Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

वीरगंजमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

spot_img
spot_img

वीरगंज । मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य लागि गरौँ” भन्ने मूल नाराका साथ १६ दिने अभियान सोमबारदेखि वीरगंजमा सुरु गरिएको छ।

विभिन्न संघ–संस्था, स्थानीय निकाय, विद्यार्थी समूह तथा महिला अधिकारकर्मीहरूको सहभागितामा अभियानको पहिलो दिन प्रभातफेरी आयोजना गरिएको थियो।

प्रभातफेरीमा सहभागीहरूले “म हिंसा गर्दिन, म हिंसा सहन्न, हिंसा देखेमा प्रतिकार गर्छु” भन्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियानमा सहभागिता जनाए। लैङ्गिक हिंसा विरुद्धको जनचेतना अभिवृद्धि तथा समाजमा सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानमा मानव बेचबिखन रोकथामसँग सम्बन्धित विषयमा विशेष रूपमा ध्यान केन्द्रित गरिएको छ।

कार्यक्रमका सहभागीहरूले सामाजिक सञ्जाल तथा प्रविधिको सही र सुरक्षित प्रयोगमार्फत हिंसा निरुत्साहित गर्दै कमजोर तथा जोखिममा रहेका समुदायलाई संरक्षण गर्न सबैलाई आह्वान गरेका छन्।

१६ दिने अभियानका क्रममा वीरगंज क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, छलफल, तालिम, पोस्टर अभियान, सडक नाटक र परामर्श सेवा लगायतका गतिविधि सञ्चालन गरिने समाजिक संस्था जिल्ला समन्वय समिती पर्साका उपाध्यक्ष चन्देश चौहानले जानकारी दिए ।

अभियान शुभारम्भ कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, समाजिक संंस्था जिल्ला समन्वय समिती पर्साका अध्यक्ष इब्राहिम देवान लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...