Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

वीरगंजका होटलमा अनुगमन, तीन व्यवसायीलाई जरिवाना

spot_img
spot_img

वीरगंज । जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले मूल्य पारदर्शिता सप्ताह अन्तर्गत शुक्रबार वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनहरूमा आकस्मिक अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत कार्य गरेको पाइएपछि तीन व्यवसायीलाई कुल ७५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका अनुसार वीरगंज महानगरपालिका वडा नं. ११ मा सञ्चालित तराई हस्पिटलका क्यान्टिनका सञ्चालक दिपक शाहलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम कार्य नगरेको तथा दफा ३८ (ट) बमोजिम कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसैगरी वडा नं. १३ मा सञ्चालित होटल शेखर थापाकी सञ्चालक ज्योति मगरलाई ऐनको दफा १५ विपरीत कार्य गरेको तथा दफा ३८ (घ) अनुसार कसुर गरेको पाइएकाले दफा ३९ (१) (क) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।

यस्तै, वडा नं. १३ मै रहेको चौधरी होटलकी सञ्चालक उर्मिला महतोलाई पनि सोही ऐन अन्तर्गत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमन टोलीले वडा नं. १३ मा व्यवसाय सञ्चालन गर्दै आएकी अनु देवीलाई भने व्यवसाय सुधार गर्न सामान्य निर्देशन दिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपभोक्ताको अधिकार संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बारामा क्रसर सञ्चालक पटेलमाथि आक्रमण, एक जना घाइते

वीरगंज । बाराको महागढीमाई नगरपालिका–१ स्थित पासाहा पुलनजिक रहेको शुभश्री जगदम्बा वासिङ एण्ड क्रसिङ कम्पनीका सञ्चालक अनिल कुमार पटेलमाथि आक्रमण भएको छ । शनिबार...

भारतीय मोटरसाइकलको ठक्करबाट बारामा २५ वर्षीय युवकको मृत्यु, चालक फरार

बारा । बाराको सुवर्ण गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ठक्कर दिएपछि मोटरसाइकल चालक सवारीसाधनसहित फरार भएका छन्...

राष्ट्रिय खेलकुदका लागि तेक्वान्दोमा पर्साका ६ खेलाडी प्रदेशस्तरीय छनोटमा प्रथम

वीरगन्ज । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित मधेस प्रदेशस्तरीय छनोट प्रतियोगितामा तेक्वान्दोतर्फ पर्सा जिल्लाका ६ जना खेलाडीले प्रथम स्थान हासिल गरेका छन्। मधेस प्रदेश...