Date
बिहि, कार्तिक २६, २०८३
Thu, November 12, 2026

कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार राति वडा नम्बर ३ हरिहरपुरवीर्तास्थित गाउँ कार्यपालिकाको कार्यालयमा प्रवेश गरी समूहले आगजनी गरेको हो ।

पर्खाल नाघेर कार्यालय परिसरमा प्रवेश गरेको समूहले मुख्य गेटको ताल्चा खोलेर स्वास्थ्य, रोजगारलगायतका शाखामा आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट ती शाखामा रहेका कुर्सी, टेबललगायत फर्निचर, एसी, कम्प्युटर तथा महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार आगजनी गरिएका शाखाका ढोकाको ताल्चासमेत खोलेर भित्र प्रवेश गरी मोबिल छर्केर आगो लगाइएको पाइएको छ ।

बिहीबार बिहान गाउँपालिकामा कार्यरत जेसीबी चालक कार्यालय परिसरको मुख्य गेट खोलेर भित्र प्रवेश गर्दा आगजनी भएको देखेपछि गाउँपालिका अध्यक्ष वशिष्ठ कलवारलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

खबर पाएलगत्तै प्रहरी निरीक्षक अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । आगजनी कसले र किन गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, आगजनीको खबर पाएपछि बिहीबार बिहान कार्यालय पुगेका गाउँपालिका अध्यक्ष कलवारलाई स्थानीय एक समुहले घेराउ गर्दै दुर्व्यवहारको प्रयास गरेका थिए । त्यसपछि केहीबेर कार्यालय परिसरको अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले अध्यक्ष कलवारलाई आफ्नै गाडीमा राखेर सुरक्षित रूपमा त्यहाँबाट बाहिर लगेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...

पूर्वमन्त्री यादवको पहलमा छठ व्रतालु ३५० महिलालाई साडी वितरण

वीरगन्ज। वीरगन्ज महानगरपालिका–२२ मनियारीमा छठ पर्वको अवसरमा आर्थिक रूपमा विपन्न ३५० जना महिलालाई नयाँ साडी तथा गहुँको पीठो वितरण गरिएको छ। पूर्वमन्त्री प्रदीप यादवको पहलमा...