Date
बिहि, कार्तिक २६, २०८३
Thu, November 12, 2026

पूर्वमन्त्री यादवको पहलमा छठ व्रतालु ३५० महिलालाई साडी वितरण

spot_img
spot_img

वीरगन्ज। वीरगन्ज महानगरपालिका–२२ मनियारीमा छठ पर्वको अवसरमा आर्थिक रूपमा विपन्न ३५० जना महिलालाई नयाँ साडी तथा गहुँको पीठो वितरण गरिएको छ।

पूर्वमन्त्री प्रदीप यादवको पहलमा रुंगटा वेलफेयर सोसाइटीले बिहीबार छठ पर्वमा व्रत बस्ने दलित तथा अन्य समुदायका विपन्न महिलालाई साडी र पूजाका सामग्री वितरण गरेको हो।

सोसाइटीका अध्यक्ष सुरेश रुंगटाका अनुसार ३५० जना महिलालाई जनही एक थान नयाँ साडी र छठ पूजाको प्रसाद बनाउनका लागि दुई–दुई किलो गहुँको पीठो प्रदान गरिएको छ।

छठ पर्व धार्मिक आस्थासँगै मानवीय सहयोग र सहानुभूतिको पर्व पनि भएकाले आर्थिक रूपमा कमजोर समुदायका महिलासँग पर्वको खुसी बाँड्न पाउनु गर्वको विषय भएको अध्यक्ष रुंगटाले बताए।

उनले रुंगटा वेलफेयर सोसाइटीले विगतदेखि नै विपन्न, असहाय तथा सहयोग आवश्यक भएका व्यक्तिहरूलाई लक्षित गरी विभिन्न मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

यसअघि गत मंगलबार पनि सोसाइटीले वीरगन्ज कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई छठ पर्व मनाउन जनही एक–एक थान साडी वितरण गरेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...

कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार राति वडा नम्बर ३ हरिहरपुरवीर्तास्थित गाउँ कार्यपालिकाको कार्यालयमा प्रवेश गरी समूहले...