Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

सब–इन्जिनियर यादवको हत्याको विरोधमा वीरगंजमा प्रदर्शन, दोषीलाई कारबाहीकाे माग

spot_img
spot_img
वीरगंज । सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाको विरोधमा वीरगंजमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गर्दै मंगलबार घण्टाघर क्षेत्रमा विभिन्न नारा लेखिएकाे प्यले कार्ड सहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले हत्यारा खुलेआम हिँडिरहेको आरोप लगाउँदै सरकारको मौनताप्रति असन्तोष व्यक्त गरेका थिए । उनीहरूले शान्तिपूर्ण रूपमा न्यायको माग राख्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन्।
सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका ३६ वर्षीय यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार यादव सोही दिन दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलंगवा फर्किएका थिए। घर फर्किएलगत्तै उनीमाथि आक्रमण भएको खड्काले जानकारी दिए।
मृतककी श्रीमती पुनम यादवका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले प्रमोदलाई कोठा बाहिर बोलाएर गोली हानेका थिए। गोली यादवको देब्रे छातीमा लागेको थियो। घटनापछि प्रहरीले उनलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनास्थलबाट प्रहरीले गोलीको एक खोका बरामद गरेको छ। प्रहरी नायव उपरीक्षक (डिएसपी) सरोज राईले प्रारम्भिक अनुसन्धानका आधारमा सानो हतियार (पेस्तोल) प्रयोग भएको देखिएको बताए । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।
यसैबीच, घटनाको विरोधमा नेपाल इंजीनियर्स एसोसिएशन, वीरगंज चैप्टर/केन्द्रका सभापति ई. प्रियान्सु गुप्ता (रौनियार)ले मंगलबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ‘Pen Down (कलम बन्द)’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। कार्यालय समयमा कालोपट्टी बाँधी शान्तिपूर्ण विरोध जनाउने कार्यक्रमसमेत रहेको उनले बताए ।
सब–इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलंगवा–१० मा डेरामा बस्दै आएका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...