Date
बुध, मंसिर २, २०८३
Wed, November 18, 2026

गौरको नेपाल–भारत सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद

spot_img
spot_img

रौतहट । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले ९ एमएमका २७ थान गोली बरामद गरेका छन्।

मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त टोलीले गोली बरामद गरेको हो।

गस्तीमा रहेका सुरक्षाकर्मीलाई देख्नासाथ एक युवकले झोला फ्याँकेर फरार भएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले उक्त सेतो प्लास्टिकको झोला जाँच गर्दा ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली फेला पारेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीका अनुसार बरामद गोली कसले र कुन प्रयोजनका लागि ल्याएको भन्ने खुल्न सकेको छैन।

घटनाबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा एक महिनामा ११८ अपराधका घटना, १२२ फरार प्रतिवादी पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ साल कात्तिक महिनामा जिल्लाभर अपराध नियन्त्रण, अनुसन्धान, लागूऔषध कारोबार नियन्त्रण तथा अवैध गतिविधिविरुद्ध सञ्चालन गरेका कारबाहीको विवरण...

नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, आफन्त आन्दोलित

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका क्रममा १८ दिने शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। चिकित्सक तथा...

वीरगञ्जका जलस्रोत तथा सिँचाइ विकास डिभिजनका दुई अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगञ्ज । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका दुई अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले अधिकृत छैठौं (प्राविधिक) गजेन्द्रप्रसाद...