Date
बुध, मंसिर २, २०८३
Wed, November 18, 2026

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

spot_img
spot_img

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिक गागन खोलाको पुल क्षेत्रमा गएराति करिब १ बजे विशेष सुराकीका आधारमा खटिएको सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो पिकअप र त्यसलाई स्कर्टिङ गर्दै अघि बढिरहेको स ६ प ४८५९ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

प्रहरीले सवारीसाधन रोक्न खोज्दा गस्ती टोलीलाई देख्नासाथ दुवै सवारीका चालकहरू सवारीसाधन छाडेर फरार भएका थिए। त्यसपछि बोलेरो पिकअपको पछाडि लोड गरिएका २६ वटा जुटका बोरा खानतलासी गर्दा १ हजार १०२ दशमलव ६५५ किलोग्राम अर्थात् ११ क्विन्टल २ किलोभन्दा बढी गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजा, बोलेरो पिकअप र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

रातको समयमा बरामद भएको गाँजा सीमापार भारततर्फ तस्करी गर्ने उद्देश्यले ओसारपसार भइरहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। फरार चालक तथा घटनामा संलग्न तस्कर समूहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अमात्यको स्वास्थ्य अवस्थाबारे बुझ्दै देउवाले गरे राजनीतिक छलफल

वीरगंज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यको निवासमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी...

आन्दोलनको तयारीमा जुट्न एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका...

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा प्रहरीको सचेतनामूलक र्‍याली

वीरगन्ज । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सामाजिक सचेतना अभिवृद्धिका लागि मंगलबार विशेष सचेतनामूलक कार्यक्रम...