Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026

छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि निचुटा माविलाई

spot_img
spot_img

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले जितेको छ।

दिव्य विकास स्रोत केन्द्र, पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगिताको फाइनल खेलमा निचुटा माविले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रंगपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनल समारोह दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि तथा उपाध्यक्ष ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य साजिना विक रसैली, दिव्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरी, वित्त तथा प्रशासन संयोजक श्यामकिशोर प्रसाद चौहानलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतियोगितामा विजेता निचुटा मावि र उपविजेता रंगपुर माविका टोलीलाई गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष महतो तथा दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक कुर्मीले मेडल, ट्रफी र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

छात्राहरूको खेलकुदप्रतिको रुचि र क्षमता अभिवृद्धि गर्नुका साथै आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन, आपसी सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

विद्यालय तहमा छात्राहरूको खेलकुद सहभागिता बढाउँदै लैङ्गिक समानता प्रवर्द्धन तथा छात्रामैत्री शैक्षिक वातावरण निर्माणमा योगदान पुर्‍याउने लक्ष्यसमेत प्रतियोगिताले राखेको आयोजक संस्थाले जनाएको छ ।

दिव्य विकास स्रोत केन्द्र, पर्साले स्थानीय अधिकार कार्यक्रममार्फत बालबालिका तथा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण, समावेशी शिक्षा र लैङ्गिक समानताको प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसंगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस

विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि थाती रहेका सबै विषय...

प्रगतिशील युवा क्लबको कार्यक्रममा ५१ जनाद्वारा रक्तदान

वीरगञ्ज । प्रगतिशील युवा क्लब वीरगञ्ज–१५, प्रतिमाचोकको आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। क्लबको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले...

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि काम स्वीकार्य हुँदैन : माधव नेपाल

भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्। शनिबार भक्तपुरमा नेपाली...