Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026

बारामा क्रसर सञ्चालक पटेलमाथि आक्रमण, एक जना घाइते

spot_img
spot_img

वीरगंज । बाराको महागढीमाई नगरपालिका–१ स्थित पासाहा पुलनजिक रहेको शुभश्री जगदम्बा वासिङ एण्ड क्रसिङ कम्पनीका सञ्चालक अनिल कुमार पटेलमाथि आक्रमण भएको छ । शनिबार बिहान करिब ९ः२४ बजे ३० देखि ३५ जनाको समूहले क्रसर उद्योगमै पुगेर आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको पटेलले आरोप लगाएका छन् ।

पटेलले मधेश प्रदेशका पूर्वअर्थमन्त्री सुनिल कुमार यादवसहितको समूहले आफूमाथि आक्रमण गरेको आरोप लगाएका हुन् । उनका अनुसार महागढीमाई नगरपालिका–२ इनर्वाका रामप्रसादसँग चेक अनादरसम्बन्धी मुद्दा बारा जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दा फिर्ता लिन दबाब दिँदै रामप्रसादले पटक–पटक ज्यान मार्ने धम्कीसहित दबाब दिँदै आएका हुन् ।

शनिबार बिहान क्रसर उद्योगमा काम गरिरहेको अवस्थामा रामप्रसादसहितको समूहले आफूलाई चारैतिरबाट घेराबन्दी गरी कुटपिट गरेको पटेलले बताएका छन् । सो क्रममा सुनिल कुमार यादव भन्ने जितेन्द्र कुमार यादवले हकी प्रहार गरेको र बच्चुलाल यादवले हेलमेटले टाउकोमा प्रहार गरेको उनको दाबी छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार पटेलमाथि आक्रमण भइरहेको देखेपछि बचाउन पुगेका क्रसरका कर्मचारी मनोज साहमाथि पनि कुटपिट भएको थियो । बच्चुलाल यादवले लाठी तथा लात्तीले छातीमा प्रहार गर्दा साह गम्भीर घाइते भएको पटेलले बताएका छन् ।

घटनामा घाइते भएका पटेल र साहलाई सुरुमा कलैया अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो एण्ड जनरल हस्पिटलमा लगिएको हो ।

घटनापछि प्रहरी चौकी बरियारपुरको टोली घटनास्थल पुगेको र त्यसपछि आक्रमणमा संलग्नहरू फरार भएको पटेलको भनाइ छ । उनले घटनाको भिडियो रेकर्ड, अस्पतालको जाँच पुर्जी तथा अन्य प्रमाणसमेत प्रहरीसमक्ष पेस गरेको बताएका छन् । घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यता, आरोपित पूर्वमन्त्री सुनिल कुमार यादवले भने आफूले कसैमाथि आक्रमण नगरेको दाबी गरेका छन् । दुई पक्षबीच झगडा भइरहेको जानकारी पाएपछि छुटाउनका लागि आफू घटनास्थल पुगेको उनले बताए । दुई जनाबीचको लेनदेनसम्बन्धी विवादका कारण झगडा भएको उनको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारतीय मोटरसाइकलको ठक्करबाट बारामा २५ वर्षीय युवकको मृत्यु, चालक फरार

बारा । बाराको सुवर्ण गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ठक्कर दिएपछि मोटरसाइकल चालक सवारीसाधनसहित फरार भएका छन्...

राष्ट्रिय खेलकुदका लागि तेक्वान्दोमा पर्साका ६ खेलाडी प्रदेशस्तरीय छनोटमा प्रथम

वीरगन्ज । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित मधेस प्रदेशस्तरीय छनोट प्रतियोगितामा तेक्वान्दोतर्फ पर्सा जिल्लाका ६ जना खेलाडीले प्रथम स्थान हासिल गरेका छन्। मधेस प्रदेश...

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसंगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस

विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि थाती रहेका सबै विषय...