Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

अरबिन्द सिंह सहित २८ युवा नेताको विज्ञप्ति : “जेनजी आन्दोलनको सन्देश नबुझ्नु घातक हुनेछ”

spot_img
spot_img

वीरगंज । नेकपा (एमाले)का दुई केन्द्रीय सदस्यसहित फरक–फरक पार्टीका २८ युवाले जेनजी आन्दोलनको सन्देश नसुन्नु वा नबुझ्नु मुलुकका लागि घातक हुने चेतावनी दिएका छन्।

मंगलबार जारी गरिएको संयुक्त विज्ञप्तिमा उनीहरूले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्दै पार्टी र आन्दोलन पुनर्गठनका लागि नेतृत्वलाई आग्रह गरेका छन्।

विज्ञप्ति जारी गर्नेहरूमा एमालेका केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र अरबिन्द सिंह, एकीकृत समाजवादीका अशेष घिमिरे र करूणा पराजुली, साथै अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापा र ममता अधिकारीलगायत रहेका छन्।

उनीहरूले जेनजी आन्दोलनले ‘राज्य र पार्टी कब्जामा लिएपछि जे गरे पनि हुन्छ’ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई घुँडा टेकाएको दाबी गरेका छन्। लामो समयदेखि राजनीतिक सुधारको प्रयासमा लागिरहेका आफूहरूलाई यो आन्दोलनले गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनीहरूले जेनजीको आन्दोलनप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “यो परिस्थिति अचानक आएको होइन। राजनीतिमा संस्थागत भ्रष्टाचारविरुद्ध पार्टी कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र–बाहिर रहेका नेपालीहरूले आवाज उठाइरहेका थिए। राज्य र राजनीतिक जिम्मेवारहरूले ती आवाज नसुनेपछि अन्ततः विद्रोह अपरिहार्य भएको हो।”

उनीहरूले जेनजी आन्दोलनको मर्म र भावनालाई नबुझ्ने बहानाबाजीले देशलाई अझ ठूलो संकटतर्फ धकेल्ने चेतावनीसमेत दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “नेपाली जनता राजनीति, प्रशासन र न्यायपालिका लगायतका संरचनाहरूलाई भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी रूपमा देख्न चाहन्छन्। जेनजी आन्दोलनले यही जनआकांक्षाको प्रतिविम्ब प्रस्तुत गरेको छ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...