Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

spot_img
spot_img

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका जिल्ला संयोजक जय प्रकाश थारुद्वारा जारी प्रेस विज्ञप्तिमा सरस्वती आधारभूत विद्यालय, दक्षिणवयाह नर्सरीमा अध्ययनरत बालिका चौधरी साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएको र खोजीका क्रममा भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा विभत्स तथा अमानवीय अवस्थामा शव फेला परेको उल्लेख गरिएको छ ।

घटनाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको भन्दै विज्ञप्तिमा पछिल्लो समय तराईसहित देशका विभिन्न क्षेत्रमा बढ्दै गएका अमानवीय, क्रूर र जघन्य आपराधिक घटनाको घोर भर्त्सना गरिएको छ ।

यस्ता घटना रोक्न प्रहरी प्रशासन तथा सम्बन्धित निकायले उच्च सतर्कता अपनाउनुपर्ने भन्दै पार्टीले दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । साथै, सिमराको घटनापछि जनतामा त्रास र भय बढेको भन्दै आम नागरिकको जिउधन तथा भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरिएको छ ।

पार्टीले सबै समुदायलाई आपसी समन्वय र सतर्कता अपनाउँदै सुरक्षित रहन अपिल गरेको छ । साथै, बालिका गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

यस्ता आपराधिक तथा अमानवीय घटना रोक्न आवश्यक परे नेपालको विद्यमान कानुन संशोधन गरेर भए पनि दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

4 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...