वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँका माइला छोरा बसीर अहमद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
जगरनाथपुर गाउँपालिका–३ विजबनियाँमा आयोजित ‘जनतासँग सांसद संवाद’ कार्यक्रममा अहमद रास्वपामा प्रवेश गरेका हुन् । रास्वपा जगरनाथपुर गाउँपालिका सभापति पशुराम साहका अनुसार कार्यक्रममा अहमदलाई पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले पार्टीमा स्वागत गरेका थिए ।
रास्वपाका स्थानीय नेता शुभनारायण यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपा पर्साका उपसभापति दिलीप कुर्मीसहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
जालिम मियाँ नेकपा एमालेका नेता हुन् भने उनका छोरा बसीर अहमदको रास्वपा प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।








