Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

प्रतिनिधिसभा विघटन असंवैधानिक : बार एसोसिएसन

spot_img
spot_img

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र स्वेच्छाचारी कदम भनेको छ ।  प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णयपछि तत्काल विज्ञप्ति जारी गर्दै बारले यस कदमले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प्रहार भएको निष्कर्ष निकालेको हो ।

बारको विज्ञप्तिमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद् पुनर्स्थापना सम्बन्धी निर्णय विपरीत रहेको उल्लेख गरिएको छ । यस प्रकारको अभ्यासले लामो संघर्षपछि स्थापित नेपाली लोकतन्त्र कमजोर पार्ने र संघीयताको उपलब्धि मेट्ने प्रयास गरेको टिप्पणी विज्ञप्तिमा छ ।

नेपाल बार एसोसिएसनले लोकतान्त्रिक संस्थाहरूमा जनविश्वास घटाउने र संवैधानिक व्यवस्थाको जग खतरामा पार्ने कुनै पनि कदम अस्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कुनै पनि बाहनामा हुने ‘पञ्चगामी’ अभ्यासविरुद्ध एकजुट हुन पनि बारले सबै पक्षलाई आह्वान गरेको छ ।

विघटनको निर्णयको विरोध गर्दै बार अध्यक्ष डा. विजय प्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...