Date
आइत, मंसिर ६, २०८३
Sun, November 22, 2026

भारत भ्रमणबारे प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसंगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस

spot_img
spot_img

विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच लामो समयदेखि थाती रहेका सबै विषय समाधान गर्न सुझाव दिएका छन्।

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै अध्यक्ष साहले उक्त सम्बन्धलाई थप उचाइमा पुर्‍याउने गरी प्रधानमन्त्रीको भ्रमण फलदायी हुनुपर्ने बताएका हुन्। भारतसँगको द्विपक्षीय व्यापारलाई बढावा दिँदै ठूलो व्यापार घाटा कम गर्ने गरी नयाँ सम्झौता गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

शनिबार विराटनगरमा अग्रगामी मोर्चाले आयोजना गरेको भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै साहले भारतसँग नेपालको व्यापार घाटा निकै ठूलो रहेको बताए। उनले भने, ‘भारतसँग हाम्रो ऐतिहासिक सम्बन्ध छ, यो सम्बन्धलाई अझै उचाइमा पुर्‍याउनुपर्छ। भारतसँगको सम्बन्धमा व्यापार मुख्य कुरा हो। अहिले भारतसँग हाम्रो एकदमै ठूलो व्यापार घाटा छ, यसलाई कम गर्ने गरी नयाँ सम्झौता गर्न आवश्यक छ।’

सोही क्रममा अध्यक्ष साहले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेको टिप्पणी गरे। देशका प्रमुख संस्थागत संरचनाहरू नै कमजोर बन्दै गएको भन्दै उनले सुरक्षा संयन्त्र, न्यायालय, कर्मचारीतन्त्र र संवैधानिक निकायको अवस्थाप्रति चिन्ता व्यक्त गरे।

सुरक्षा संयन्त्र आफैँ आन्तरिक विवादमा फसेको, न्यायालयको साख खस्किएको, कर्मचारीतन्त्रमा आतंक सिर्जना भएको तथा संवैधानिक निकायहरू भय र त्रासमा रहेको उनको भनाइ थियो। यस्तो अवस्थाले मुलुकलाई असफलतातर्फ धकेल्न सक्ने साहले चेतावनी दिए।

आफ्नै दलको नेतृत्वमा सरकार बनेको आठ महिना बितिसक्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मूल नेतृत्वले सरकारलाई स्वाभाविक सहयोग नगरेको साहले आरोप लगाए। रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई सत्ताबाट हटाउने प्रपञ्च रचिरहेको तथा पुराना दलका असफल नेताहरूसँग निरन्तर साठगाँठ गरिरहेको उनको दाबी थियो।

रास्वपासँगको राजनीतिक सहकार्य प्रधानमन्त्री शाहकै लागि प्रत्युत्पादक हुन सक्ने साहको आकलन छ। प्रधानमन्त्री शाहको व्यक्तिगत व्यक्तित्व र राजनीतिक छवि तुलनात्मक रूपमा स्वच्छ भए पनि रास्वपाको नेतृत्व पंक्तिको छविमा दाग रहेको उनले टिप्पणी गरे।

रास्वपामा अन्य दलमा असफल भएका, बिग्रिएका र अवसरको खोजीमा रहेकाहरूको जमघट रहेको आरोप लगाउँदै साहले उक्त पार्टी भ्रष्टाचारी, दुराचारी र अत्याचारीहरूको ओत लाग्ने थलो बनेको दाबी गरे।

देशलाई असफलताबाट जोगाउन वर्तमान राजनीतिक तथा संवैधानिक व्यवस्थामै आमूल सुधार गर्नुपर्ने आवश्यकता रहेको साहले बताए। खराब व्यवस्थाकै कारण मुलुकले दशकौँदेखि समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले तत्काल संविधान खारेज गरी अन्तरिम संविधान निर्माण गर्नुपर्ने धारणा राखे।

नेपालका सबैखाले आन्दोलन सम्झौतामै टुंगिने गरेका कारण आन्दोलनका मूल उद्देश्य पूरा हुन नसकेको उनको भनाइ थियो। खराब व्यवस्थाका कारण देश र जनता झन् ठूलो बेथितिको सिकार बन्नुपरेको टिप्पणी गर्दै साहले व्यवस्थागत परिवर्तनको आवश्यकता औंल्याए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि निचुटा माविलाई

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले जितेको छ। दिव्य विकास स्रोत केन्द्र,...

प्रगतिशील युवा क्लबको कार्यक्रममा ५१ जनाद्वारा रक्तदान

वीरगञ्ज । प्रगतिशील युवा क्लब वीरगञ्ज–१५, प्रतिमाचोकको आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। क्लबको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले...

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि काम स्वीकार्य हुँदैन : माधव नेपाल

भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्। शनिबार भक्तपुरमा नेपाली...