्तरीकै कार्यालयमा कृषि अधिकृत रहनुभएका रामबहादुर भुजेल विसं २०५४/५५ अघिलाई सम्झँदै ४५ हजार हेक्टर त बाक्लै नाघ्ने गरेको बताउनुहुन्छ ।

पछि २०८० यताकै वर्षमा पनि २०८१ सालमा ४२ हजार ५०० हेक्टरमा धानबाली लगाइएको तथ्याङ्क कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको छ ।

त्यसअघि २०८० मा ४० हजार ३२१ हेक्टरमा धानबाली लागेको कार्यालयको तथ्याङ्क छ । विसं २०८२ मा भने लामो खडेरीले ३० हजार ९८६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको थियो । त्यो पनि गत वर्ष असोज दोस्रो साताको वर्षा र बाढीले धानबाली निकै क्षति गर्दा उत्पादन ८० हजार १७७ मेट्रिकटनमात्र उत्पादन हुन सकेको कार्यालयका सूचना अधिकारी कृषि विज्ञ अविरलकुमार महतोले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा धानखेती बढेको छ । यस वर्ष पनि पानीको पर्याप्तता थिएन । तर किसानले पानी जुटाउन मेहनत बढाएर करिब ३६ हजार हेक्टरमा धान रोपाइँ भएको महतोले बताउनुभयो । धान काट्ने र दाइँ गर्ने बेलासम्म अनुकूल मौसम रहे यसपटक उत्पादन एक लाख मेट्रिकटन नाघ्ने कार्यालयको आकलन छ । मुख्य रुपमा पानीकै उपलब्ध नहुनाले धानखेतीमा भर पार्ने गरेको छ ।

बर्सेनि रोपाइँको क्षेत्रफल र उत्पादनमा देखिने फरक मुख्यतः वर्षाको अनुकूलता र प्रतिकूलताले गर्दा भएको पाका किसान बताउँछन् । “पछिल्ला १० वर्षयता कहिल्यै सोचेजति धान रोप्न पाइएको छैन, यस्तो हुनुमा पानी, बीउ, मलको अभाव नै कारण हो”, भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय किसान दीपनारायण चौधरी थारु भन्नुहुन्छ, “हाम्रा बस्तीपिच्छे नदी, खोलाखोल्सी र जलाधार क्षेत्र छन्, तर तिनलाई व्यवस्थित तुल्याएर किसानको खेतसम्म पानी पु¥याउने प्रबन्ध हुन सकेको छैन, यसले किसानको जाँगर मर्दै गएको छ ।” सिँचाइका लागि वरदान हुनपर्ने नदी र खोलाको समुचित प्रबन्ध गर्न नसकिदा बर्सेनि भेलले घर, खेत, बालीनाली बगाउने अभिशाप बनेका चौधरीको थप भनाइ छ ।

किसानलाई खेतीमा उत्साहित गर्न तीनै तहका सरकारले सिँचाइ, बीउ/मल र सुलभ कृषि ऋणको व्यवस्था र उत्पादनमा अनुदानको उचित प्रबन्ध गर्नसके खेती जगाउन सकिने पाका किसान बताउँछन् ।

धानलगायत परम्परागत खेतीबालीका लागि लागत बढ्दै गएकाले थाम्नसक्ने सामथ्र्य किसानले गुमाउँदै गएका कृषि क्षेत्रकै सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–६ सग्रामपुरका कृषिविज्ञ जासर यादव बताउनुहुन्छ ।

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

0

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ ।

वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो आएपछि  महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयलाई प्रत्येक हप्ता शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन निर्देशन दिएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको जानकारीमा आएपछि दुई दिन अनिवार्य बिदा गर्न निर्देशन दिइएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।

नगर शिक्षा समितिको यही असोज ५ गतेको निर्णयअनुसार महाशाखाले परिपत्र जारी गर्दै विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न सबै विद्यालयलाई ताकेता गरेको हो । महानगरले भनेको छ, “शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शनिबार र आइतबार गरी दुई दिन बिदा दिँदा विद्यार्थीको पठनपाठन समय तथा वार्षिक कार्यघण्टामा कमी आउन नदिने गरी विद्यालयले आवश्यक व्यवस्थापन गर्नुपर्छ, त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशनअनुसार दैनिक पठनपाठनको समय, वार्षिक शैक्षिक क्यालेन्डर र आवश्यक बिदालाई समायोजन गर्न विद्यालयसँग आग्रह  छ ।”

राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम

0

काठमाडौँ । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै निर्वाचित सदस्यतर्फको रिक्त पदका लागि निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम उपनिर्वाचनको प्रक्रिया अघि बढाइरहेको जानकारी दिनुभयो ।

उहाँले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यको पदपूर्तिका लागि संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पु¥याएको योगदान तथा राष्ट्रियसभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस गर्ने प्रक्रिया यथाशीघ्र निष्कर्षमा पु¥याइने बताउनुभयो ।

मन्त्री गौतमले राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनित सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको बताउँदै संसद्का सदस्यको पद रिक्त राख्नु उपयुक्त नहुनेमा सरकार सचेत रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार आगामी दिनमा सङ्घीय संसद्, निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच प्रभावकारी समन्वय गरी राष्ट्रियसभामा पद रिक्त भएपछि पदपूर्तिका लागि गर्नुपर्ने सिफारिस वा निर्वाचनसम्बन्धी प्रक्रिया समयमै प्रारम्भ गरिनेछ ।

मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

0

रौतहट । रौतहटको बौधीमाई नगरपालिकाको बङ्कुल बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका–९ स्थायी ठेगाना भई हाल बौधीमाई न.पा–९ मा रहँदै आएका करिब २८ वर्षीय दीपेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्थानीय मौलापुर–बङ्कुल सडकमा आज बिहान यात्रा गरिरहेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा निजको मृत्यु भएको बङ्कुल प्रहरी चौकीका सहायक निरीक्षक रमेशप्रसाद यादवले जानकारी दिनुभयो । घटनास्थल सो प्रहरी चौकीबाट करिब तीन किलोमिटर उत्तरपूर्वमा रहेको छ ।

प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीका अनुसार उक्त घटनाको सन्दर्भमा विस्तृत रुपमा अनुसन्धान भइरहेको र मृतकको शव हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

रोजगारीका सिलसिलामा विदेश गई एक हप्ताअघि मात्र गाउँ फर्केका मृतक दास मौलापुरस्थित ससुराली घरमा बस्दै आएको र निजको श्रमतीसहित दुई छोरी रहेको बौधीमाई नपा–९ का वडाअध्यक्ष मुक्तिनारायण मिश्रले जानकारी दिनुभयो ।

धनुषामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु

0

जनकपुर । धनुषामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृको मृत्यु भएको हो । मृत्यु हुनेमा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक ३६ वर्षीय हरि महतो रहो छन् । प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा पल्टिएर  उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लिगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगत्यु भएको छ भने एक घाइते भएका छन् ।

मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकरपालिका–६, गोदारका ३० वर्षीय हरि विक घाइते भएका छन् ।

यसैबीच धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको करेन्ट लागेर मृत्यु भएको छ ।

पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा साहको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खनालका अनुसार साह छिमेकीको घरमा विद्युत् मर्मतको कार्य गर्ने क्रममा उनको करेन्ट लागेर मृयु भएको हो ।

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

1

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई भण्डारण व्यवस्थापन गर्न सकस परेको छ।

पछिल्लो तीन सातादेखि निरन्तर युरिया र डिएपी मल भित्रिएपछि कम्पनीका वीरगञ्जस्थित अधिकांश नियमित गोदाम भरिएका छन्। गोदाममा ठाउँ नपुगेपछि कम्पनीले गण्डक नहरको पश्चिमतर्फ निजी गोदाम भाडामा लिएर मल भण्डारण गर्न थालेको छ।

कम्पनीका निमित्त प्रमुख दिनेश शर्माका अनुसार वीरगञ्जस्थित आफ्नै कार्यालय परिसर, भुटनदेवी तथा नेसनल ट्रेडिङको भाडाको गोदाममा समेत मल भण्डारण गरिए पनि ठाउँ अपुग भएपछि थप निजी गोदाम लिनुपरेको हो।

सरकारले जिटुजी प्रक्रियामार्फत भारतबाट खरिद गरेको ३० हजार टन युरियामध्ये हालसम्म २ हजार ६ सय ५४ टन वीरगञ्ज भित्रिइसकेको छ। कुल परिमाणमध्ये ११ हजार ५ सय टन वीरगञ्ज प्रादेशिक कार्यालयका लागि तोकिएको छ। बाँकी मल भैरहवा र विराटनगर कार्यालयका लागि भए पनि ठूलो हिस्सा वीरगञ्ज नाकाबाटै आयात गरी सम्बन्धित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ।

त्यस्तै, जिटुजीअन्तर्गत खरिद गरिएको २० हजार टन डिएपीमध्ये ४ हजार ९ सय ७७ टन वीरगञ्ज आइपुगेको छ। यसमध्ये ७ हजार ६ सय टन मधेस प्रदेशका लागि राखिनेछ।

हाल कृषि सामग्री कम्पनीको वीरगञ्ज प्रादेशिक कार्यालयको जिम्मामा १५ हजार ७ सय टन युरिया, ८ हजार ९ सय ६४ टन डिएपी र ३ हजार ४ सय ७१ टन पोटास मौज्दात रहेको जनाइएको छ।

धानका लागि हाल मलको माग कम रहेकाले मौज्दात रहेको मल आगामी हिउँदे बालीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ। विशेषगरी गहुँ, तोरी तथा अन्य तेलहन बालीका लागि किसानलाई मल वितरण गरिनेछ।

यसैबीच, वीरगञ्ज नाकाबाट आउने मलको परिमाण अझ बढ्ने भएको छ। कम्पनीले ग्लोबल टेन्डरमार्फत थप ३० हजार टन युरिया र ३० हजार टन डिएपी खरिद गरिसकेको छ। उक्त मलका कन्साइनमेन्ट केही दिनभित्रै वीरगञ्ज आइपुग्ने कम्पनीले जनाएको छ।

नेपालमा आयात हुने रासायनिक मलको ठूलो हिस्सा वीरगञ्ज नाकाबाट भित्रिने र यहाँबाट मधेससँगै बागमती तथा गण्डकी प्रदेशसम्म आपूर्ति हुने गरेको छ। तर, आयातको तुलनामा भण्डारण पूर्वाधार पर्याप्त विकास हुन नसक्दा थप ६० हजार टन मल भित्रिएपछि व्यवस्थापन चुनौती झनै बढ्ने देखिएको छ।

समयमै थप भण्डारण स्थलको व्यवस्था नगरे वीरगञ्ज नाकाबाट भित्रिने मललाई सुरक्षित रूपमा व्यवस्थापन गर्न समस्या उत्पन्न हुने जोखिम देखिएको छ।

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

0

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिक गागन खोलाको पुल क्षेत्रमा गएराति करिब १ बजे विशेष सुराकीका आधारमा खटिएको सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो पिकअप र त्यसलाई स्कर्टिङ गर्दै अघि बढिरहेको स ६ प ४८५९ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

प्रहरीले सवारीसाधन रोक्न खोज्दा गस्ती टोलीलाई देख्नासाथ दुवै सवारीका चालकहरू सवारीसाधन छाडेर फरार भएका थिए। त्यसपछि बोलेरो पिकअपको पछाडि लोड गरिएका २६ वटा जुटका बोरा खानतलासी गर्दा १ हजार १०२ दशमलव ६५५ किलोग्राम अर्थात् ११ क्विन्टल २ किलोभन्दा बढी गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजा, बोलेरो पिकअप र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

रातको समयमा बरामद भएको गाँजा सीमापार भारततर्फ तस्करी गर्ने उद्देश्यले ओसारपसार भइरहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। फरार चालक तथा घटनामा संलग्न तस्कर समूहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

0

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला सो पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।

देउवा समूहले पनि १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेका लागि तोेकेको छ । सोहीअनुसार नै यस समूहले यही असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।

सो समूहले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकेको जानकारी सो पार्टीका नेता किरणराज पौडेलले दिनुभयो ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो तर संस्थापन पक्ष भने यही असोज ३ गतेदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो । देउवा पक्षले आजदेखि सुरु गर्न लागेको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ ।

सो समूहको महाधिवेशन आयोजक समितिका संयोजक डा शशाङ्क कोइरालाले वडा तहदेखि नै सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरुलाई उच्च मनोबल, उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ ।

देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।