Date
बुध, मंसिर २, २०८३
Wed, November 18, 2026

मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु

spot_img
spot_img

रौतहट । रौतहटको बौधीमाई नगरपालिकाको बङ्कुल बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका–९ स्थायी ठेगाना भई हाल बौधीमाई न.पा–९ मा रहँदै आएका करिब २८ वर्षीय दीपेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्थानीय मौलापुर–बङ्कुल सडकमा आज बिहान यात्रा गरिरहेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा निजको मृत्यु भएको बङ्कुल प्रहरी चौकीका सहायक निरीक्षक रमेशप्रसाद यादवले जानकारी दिनुभयो । घटनास्थल सो प्रहरी चौकीबाट करिब तीन किलोमिटर उत्तरपूर्वमा रहेको छ ।

प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीका अनुसार उक्त घटनाको सन्दर्भमा विस्तृत रुपमा अनुसन्धान भइरहेको र मृतकको शव हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

रोजगारीका सिलसिलामा विदेश गई एक हप्ताअघि मात्र गाउँ फर्केका मृतक दास मौलापुरस्थित ससुराली घरमा बस्दै आएको र निजको श्रमतीसहित दुई छोरी रहेको बौधीमाई नपा–९ का वडाअध्यक्ष मुक्तिनारायण मिश्रले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वीरगंज । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् । ५५...

अमात्यको स्वास्थ्य अवस्थाबारे बुझ्दै देउवाले गरे राजनीतिक छलफल

वीरगंज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यको निवासमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी...

आन्दोलनको तयारीमा जुट्न एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका...