Date
बिहि, कार्तिक २६, २०८३
Thu, November 12, 2026

वीरगंज कारागारबाट फरार कैदी भारतको आदापुरमा पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४ सतवरिया निवासी ३० वर्षीय सुनिल साह तुरहालाई प्रहरीले भारतको बिहारस्थित मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार बिहान करिब ८ः२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट साह फरार भएका थिए । उनी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत भारतको बिहारस्थित आदापुरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...

पूर्वमन्त्री यादवको पहलमा छठ व्रतालु ३५० महिलालाई साडी वितरण

वीरगन्ज। वीरगन्ज महानगरपालिका–२२ मनियारीमा छठ पर्वको अवसरमा आर्थिक रूपमा विपन्न ३५० जना महिलालाई नयाँ साडी तथा गहुँको पीठो वितरण गरिएको छ। पूर्वमन्त्री प्रदीप यादवको पहलमा...