बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता तथा नेकपा एमालेका नेता अच्युत मैनालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी वक्ताहरूले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै समाजमा आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष आनन्द पाण्डे, प्रदेश सचिव मनोज पौडेल, प्रदेश सदस्य सुन्दर बीके, केन्द्रीय सदस्य मोबिन आलम, एकबल मियाँ र बलवीर चौधरीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पालिका अध्यक्ष विनोद पटेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन शशिकान्त महतोले गरेका थिए।








