Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026

राष्ट्रिय खेलकुदका लागि तेक्वान्दोमा पर्साका ६ खेलाडी प्रदेशस्तरीय छनोटमा प्रथम

spot_img
spot_img

वीरगन्ज । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित मधेस प्रदेशस्तरीय छनोट प्रतियोगितामा तेक्वान्दोतर्फ पर्सा जिल्लाका ६ जना खेलाडीले प्रथम स्थान हासिल गरेका छन्।

मधेस प्रदेश तेक्वान्दो संघको सहकार्यमा बाराको निजगढमा मङ्सिर ४ र ५ गते सञ्चालन भएको छनोट प्रतियोगितामा पर्साका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न तौल समूहमा प्रथम स्थान हासिल गरेका हुन्।

प्रथम स्थान हासिल गर्ने खेलाडीहरूमा ५४ केजी तौल समूहमा आसिफ हुसेन अन्सारी, ६८ केजीमा मोहम्मद शोएब अख्तर, ७४ केजीमा विक्रान्त डंगोल, ८० केजीमुनि इमरान शेख र ८७ केजीमा रोहन पटेल रहेका छन्।

त्यसैगरी महिलातर्फ ६३ केजी तौल समूहमा नाजिया हसन सिद्दिकीले प्रथम स्थान हासिल गरेकी छन्।

प्रतियोगितामा पर्साकै दीपेश मानन्धरले ८७ केजीभन्दा माथिको तौल समूहमा दोस्रो स्थान प्राप्त गरेका छन् भने कुकी मुखियाले ५७ केजी तौल समूहमा तेस्रो स्थान हासिल गरेकी छन्।

छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका पर्साका ६ खेलाडीले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।

प्रदेशस्तरीय छनोटमा पर्साका खेलाडीहरूको सफलताले जिल्लाको तेक्वान्दो खेलको विकास र सम्भावनालाई थप उजागर गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसंगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस

विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि थाती रहेका सबै विषय...

छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि निचुटा माविलाई

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले जितेको छ। दिव्य विकास स्रोत केन्द्र,...

प्रगतिशील युवा क्लबको कार्यक्रममा ५१ जनाद्वारा रक्तदान

वीरगञ्ज । प्रगतिशील युवा क्लब वीरगञ्ज–१५, प्रतिमाचोकको आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। क्लबको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले...