Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

मुस्लिम जनसङ्ख्या सम्बन्धी दाबीप्रति विश्व हिन्दु महासंघको गम्भीर आपत्ति

spot_img
spot_img

काठमाडौं । नेपाल विश्व हिन्दु महासंघले काठमाडौंमा रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरूले गरेको वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार उक्त कार्यक्रममा देशमा मुस्लिम धर्मावलम्बीको संख्या ४० लाख पुगेको दाबी तथा “भोलि मुसलमान उत्रिनु पर्यो भने देशको अवस्था के हुन्छ” भन्ने भाषाबाट कानुनी राज्यको ठाडो उपहास भएको छ।

राष्ट्रिय जनगणना अनुसार हाल देशमा मुस्लिम धर्मावलम्बीको जनसंख्या ५.०९ प्रतिशत अर्थात् १४ लाख ८३ हजार रहेको भए पनि ४० लाखको दाबीले गम्भीर आशंका उत्पन्न गराएको महासंघको भनाइ छ। महासंघले सो दाबीका आधार, तथ्यांक तथा प्रस्तुत गरिएको जनसङ्ख्याको वास्तविकता बारे राज्यले तत्काल प्रष्ट पार्नुपर्ने माग गरेको छ।

महासंघले अवैध घुसपैठ, विशेषतः रोहिंग्या मुस्लिमहरूको सम्भावित प्रवेशले राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने बताउँदै, छिमेकी भारतमा SIR प्रणालीमार्फत बंगलादेशी तथा रोहिंग्याहरूलाई देशनिकाला गरिएको उदाहरण प्रस्तुत गरेको छ। खुला सीमाका कारण नेपालमा समेत यस्तो घुसपैठ हुनसक्ने सम्भावना उच्च रहेको महासंघको तर्क छ।

“यस विषयमा राज्यका सम्बद्ध निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने” महासंघका महासचिव डा. अभिषेक तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...